सबै उस्तै – चन्द्रबहादुर बुढा

२०७६ भाद्र १० गते, मंगलवार

कथाहरू
उस्तै छन ।
जन जनका ब्यथाहरू
उस्तै छन ।
यता
अरूण स्वतन्त्र छैन
अरू कसैकै भैई सकि
अपर कर्ण्ाालीको
के कुरा
बुढि गण्डकी को त
हालत खराब छ ।
बालुवाटार त हुदै हो
खुल्लामञ्च पनि
अपहरण भएछ ।
जनतालाई
काण्डै काण्डको
उपहार बाड्दैमा
ब्यस्त सरकार
बिचरालाइ
राष्ट्रिय स्वाधीनता
रक्षाको के सवाल ?
कर बृद्विमा बैज्ञानिकता
छ कि छैन ?
पछि समिक्षा गरौंला
महङगि भ्रष्टाचारको
सुनामिले बचेको खुसी
खोस्ने कुरा पक्का छ ।
उखान टुक्का भित्र
सपनाहरू विलीन
हुदै छन ।
त्याग र समर्पणको
संस्कृती
मेट्न फेरि
कृयासिल गराईदै छन
सिके मनाङगेहरू
कहाँ पो सन्चो छ र ?
घायल छन
प्रदिप गिरि दाइ
घनश्याम को त झन
के कुरा
आजकाल
बेसन्चोको बाढी
उर्लेको सुन्छु
सामाजिक सञ्जालमा
म सुन्छु बालुवाटार
झन छट्पटीमा
छ रे
क तै लूट को स्वर्ग
भत्किन्छ कि
उ बर्बराउछ छ रे
समाल्न गाह्रो छ रे
रातो झण्डा देख्न
हुन्न रे
क्रान्तिकारीहरुको बलि
चडाउ सन्चो
हुन्छ भन्छ रे

युद्धमा जीवन देख्छ
हत्या हिंसामा रुचि राख्छ
निशेध उसको नीति हो रे
कुमार पौडेलको
रगतले पुगेन रे
रगतको भेलमा
जहाज उडाउने
सपना बाकि नै
छ रे
सपना त कति कति
उसको
यो दुस सपनाहरूमा
अागो झोस्नु
न्यायपुर्ण कदम नै हुनेछ
किनकि
शोषण उस्तै छ
विभेद उस्तै छ
शिक्षा ,स्वास्थ्य जनताको पहुँचमा कहिले
बेरोजगार उस्तै छ
न्यायपुर्ण समाज को कुरा गर्दा
प्रतिबन्ध को उपहार दिन्छ
सरकारक‍ो जाल उस्तै छ।
भोक,रोग,शोकको काल
उस्तै छ।

प्रतिक्रियाहरु