सबै दल प्रभावित जनताको आवास, राहत र पुननिमार्णमा जुट्नुपर्छ : विप्लव

२०७२ जेष्ठ १३ गते, बुधबार

काठमाण्डौं,१३ जेठ । नेकपा–माओवादीका महासचिव नेत्र विक्रम चन्द विप्लवले देश भूकम्पको पीडामा रहेका बेला प्रमुख भनिएका दल र नेताहरु राष्ट्रिय सरकारका नाममा आफ्नो भाग खोज्न थाल्नु गलत भएको बताएका छन । कृष्णसेन ईच्छुकको १३ औं स्मृति दिवसका अवसरमा आज क्रान्तिकारी पत्रकार संगठनले आयोजना गरेको कार्यक्रममा बोल्दै महासचिव विप्लवले नेताहरुमा अझै पनि जनताको सेवा भन्दा आफ्नो प्रचार गर्ने र भाग सुरक्षित गर्ने प्रवृति देखिएको भन्दै सबै दल मिलेर प्रभावित जनताको आवास, राहत र पूननिमार्णका लागि लाग्नु पर्ने आवस्यकता रहेकोमा जोड दिए । राजनीतिक संक्रमणको प्रसंगमा उनले रोल्पामा भएको पॉच बुदे सहमति र दिल्लीमा भएको १२ बुदे सहमति एवं नेताहरु राहत र पुननिमार्णमा मनै देखि श्रमिक जस्तो भएर खटिने भन्दा पनि प्रचार प्रसार र भ्रमणमा गएको जस्तो तरीकाले हिडेको भन्दै मेहेनती भएर जनताको काममा लाग्न पनि विप्लवले सुझाव दिए ।उनले आफ्नो पार्टीको तर्फबाट १७ वटै जिल्लामा ७ हजार सम्म युवाहरु परिचालित गरीएको र अब केही दिन भित्रैमा थप युवाहरुलाई जिल्ला जिल्लामा पठाउने र समग्रमा ३० हजार युवाहरु टहरा निमार्ण गर्ने र उद्धार गर्ने कार्यमा खटाउने पनि बताए। उनले अहिले जनतालाई आत्मनिर्भर बनाउन प्रयत्न गर्नु पर्ने भन्दै वैदेशिक सहयोग लिने तर यसका नाममा हुने हस्तक्षेपलाई आफ्नो पार्टीले स्वीकार नगर्ने स्पष्ट पारे ।
महासचिव विप्लवले जेष्ठ महिना भित्रमा बर्दी सहित आएका सबै विदेशी सेना फिर्ता हुनु पर्ने प्रष्ट गरे । उनले अहिले भूकम्प पीडित जनतालाई सरकारले विभिन्न वर्गमा बाडेर दुखः दिने काम गरेको भन्दै घर बस्न मिल्ने र नमिल्ने गरी छुट्याएर त्यसै अनुसार राहत दिनु पर्ने बताए ।साथै जनतालाई घर पुननिमार्णका लागि कर्जा दिदा धितो खोज्ने काम नगरी सधै विना धितो ऋण दिने व्यवस्था गर्न पनि सरकारलाई आग्रह गरे ।
यसैबीच महासचिव विप्लवले अब भूकम्पको जोखिममा रहेका ताप्लेजुङ देखि दार्चुला सम्मको हिमाली क्षेत्रहरुबाट जनताको आवास सारेर सुरक्षित स्थानको पहिचान गरेर स्थानान्तरण गर्नु पर्ने पार्टीको धारणा रहेको पनि बताए । भूकम्प प्रतिरोधी भवन बनाए पनि भूगोल र माटो नै कमजोर भए पछि सुरक्षित नहुने भन्दै सुरक्षित क्षेत्रमा जनतालाई सार्नु आवस्यक रहेको बताए ।
सो कार्यक्रममा माओवादी पोलिटव्यूरो सदस्य असारे काका, संघीय जनवादी देशभक्त मोर्चाका अध्यक्ष तिलक परियार लगायतकाको उपस्थिति रहेको थियो ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु