सबाल नागरिक र नागरिकताको – युवराज सफल

२०७१ भाद्र २० गते, शुक्रबार

हामी नेपाली नागरिक हौँ ,नेपाली नागरिक हुनका नाताले आफ्नो देशको राष्ट्रियताको संरक्षण गर्नु हामी नेपालीको प्रमूख दायित्व हो । नेपाली नागरिकले नेपाली भएर पनि गैरनेपालीको व्यवहार खेप्न परेको छ । भने जो नेपाली हैन उसको दादागिरी बढेको छ । नेपाली नागरिकले नागरिकताको अभावमा तड्पिन परेको छ । शक्ति र पदको उन्मादमा आज हज्जारौँ विदेशी नागरिकले नेपाली नागरिकता पाइरहेका छन् भने पद ,शक्ति र पैसाको पहुच नहुने नेपाली नागरिकले नागरिकता प्राप्त गर्न सकेका छैनन् । अत नेपाली नागरिक र नागरिकको सम्बन्ध ,गैर नेपालीले प्राप्त गर्ने नागरिकता ,त्यसवाट उत्पन्न हुने समस्या ,गैर नेपालीलाई नागरिकता दिलाउने निकाय ,नागरिक भएर पनि नागरिकता विहिन भएका नागरिकका पीडा ,राष्ट्रियता जोगाउन नागरिकताले खेल्ने भूमिका र नागरिकताकै कारण राष्ट्रियता कमजोर हुने कारण तथा आधारहरु लगायत विषयमा चर्चा गर्दा सान्दर्भिक ठहरिएला । नागरिक र नागरिकताको सम्बन्ध कुनै पनि देशमा स्थायी बसोवास गर्ने १६ बर्षउमेर पुगेका व्यक्तिलाई त्यस देशका नागरिक भनिन्छ । नागरिक बन्नका लागि निश्चित प्रावधान रहेको छ । १६ बर्षउमेर पुगेका नागरिकले जव नागरिकता प्राप्त गर्दछन् तब मात्र बैधानिक रुपमा उनीहरु यो देशको नागरिक कहलिन्छन् । जसले १६ बर्षउमेर पुगेर पनि नेपाली नागरिकता प्राप्त गरेको छैन उ नेपालको संविधान अनुसार नागरिक कहलिदैन । अत नागरिक बन्नको लागि नागरिकता प्राप्त गर्न पर्दछ । आज सम्म नागरिक बनाउनको लागि नागरिकता प्राप्त गर्न विभिन्न नियम कानूनहरु बनेका छन् । त्यही ऐन र नियम अनुसार नै नागरिकता प्रदान गरिएको सरकारी पक्षको दावी रहेको छ । अहिले सम्म बंशजको आधारमा नागरिकता दिइदैँ आएतापनि पछिल्लो समयमा आमाको नामवाट समेत नागरिकता प्रदान गरिने प्रावधान राखिएको छ ,यसले एकातिर राम्रै गरेको छ भने अर्को तिर गम्भीर संकट उत्पन्न गरेको छ । नागरिक र नागरिकताको सम्बन्ध नङ र मासु ज्ास्तै रहेको छ । नागरिक बन्नको लागि नागरिकता प्राप्त गर्न पर्ने र नागरिकता प्राप्त गरे पछि मात्र नागरिक कहलिने हँुदा नागरिक र नागरिकताको सम्बन्ध नङ मासु जस्तै देखिएको हो । संविधान अनुसार दश वर्षम्म नेपालमा लगातार बसोवास गर्ने ,नेपालको कानुन बमोजिम कुनै व्यापार व्यवसाय गरिरहेको विदेशी नागरिकलाई नेपालको संविधानलाई स्वीकार गरी आफ्नो देशको नागरिकता त्यागेको खण्डमा उसलाई नेपाली नागरिकता दिने व्यवस्था रहेको छ । यही मान्यता अनुसार कतिपय तेस्रो देशका नागरिकले नेपाली नागरिकता लिएर आफूलाई नेपाली नागरिक भन्न गौरव महशुस गर्ने गरेका दृष्टान्त हामी सामू छन् । बेला बखतमा नेपाली नागरिकले नागरिक भएर पनि लाखौँले नागरिकता प्राप्त गर्न सकेनन् भन्ने गुनासो आउने गरेको छ । विशेषत तर्राई क्षेत्रवाट त्यहाँका मधेश केन्द्रीत राजनीतिक पार्टर्ीी यो कुरा उठाएका छन् तर आज सम्म एउटा पनि स्थायी बसोवास गर्ने त्यहाँको बासिन्दाले मैले नागरिकता पाएको छैन भनेर गुनासो गरेको रर्ेकर्ड छैन । यसवाट के प्रष्ट हुन्छ भने मधेशवासी दलहरुलाई त्यहाँका नागरिकले अविश्वास गरेपछि खुल्ला सिमानाको फाइदा उर्ठाई लाखौँ भारतीय नागरिकलाई नेपाल प्रवेश गराउने र तिनीहरुलाई नेपाली नागरिकता प्रदान गरी चुनावमा भोट खसाउन लगाउने अनि त्यसकै भरमा सत्तामा जाने र भारतको पक्षमा बैधानिक ढंगवाट नै काम गर्ने प्रपञ्च देखिने गरेको छ । यही भएर बेला बेलामा मधेश केन्द्रीत दलहरु एक मधेश एक प्रदेशको रटान लगाउछन् । यी सबै खेल भित्र भङ्कार षड्यन्त्रको तानावाना बुनिएको छ ,लाखौँ भारतीयलाई नेपाल प्रवेश गराउने र उनीहरुलाई नेपाली नागरिकता प्रदान गरी नेपाली बनाउने र नेपालवाट तर्राईलाई बेग्लो बनाउने खेलमा मधेश केन्द्रीत दल लागेका छन् । अधिकांश मधेश केन्द्रीत दलहरुले नेपाल र तर्राईलाई अलग अलग बुझने गरेका छन् र भन्ने गरेका छन् काठमाडौँले तर्राईलाई चिनेन् तर आफूहरुको कार्यशैलीका कारण बास्तविक तर्राईका नागरिकले अविश्वास गरेर मत दिन छाडेपछि भारतीय नागरिकलाई नेपाली नागरिक बनाएर चुनाव जितेर सत्तामा जान उनीहरुले देखाएको नौटंकीमा भने उनीहरुले ध्यान दिन सकेका छैनन् । उनीहरुको त्यो नौटंकी सम्पूण् मधेश तथा तर्राईका नागरिकले बुझि सकेका छन् । त्यही त्रासका कारण आज मधेशी नागरिकले नागरिकता पाएनन् भन्दै छन् र लाखौँ भारतीयहरुलाई नेपाली नागरिकता दिलाउन खोज्दैछन् र आफ्नो भोट सुरक्षित गर्न खोज्दै छन् । गैर नेपालीले प्राप्त गर्ने नागरिकता र त्यसबाट निम्तिने प्रकरण नेपालको कानून बमोजिम गैर नेपालीले नागरिक पाउने कुरा त स्वाभाविकै मान्न सकिन्छ तर गैर कानूनी ढंगवाट गैर नेपालीलाई नागरिकता प्रदान गर्ने कुरा भने अन्तत संविधान विपरित कार्य हो तर आज हाम्रो देशको कानून भन्दा बाहिर गएर लाखौँ गैर नेपाली नागरिकले नेपाली नागरिकता प्राप्त गरेका छन् भने हज्जारौँ अझै पनि नेपाली नागरिकता लिने प्रयासमा छन् । गैर नेपाली नागरिकलाई नागरिकता दिलाउन विभिन्न राजनीतिक दलहरु जुटेका छन् । उनीहरुको गलत रवैयाको कारण आज गैर नेपालीले धमाधम नेपाली नागरिकता प्राप्त गरिरहेका छन् । स्थानीय निकायमा काम गर्ने जिम्मेवार व्यक्तिहरुलाई झुटा विवरण बुझाएर , आर्थिक तथा विभिन्न प्रलोभनमा पारेर ती गैर नेपालीहरुले नागरिकता पाएका छन् भने सरकारले संचालन गर्ने विभिन्न नागरिकता वितरण गरिने घुम्ती शिविरहरुवाट समेत सजिलै नेपाली नागरिकता लिने गरेका छन् । अहिले सम्मको तथ्यांक हेदा ५० हजार भन्दा बढी भारतीयले नेपाली नागरिकता लिएको कुरा प्रमाणित भई सकेको छ भने भन्नेहरु यति सम्म दावी गर्छन् कि ५ लाख भारतीयले नेपाली नागरिकता लिएका छन् ,हज्जारौँ तिव्वती नागरिकहरुले नेपाली नागरिकता लिएका छन् र सयौँ भुटानी नागरिकहरुले समेत नेपाली नागरिकता लिएका छन् ,केही पाकिस्तानी र चिनियाँ नागरिकले पनि नेपाली नागरिकता लिएको विश्लेषकहरुको दावी छ । यसवाट के प्रष्ट हुन्छ लाखौँ गैर नेपाली नागरिकले नेपालको नागरिकता प्राप्त गरी नेपालको राष्ट्रिय अखण्डता ,स्वाधिनता र अस्मितालाई सिध्याउने योजना बनाएका छन् तर पनि हामी नेपाली नागरिकले यो कुरामा पटक्कै ध्यान दिन सकेका छैनौँ । गैर नेपाली नेपाली नागरिकले नागरिकता प्राप्त गर्दा यसवाट विभिन्न घटना घट्न थालेका छन् । देशको स्वाभिमानमाथि त आक्रमण भएकै छ अर्कोतिर नेपाली नागरिकता लिएकाहरु विभिन्न अपराधिक कार्यमा संलग्न भएका पाइएको छ । विभिन्न अपराधमा पक्राउ परेकाहरु सँग नेपाली नागरिकता पाइएको कारण सिंगो देशको समेत बद्नाम भएको छ । अन्तर्रर्ााट्रय रुपमा अपाराधिक कार्य गर्नेहरुसँग समेत नेपाली नागरिकता भेटिएपछि अहिले नेपाल अन्तर्रर्ााट्रय अपराधको क्रिडास्थल बनेको हैन भन्ने प्रश्न समेत उठ्न थालेको छ । त्यस्तै गरी विदेशी नागरिकलाई नेपाली नागरिकता प्रदान गर्दा उनीहरुले हाम्रो देश बैधानिक ढंगले नै कब्जा गर्ने सम्भावना हुन्छ । उनीहरुको आफ्नो ऐजेण्डाहरु सजिलै लागु गराउने प्रयत्न गर्नेछन् । जस्तो कि आज लाखौँ भारतीयहरुले नेपाली नागरिकता प्राप्त गरेका छन् र जो भारतीय छन् उनीहरुले नै एक मधेश एक प्रदेशको माग उठाएका छन् र त्यहाँ रहेका मधेशवादी दलहरु नै दलाल भएर काम गरेका छन् । जस्तो कि भोलि संघीय संरचनामा जाँदा प्रदेशको नामाकरण गर्दा एक मधेश एक प्रदेश अर्को कुने संरचनामा जाने भनेर जनमत संग्रह गर्ने हो भने निश्चय नै विखण्डनकारी हरुले नै बहुमत ल्याउन सक्छन् । त्यसकारण हामी नेपाली सचेत हुन पर्छ क -कसले गैर नेपाली भएर पनि गैर कानुनी रुपमा नेपाली नागरिकता प्राप्त गरेको छ ,तिनीहरुको सुचि तयार पार्नुपर्छ उनीहरुले लिएका नागरिकता अविलम्ब फिर्ता गराउन र त्यसरी गैर नेपालीलाई नागरिकता दिन भूमिका खेल्ने देशद्रोही ,राष्ट्रघाती र गद्वारहरुलाई अविलम्म राजद्रोह एवम् राष्ट्रघातको मूद्वा चलाई कार्वाही गर्न पर्छ र भोलिका दिनमा गैर नेपाली नागरिकलाई नागरिकता प्रदान गर्न हुँदैन र अहिले सम्म वितरण गरिएका नागरिकतामाथि उच्चस्तरीय आयोग बनाई तिनको छानविन हुन पर्छ । त्यति गरियो भने मात्र सच्चा नेपालीले मात्र नागरिकता प्राप्त गर्न सक्दछन् यदि हामीले त्यसको नगर्ने हो भने विश्वकुख्यात आतंककारी र अपराधिहरुसँग समेत नेपाली नागरिकता नभेटिएला भन्न सकिन्न । तर्सथ नेपाल सरकार ,नेपाली राजनीतिक दल र नेपाली नागरिकले यस कुरामा बेलैमा सचेत हुनु आवश्यक छ । नागरिक भएर पनि नागरिक बन्न नसक्नेको पीडा सामान्यतया १६ बर्षउमेर पुगेको नेपाली नागरिकलाई नागरिकता प्रदान गरेर नागरिकको दर्जा दिने प्रचलन छ । तर आज हज्जारौँ नागरिकहरुले नेपाली नागरिक भएर पनि नागरिकता पाइरहेका छैनन् । बाबु आमाको टुंगो नलागेको अनाथको रुपमा जीवन जिइरहेका धेरै नागरिकले अनेक कारणले नागरिकता प्राप्त गर्न सकेका छैनन् तर पनि सरकारको ध्यान यसमा जान सकेको छैन । अत ती नागरिकहरु नागरिक भएर पनि अनागरिक भएका छन् । जे जसरी जन्मिएपनि आखिर उनीहरुले नेपाली नागरिकता पाउन