सबै माओवादी मिलेर आन्दोलन चर्काउने

२०७१ चैत्र ९ गते, सोमबार

काठमाडौं । विप्लव र प्रचण्ड, वैद्य नेतृत्वको ३ दलसहितका ६ माओवादी मिलेर आगामी चैत २३ गते देशभर प्रदर्शन गरिने भएको छ । सरकारले शान्ति सम्झैता तोडेको निष्कर्ष निकाल्दै उनीहरुले देशभर प्रदर्शन गर्ने निर्णय गरेका हुन् । एमाओवादी नेकपा-माओवादी , नेकपा माओवादी नेकपा –माओवादी, क्रान्तिकारी कम्युनिष्ट पार्टी र नेकपा एकीकृतको बुद्धनगरमा आज बसेको बैठकले यस्तो निर्णय गरेको हो । बैठकले सरकारले शान्ति सम्झौता उल्लंघन गरेको ठहर गर्दै संयुक्त आन्दोलन गर्ने निर्णय क्रान्तिकारी कम्युनिष्ट पार्टीका मणि थापाले जानकारी दिए । बैठकले १४ गते संयुक्त अन्तरक्रिया गर्ने र २३ गते देशभर प्रदर्शन गर्ने निर्णय गरेको समेत छ ।
विप्लव र प्रचण्ड, वैद्य नेतृत्वको ३ दलसहितका ६ माओवादीले जारी गरेको प्रेस विज्ञाप्ति को पूर्ण बिबरण यस प्रकार रहेको छ – ” जनमुक्तिसेना नेपालको अन्तिम निष्कर्ष अनुरुप अब लगभग मात्र २ घन्टा समय बाकी रहेको सबैमा अवगत नै छ यो विषमलाल चुनौतिपूर्ण समयलाई छ वटै माओवादी क्रान्तिकारी शक्ति स्पष्ट हुन जरुरी थियो अन्ततः स्पष्ट हुनु भयो भन्नुस् जसको लागि सम्पूर्ण अग्रज कमरेडहरू प्रति हार्दिक बधाई तथा शुभकामना टक्र्याउन चाहन्छौ साथै जोशिलो लाल अभिवादन !
कमरेड,जनमुक्तिसेना नेपाल यो देशको सम्पूर्ण आमनेपाली जनताहरुको हक हित पूर्णअधिकारलाई सुनिश्चित गर्न लोकतन्त्र,गणतन्त्रलाई सस्थागत गर्न,दिगो विकास र निकास शान्ति नयाँ संविधानलाई आधार इलाका बनाउदै जस्तोसुकै चुनौतिको सामना गर्न जनमुक्तिसेना नेपाल चरेस खान्छ हरेस खादैन तर कमरेडहरू जनमुक्तिसेना नेपाल दुइटै कुरा खादैन न चरेस खान्छ न हरेस खान्छ !!
नेकपा माओवादीले संघर्षका नयाँ कार्यक्रम घोषणा गरेको छ । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वमा रहेको नेकपा माओवादीले चैत ९ गतेदेखि करिव दुई साता लामो संघर्षको कार्यक्रम घोषणा गरेको हो ।
राजधानीमा शुक्रबार भएको एक प्रदर्शन तथा विरोध कार्यक्रममा आफ्ना दुई पोलिटब्यूरो सदस्य सहित १७ जना र शनिवार साँझ राजधानीमा निकालिएको मशाल जुलुसका क्रममा ५ जना कार्यकर्ता गिरफ्तार गरिएको र तिनको रिहाईको माग गर्दै माओवादीले सो कार्यक्रम आयोजना गरेको हो ।
घोषित आन्दोलनका कार्यक्रम अनुसार सोमवार चैत ९ गते देशका बिभिन्न ठाउँमा साना साना विरोध सभाहरु हुने बताइएको छ । त्यसैगरी चैत १० गते माइकिङ गर्ने, ११ गते लगानी वोर्डको कार्यलय घेराउ गर्ने, १२, १३, १४ गते व्यापक प्रचार प्रसार गर्ने, चैत १५ गते अपर कर्णालीको ठेक्का लिएको कम्पनी जिएमआरको कार्यालय घेराउ गर्ने, १६ गते देशका सबै जिल्ला प्रशासन कार्यालय घेराउ गर्ने, १७ गते देशव्यापी मशाल जुलुस निकाल्ने र १८ गते नेपाल बन्द गर्ने कार्यक्रम घोषणा गरिएको छ । राजधानीको अनामनगरस्थित संवाद डबलीमा पत्रकार सम्मेलन गरी उक्त संघर्षका कार्यक्रमहरु घोषणा गरेको हो ।
पत्रकार सम्मेलन बोल्दै स्थायी समिति सदस्य धर्मेन्द्र बास्तोलाले संघर्षका कार्यक्रम घोषणा गरेका हुन् । पत्रकार सम्मेलनमा बोल्दै नेता बास्तोलाले अब राधेस पन्तको मात्र नभई प्रधानमन्त्रीलाई नै घेराउ गरिने चेतावनी दिए । अपर कर्णाली, माथिल्लो मस्र्याङ्दी र अरुण तेस्रो जलविद्युत आयोजनामा राष्ट्रघाती सम्झौताहरु गरिएको र त्यो सम्झौतामा नेपालका तर्फबाट हस्ताक्षर गरेको भन्दै माओवादीले शुक्रबार नेपाल लगानी वोर्डका कार्यकारी निर्देशक राधेश पन्तको घरमा कालोझण्डा राख्नुका साथै र विरोध प्रदर्शन गरेको थियो । सोही कार्यक्रमबाट प्रहरीले पूर्व मन्त्री पोलिटब्यूरो सदस्य समेत रहेका पदम राई र अर्का पोलिटब्यूरो सदस्य ईश्वरी दाहाल ९असारे काका०लाई गिरफ्तार गरेको थियो ।
उनीहरुसहित प्रहरीले १७ जना कार्यकर्ताहरु गिरप्तार गरी जिल्ला प्रहरी कार्यालय हनुमानढोकामा राखेको छ । माओवादीले सुक्रबार गिरप्तार गरिएका आफ्ना नेता कार्यकर्तालाइ ससम्मान रिहाइ गर्न माग गर्दै देश ब्यापी आन्दोलनका कार्यक्रम घोषणा गरेको हो |
सम्पूर्ण राष्टवादी कमरेडहरूलाई निशर्त सकुशल रिहा गर….!!!”

प्रतिक्रियाहरु