सबै माओवादी मिलेर आन्दोलन चर्काउने

२०७१ चैत्र १४ गते, शनिबार

काठमाडौँ । नेकपा माओवादी, नेकपा–माओवादी र एकीकृत नेकपा माओवादीसहित छ दलका माओवादी आन्दोलनको लागि एकजुट हुने भएका हुन् । सरकारले शान्तिसम्झौता तोडेको निष्कर्ष निकाल्दै छवटै माओवादी आन्दोलनमा एक भएर लाग्ने निर्णय गरेका छन् । संविधानसभाको निर्वाचनमा लज्जाजनक हार खाएको एमाओवादी संविधानसभामा सत्ता पक्षको पेलाई सहन नसकेपछि जनतामाझ जाने भन्दै संघर्षमा उत्रिएको हो । यसैगरी, नेकपा माओवादी वर्तमान संविधानसभाबाट जनताको संविधान बन्न नसक्ने र सरकारले बृहत् शान्तिसम्झौता उल्लंघन गरेकाले शान्तिसम्झौता अक्षरशः पालन हुनुपर्ने अन्यथा क्रान्तिको लागि संघर्षमा उत्रने बताउँदै एकीकृत क्रान्तिको सिद्धान्तको नीति सार्दै संघर्षमा अघि बढेको छ । यसरी तीनवटै माओवादीहरु १० वर्षे जनयुद्धको उपलब्धि रक्षा गर्न तम्तयार भएपछि अरु साना माओवादी पार्टी पनि संघर्षको पछि लागेका छन् । वर्तमान संविधानसभाबाट नेपाली काँग्रेस र एमाले आफ्नो दलीय स्वार्थअनुरुपको संविधान बनाउन तम्सेपछि सबै माओवादीहरु एक भएर आन्दोलनमा उत्रेका हुन् । छवटै माओवादीहरु एकजुट भएर सडक संघर्षमा उत्रिएपछि प्रधानमन्त्री सुशील कोइरालाको नेतृत्वको सरकारको निदहराम भएको छ । छवटै माओवादीहरु एकजुट भएर आन्दोलनमा उत्रिएपछि वर्तमान संविधानसभा र नेपाली काँग्रेस र एमालेको अस्तित्वमा संकट पुग्ने चर्चा राजनीतिक वृत्तमा चल्न थालेको छ भने माओवादीहरु १० वर्षे जनयुद्ध र १९ दिने आन्दोलनको उपलब्धिको रक्षा गर्दै जनताको संविधान बनाउन कम्मर कसेर लाग्ने बताइरहेका छन् ।
यसै क्रममा विप्लव प्रचण्ड र वैद्य नेतृत्वको ३ दलसहितका ६ माओवादी मिलेर आगामी चैत २३ गते देशभर प्रदर्शन गर्ने भएका छन् । सरकारले शान्ति सम्झौता तोडेको निष्कर्ष निकाल्दै उनीहरूले देशभर प्रदर्शन गर्ने निर्णय गरेका हुन् । एमाओवादी नेकपा–माओवादी, नेकपा माओवादी, नेकपा–माओवादी, क्रान्तिकारी कम्युनिष्ट पार्टी र नेकपा एकीकृतको बुद्धनगरमा बसेको बैठकले यस्तो निर्णय गरेको हो । बैठकले सरकारले शान्ति सम्झौता उल्लंघन गरेको ठहर गर्दै संयुक्त आन्दोलन गर्ने निर्णय गरेको बताएको छ । बैठकले १४ गते संयुक्त अन्तरक्रिया गर्ने र २३ गते देशभर प्रदर्शन गर्ने निर्णय गरेको समेत छ ।
विप्लव र प्रचण्ड, वैद्य नेतृत्वको ३ दलसहितका ६ माओवादीले जारी गरेको प्रेस विज्ञाप्ति को पूर्ण बिबरण यस प्रकार रहेको छ – आज मिति २०७१ चैत्र ८ मा एनेकपा (माओवादी), नेकपा–माओवादी, नेकपा (एकीकृत), नेकपा (माओवादी), क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल र नेकपा माओवादीका प्रतिनिधिहरूबीच नेकपा–माओवादीको केन्द्रीय कार्यालय बुद्धनगरमा बसी लिइएका आवश्यक निर्णयहरूबारे यसै संयुक्त प्रेसवक्तव्यमार्फत् सार्वजनिक रूपमा जानकारी गराइएको छ ।
केही दिन यता जनयुद्धकालीन मुद्दाहरूलार्ई ब्युँत्याउँदै दमन धरपकड गर्ने, नियमित अदालतहरूबाट नै जनयुद्धकालीन मुद्दाहरू क्रियाशील बनाइराख्ने, सत्य निरूपण तथा बेपत्ता छानविन सम्बन्धमा सर्वोच्च अदालतमार्फत्शान्ति सम्झौताको मर्म र भावना विपरीत आदेश जारीगर्ने लगायत राज्य पक्षबाट गरिएका यसप्रकारका गतिविधिहरूलार्ई हामी अन्तरिम संविधान २०६३ एवम् वृहत शान्ति सम्झौताको गम्भीर उल्लङ्घन ठान्दछौं । यसै प्रक्रियामा वर्तमान सरकारद्वारा हालै विगतका जनयुद्धकालीन मुद्दाहरूलार्ई ब्युँत्याएर बझाङमा क. गणेश खड्का, कैलालीमा क.खुशीराम चौधरी र शान्तिपूर्ण विरोधका क्रममा राजधानीमा क.ईश्वरी दाहाल तथा क.पदम राई लगायतलार्ई गिरफ्तार गरिएको छ । राज्य पक्षबाट गरिएका त्यसप्रकारका गतिविधिहरूको हामी घोर विरोध एवम् भत्र्सना गर्दछौं ।
अतः गिरफ्तार गरिएका सम्पूर्ण साथीहरूलार्ई बिनाशर्त रिहाई, जनयुद्धकालीन मुद्दाहरू एवम् वेपत्ता पारिएका नागरिकहरूको खोजी, जनयुद्धकालीन शहीद तथा बेपत्ता परिवारहरूको निम्ति समुचित राहत, घाइते अपाङ्गहरूको उपचार र संरक्षणलगायतका विषयहरूमा शान्ति सम्झौता एवम् अन्तरिम संविधानको मर्म र भावनाअनुसार अविलम्बसमुचित व्यवस्था गर्नका लागि हामी राज्यपक्षसँग जोडदार माग गर्दछौं ।
अन्तमा, यस संयुक्त बैठकमा राज्यको तर्फबाट बृहत शान्ति सम्झौता र अन्तरिम संविधानको उल्लङ्घन गरिएको विषयको विरोधमा यही चैत्र १४ गते राजधानीमा बृहत गोष्ठी आयोजना र चैत्र २३ गते देशव्यापी विरोध प्रदर्शनको कार्यक्रम सम्पन्न गर्ने निर्णय लिइएको कुरा पनि हामी जानकारी गराउँछौं ।

प्रतिक्रियाहरु