पर्ने हो तर पनि आजसम्म हज्जारौँको संख्यामा रहेका त्यस्ता नागरिकहरुले राज्यको तर्फाट नागरिकता प्राप्त गर्न सकेका छैनन् । यस वीचमा लाखौँ विदेशीले नागरिकता लिए तर पनि सच्चा नेपालीले नागरिकता पाउन सकेका छैनन् उनीहरुलाई विभिन्न वाहनामा नागरिकता नदिन राज्यको सयंन्त्रमा बस्ने निकाय लागि परेका छन् । उनीहरु पद ,पैसा र शक्तिको आडमा गैर नेपाली नागरिकलाई नागरिकता दिइ रहेका छन् भने वास्तविक नेपालीलाई नागरिकता दिन भने विभिन्न बाहना गरेर दुख दिन थालेका छन् । नेपाली भएर पनि नेपाली नागरिकता नपाएका व्यक्तिहरु क्ष्टपूण कार्य गर्न विवश छन् । उनीहरुको भाग्य र भविष्यमा कालो वादल मडारिन थालेको छ । उनीहरु अन्यौलग्रस्त जीवन जिउन विवश भएका छन् तर राज्यलाई यो पीडाले कत्ति पनि छोएको छैन । न्ाागरिकता र राष्ट्रियताको प्रसंग कुनै पनि देशको राष्ट्रियताको सम्बन्ध सिधै त्यस देशको नागरिक र नागरिकता माथि जोडिएको हुन्छ । जुन देशमा गैर कानुनी रुपमा गैर व्यक्तिले नागरिकता लिन्छ भने त्यो देशको राष्ट्रियता अतिनै कमजोर भएको हुन्छ ,देशको राष्ट्रियता कमजोर हुनु भनेकै राष्ट्रियता कमजोर हुनु हो अत राष्ट्रियता कमजोर हुन नदिन हामी सबै नेपाली नागरिक सचेत भएर अगाडि बढ्न पर्छ । हामीले आफ्नो देशको नागरिकलाई मात्र नागरिकता प्रदान गरेको खण्डमा देशको राष्ट्रियता सबैभन्दा बलियो हुन्छ । दोहोरो नागरिकताको लिनेहरुको राम कहानी नेपालमा विभिन्न समयमा नागरिकताको प्रसंग उठ्ने गरेको छ भने नागरिकता कसलाई दिन हुने कसलाई दिन नहुने भन्ने कुरा समेत बेलाबखतमा चर्चामा आउने गरेको देखिन्छ । जस्तो कि पछिल्लो समयमा दोहोरो नागरिकता लिन हुने भन्दै एक समूह त्यसको पक्षमा उभियो । तर आज फेरि त्यो आबाज हराएर गएको छ । विभिन्न पार्टी भएका देशद्रोही र राष्ट्रघाती शक्तिहरु गैर नेपालीलाई नेपाली नागरिकता दिन लागि रहेका छन् । नेपालको नागरिकता पनि हातमा बोक्ने अनि उता तेस्रो देशको पनि नागरिकता बोकी दोहोरो नागरिकता बोक्ने जमातको पनि कमी छैन हाम्रो देशमा । खास भन्ने हो भने सच्चा राष्ट्रवादी मान्छे कोही छैनन् अमेरिकाले डिभि पारिदिन्छु नेपाल छाडेर सबै अमेरिका आउनु भन्यो भने हामी सबै नेपाली अमेरिका जान तयार छौँ र हुन्छौँ । अत हाम्रो देशको राष्ट्रियता अतिनै कमजोर भएको छ ,यस अबस्थामा दोहोरो नागरिकता लिन पाउन पर्छ भन्ने देशद्रोहीहरुलाई हदैसम्मको कार्वाही गर्न पर्दछ ,राष्ट्र र राष्ट्रियता कमजोर पारेकेा अनि जथाभावि नागरिकता प्रदान गरेको आधारमा उनीहरुलाई कडा कार्बाही गर्न पर्दछ ,यदि यस्ता गद्वारहरुलाई बेलैमा कार्वाही नगर्ने हो भने एक दिन सबै विदेशी नागरिकले हाम्रो नागरिकता कब्जा गर्नेछन् हामीलाई गैर नेपाली बनाउदै सक्कली नेपाली नागरिक बन्ने छन् तर्सथ नागरिक र नागरिकताको सबालमा गम्भीर हुँदै सबै नेपाली नागरिकलाई सहज ढंगवाट नागरिकता दिने मामिलामा सबैलाई बेलैमा चेतना भया ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु