सबैभन्दा महंगो कफी बिरालोको दिसाबाट !

२०७४ आश्विन ११ गते, बुधबार

काठमाडौँ, ११ असोज । संसारमा सबैभन्दा महंगोे कफी ‘कोपि लुवर्क’लाई मानिन्छ । बोटमा पाकेको कफिलाई ‘एसियन पाम सिभेट’ जातको जंगली बिरालोले खाएर बिस्ट्याएपछि सबैभन्दा महंगोे कफी ‘कोपि लुवर्क’ बनाउने गरिन्छ । ‘पाम सिभेट’ बिरालोले पाकेको कफीको दाना बोटमै चढेर खाने गर्दछ तर पचाउन सक्दैन । पचाउन नसकेर दिसामार्फत निकालेको उक्त कफीको दाना सबैभन्दा महंगोमा विक्रि हुने गर्दछ । उक्त बिरालो एशियाली मुलुकमा मात्र पाइने भएकोले विश्वभर अति नै स्वादिलो मानिने ‘कोपि लुवर्क’ कफी भारत, इन्डोनेसिया, बंगलादेशलगायत देशबाट अरव मुलुक र युरोप निर्यात हुने गर्दछ ।
भारतीय सन्चारमाध्यम ‘पिटिआइ’का अनुसार भारतको कर्नाटक राज्यमा यस कफीको दानालाई ३२ हजार देखि ४० हजार रुपैयाँ प्रति किलोमा विक्रि हुने गर्दछ । एशियामा ‘कोपि लुवर्क’ कफी पाइने भारत तेस्रो मुलुक हो । विशेषगरी यस कफिको मुख्य बजार अरव मुलुक र युरोपलाई मानिन्छ । सबैभन्दा महंगो मानिने यस कफीको उत्पादन, प्रशोधन र निर्यात भारतको ‘कूर्ग कन्सोलिडेटेड कमोडिटिज फार्म’ले गर्ने गर्दछ । जंगल नजिकै सयौं एसियन पाम सिभेट जातको जंगली बिरालो पालेको उक्त फार्मले ‘ऐन्मने’ ब्रान्डमा विदेशी बजारमा निर्यात गर्दै आएको छ । उक्त फार्मका संस्थापक नरेन्द्र हेब्बारले सिभेट जातका बिरालोले बोटमै गएर आँफै पाकेको कफीको दाना (चेरी) खाने र प्राकृतिक रुपमै बिरालोको पाचन प्रणालीमा रहेको एकप्रकारको ‘इन्जाइम’ले कफीको स्वाद परिवर्तन हुने बताए ।
‘एनिमलपोष्ट’का अनुसार एसियन पाम सिभेट जातको जंगली बिरालोले एकप्रकारको सुगन्धित वासना निकाल्ने गर्दछ । विश्वमा यस जातको विरालोबाट सुगन्धित सेन्ट तथा अन्य उत्पादन हुने भएकोले चोरी निकासि बढेको उल्लेख गरेको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु