सबैलाई अख्तियारको नाटकमा घुमाएर गुपचुप एमसीसी पारित गर्ने योजना — भरत दाहाल

२०७६ माघ २५ गते, शनिबार

एमसीसी बहसभन्दा बाहिर नजाऔं, एउटा संकट टार्न अर्को मुद्दा उछाल्ने दलाल धन्धा हो ।
सबैलाई अख्तियारको नाटकमा घुमाएर गुपचुप एमसीसी पारित गर्ने योजना लागु हुँदैछ ।
बालुवाटार भ्रष्टाचार काण्डमा अख्तियारलाई मुद्दा हाल्न लगाएर नेपालीहरुको ध्यान यसैमा तान्ने र एमसीसी मुद्दालाई ओझेलमा पारेर गुपचुप रुपमा संसदबाट पारित गर्ने षड्यन्त्र अघि बढेको छ । सत्तामा रहेका सबै भ्रष्टाचारीहरुलाई उन्मुक्ति दिएर सत्ता बाहिर रहेकाहरुलाई मात्र यसमा मुछ्नु, यो लामो भ्रष्टाचार सिलसिलामा संलग्न रहेका अन्य मन्त्रीहरुलाई पनि नछुनु तथा प्रधानमन्त्रीको हैसियतमा भ्रष्टाचारका फाइलहरुलाई स्वीकृत गर्दै जाने व्यक्तिहरुलाई मुद्दा लगाउन नमिल्ने निर्णय गर्नुबाट नै यो कारवाहीका लागि चालिएको कदम होइन भन्ने यथार्थता छर्लङ्ग हुन्छ । विजय गच्छदारको नाम सामेल गरेर मुद्दा चलाउनुको उद्देश्य साँच्चिकै कारवाही अघि बढाएको भ्रम सिर्जना गर्ने चाल मात्र हो । विजय गच्छदारमाथि कारवाही हुने कुरा एकादेशको कथा हो । अदालतले सफाई दिएपछि यसबारेमा सबै कुरा थाहा हुन्छ । शेरबहादुरसंग एउटै मत बनाएर अमेरकिाका हातमा देश बेच्न उद्यत ओली गिरोहले काँग्रेससँग यति ठूलो जोखिम मोल्छ भन्ने कुरा सोच्न पनि सकिन्न र यतिबेला केपी र शेरबहादुरमा विभाजन हुने गरी सिआइएले कुनै काम गर्न पनि दिँदैन । आफ्नै दलका जिम्मेवार मानिसहरु यस भ्रष्टाचारमा मुछिएको वास्तविकतालाई हेर्ने हो भने पनि ओलीले काँग्रेससँग यस्तो जोखिम लिन सक्ने संभावना कतै पनि देखिन्न ।
अख्तियारको मुद्दाको प्रकरणसँगै जोडिएको अर्को दृष्यमाथि ध्यान दिनु आवश्यक छ । काँग्रेस र एमाले ललिता निवास भ्रष्टाचारमा जुधे जस्तो देखाएर वातावरण तात्तिन थालेपछि सीआइएका पटके ज्यालादार व्यक्ति र मिडियाहरु एमसीसीको पक्षमा तीब्र रुपमा सल्बलाएका छन् । यो प्रकरणसँगै मूलधार भनिएका सिआइए फण्डेड मिडियाहरुमा एमसीसीको पक्षमा धमाधम लेख र समाचारहरु बर्सिन थालेका छन् । एमसीसी पारित गराउन त्यसका उपाध्यक्ष काठमाडौँ आउन थालेको चर्चासंगै अख्तियारलाई प्रयोग गरेर नेपालीहरुलाई सिआइएको रणनीतिमा घुमाउने प्रपञ्च सुरु भएको छ ।
इतिहास हेरेर यिनीहरूको षड्यन्त्र बुझ्ने कोशीस गरौं । सबै दलको शासन कालमा राज्यकोषबाट खरबौंको भ्रष्टाचार भएको छ तर भ्रष्टाचारको अभियोगमा कसैले कसैमाथि कारवाही गरेको एउटा पनि क्षतिहास छैन । बरू ठूला भ्रष्टाचारका काण्डहरू ढाकछोप गर्न सबै एउटै मत बनाएर एक ठाउँमा उभिएका छन् । ठूलो रकमका भ्रष्टाचारहरू सबै नमिलेर हुँदैनन् पनि । एनसेल र वाइडबडी जहाजकाण्डमा एमाले र शेरबहादुरको समान मत रहेको कुरा जगजाहेर छ । विदेशी दलालहरूको नक्कली विरोधको चक्रब्युहमा विभाजित भएर हामी सँधै यिनीहरूको गोलचक्करमा घुमेका छौं ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु