समग्र माओवादी आन्दोलनको एकता वर्तमानको आवश्यकता – हुकुमबहादुर सिंह

२०७१ पुष १ गते, मंगलवार

दोस्रो संविधानसभा नीवाचनपछि गठित संविधानसभा पूरै बाहिरी शक्तिको प्रत्यक्ष हस्तक्षेपको गोलचक्करमा फसेको छ र ती शक्तिहरूले संविधान कसरी र के लेख्नेस्मेतमा डिक्टेड गर्दासम्म त्यसका विरूद्ध एक शब्द बोल्न नसक्ने नेतृत्व अहिलेको संविधानसभामा छ । कतै सन् १९७५को सिक्किम विधानसभाको हालत हुने त होइन् नेपालको संविधानसभा भन्ने आशंका उब्जीएको छ, खासगरी भारतीय प्रधानमन्त्री मोदीले र्सार्कसम्मेलनका दौरान गुलियो नौनी मिसाएर जे जस्ता खालका हस्तक्षेपकारी अभिव्यक्ति दिए, त्यसले नेपाल बाहिर र भित्रका अग्रगमन विरोधीलाई हौसला मिलेको छ ।
यसै सर्न्दर्भमा दोस्रो संविधानसभा नर्ीवाचनको औचित्यतामाथि नै प्रश्न उठाउ“दै त्यसलाई सक्रिय बहिष्कार गरेको पार्टीेकपा-माओवादीले नेपालमा वैदेशिक हस्तक्षेपमुक्त संविधानको नर्ीमाण कसरी गर्न सकिन्छ र त्यसका अन्तरवस्तु के हुन सक्छन् भन्नेवारे आम जनता, बुद्धिजीवी, नागरिक समाज र राजनीतिक दलहरूका बीचमा नेपालको भावी संविधानका अन्तरवस्तुहरू समेटेर एउटा ड्राफ्ट बहस, छलफल र संर्घष्ाका लागि पत्रकार सम्मेलनमार्फ प्रस्तुत गरेको छ । यद्धपि यो संविधान नेपालमा जनवादी क्रान्तिको सफलतासंगै कार्यान्वयनमा आउने बलियो आधार हो , तै पनि नेपालको राष्ट्रियता, र्सार्वभौमसत्ता र अखण्डताको संरक्षण र नेपालको स्वतन्त्र विकासका लागि चिन्तीत विभिन्न दल, नागरिक समाज, बौद्धिकवर्गभित्र रहेका देशभक्त, स्वाभिमानी नेपालीका बीचमा उनीहरूको सकारात्मक आलोचना, प्रतिक्रियाआदिका लागि यसले महत्व राख्दछ । किनभने नेकपा-माओवादीले नेपालमा वैदेशिक हस्तक्षेपमुक्त संविधानको नीमाण कसरी गर्ने अहिलेका लागि सही कार्यनीति के हुन सक्छ भनेर एउटा विकल्पका रूपमा दोस्रो संविधानसभा संसदवादीहरूको मात्रै अखण्डा बनेकाले त्यसलाई खारेजगर्दै त्यसदेखि बाहिर रहेका र पारिएका अन्य राजनीतिक दल, नागरिक समाज, बौद्धिकवर्गआदिको सहभागितामा अधिकार सम्पन्न र्सवपक्षीय सम्मेलन आयोजना गरी संविधानका अन्तरवस्तुमा छलफलद्धारा नेपालको अधिकार सम्पन्न आमसहमतिमा आधारित संविधान लेख्ने सम्भावना रहन्छ । यो प्रक्रिया राम्रो र आमसहमतिका लागि उपयुक्त विकल्प भएता पनि यसका अगाडिको सबैभन्दा ठूलो चुनौती बाहिरी शक्तिका अगाडि नतमस्तक भएर उनकै आशिरवादमा नेपालमा आफ्नो भविश्य देख्ने राजनीतिक दलका नेता, नागरिक समाज, नेपालको नोकरशाहीतन्त्र र बौद्धिकवर्गआदिले यो विकल्पलाई सजिलरी मान्नेवाला छैनन् । त्यसकारण नेपालको समग्र माओवादी आन्दोलनको नया“ शिराबाट तैयारी र उठान वर्तमानको आवश्यकता हो किनभने संविधानसभा उसकै एजेण्डा हो जसका लागि हजारौ नेपालीले सहादत प्राप्त गरे, रगतको खोलो बगाए । जसको विहे उसैलाई देख्न नदे भनेझै अहिले जे भइरहेको छ, त्यसलाई माओवादी आन्दोलनमा लागेकाहरूले समयमानै बुझेर यो एउटा ऐजेण्डा, १२बू“दे सम्झौता, विस्तृत शान्ति सम्झौता र मूलत अन्तरिम संविधान २०६३ र विभिन्न आन्दोलनमा संलग्नसंग गरिएका अनगिन्ति सम्झौताहरूका आधारमा नया“ संविधानका अन्तरवस्तुमा आधारित भएर संविधान लेख्नका लागि माओवादी आन्दोलनरत सबैको प्रथम एउटा मात्रै पनि राष्ट्रिय सम्मेलन गर्ने र त्यसका आधारमा आन्दोलनको आ“धीबेहरी ल्याउने खालका कार्यक्रम अगाडि बढाउने शाहस मात्रै पनि गर्ने हो भने पनि वैदेशिक हस्तक्षेपमुक्त संविधानको नर्ीमाण गर्ने सम्भावना बलियो बन्दै जान्छ । यसका लागि तत्कालको बलियो चुनौती भनेको एमाओवादीभित्रको एउटा नेतृत्वको आत्मर्समर्पणवादी चिन्तन र अर्को नेतृत्वको अस्थिर र ढूलमूले चरित्र नै हो । तर त्यसभित्रका इमान्दार क्रान्तिकारी तथा देशभक्त नेताहरू र कार्यकर्ताले उल्लेखित गलत चिन्तनका विरूद्ध नेतृत्वमाथि दवावको आवश्यकता छ र त्यसैगरी नेकपा-माओवादीभित्र वर्तमानमा देखिएको अराजकतावादी, व्यक्तिवादी र अर्थवादी चिन्तनले ल्याउन सक्ने चुनौती पनि काफीहदसम्म बाधक देखिएको छ । तै पनि वैदेशिक हस्तक्षेपमुक्त संविधानको नीमाण अहिलेको प्रमुख आवश्यकता हो र यो तात्कालिन कार्यनीतिक सवालमा समग्र माओवादी आन्दोलन एकतावद्ध भएर अगाडि जाने सम्भावना अझै बलियो छ र यो नै उपयुक्त समय हो, क्रान्तिकारी र देशभक्त तथा स्वाभिमानी नेपालीले गम्भीरताका साथ सोंच्ने वेला । र यसको सुरूवात माओवादी आन्दोलनको एकता र ऐक्यवद्धताबाट नै हुन्छ । त्यसैले अहिलेको आवश्यकता माओवादी आन्दोलनका सबै पक्षहरू एकठाउ“मा जम्मा भएर नया“ चुनवांगको चयन नै हो । समग्र माओवादी आन्दोलनमाथि कै हमला भइरहेका वेलामा प्रचण्ड, किरण वा विप्लवआदिलाई गालीगरेर, सत्तोसराप गरेर मात्रै केही हुनेवाला छैन् । यसले केबल प्रतिक्रियावादीहरू र संसदवादका र्समर्थकलाई मात्रै मद्त गर्ने छ र माओवादी आन्दोलन झनपछि झन अराजकततावाद, व्यक्तिवाद र अर्थवादको दलदलमा भासिदै जाने र क्रमसः इतिहासको एउटा कुनामा रहने सम्भावना बलियो बन्दै गएको स्पष्ट छ । कमरेडहरू बेलैमा सोंचौ र वैदेशिक हस्तक्षेपमुक्त संविधानको नर्ीमाणमा कांधमा कांध मिलाएर एक पटक फेरी त्याग र बलिदानको इतिहास रचौं ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु