सप्तरीमा तनाब उस्तै

२०७२ मंसिर ८ गते, मंगलवार

काठमाडौं, ८ मंसिर । सप्तरीमा आन्दोलनकारीले सदरमुकाम राजविराज, भारदह र रुपनीका विभिन्न स्थानमा प्रदर्शन जारी राखेका छन । मधेसी मोर्चाका कार्यकर्ताले कर्फ्यु उल्लंघन गर्दै गएराति पनि सप्तरीका विभिन्न स्थानमा प्रदर्शन गरेका छन् । आन्दोलनकारीले प्रदर्शनकै क्रममा गएराति राजविराजस्थित नापी शाखा कार्यालयमा आगजनी समेत गरेका छन् । आगजनीबाट कार्यालयमा सामान्य क्षति पुगेको छ भने कार्यालय परिसरमा राखिएको बा१झ ३४०९ नम्बरको जीप जलेर ध्वस्त भएको छ ।
यसअघि आन्दोलनकारीले राजविराजस्थित भूमि सुधार कार्यालय, राजविराज भन्सार कार्यालय र राजविराजस्थित नेपाली कांग्रेसको पार्टी कार्यालयमा आगजनी गरेका थिए । आगजनीबाट तीनै कार्यालयमा सामान्य क्षति भएको प्रहरीले जनाएको छ ।
मोर्चाका कार्यकर्ताले हिजो दिनभर पनि सप्तरीका विभिन्न स्थानमा उग्र प्रदर्शन गरेका थिए । प्रदर्शनको क्रममा प्रहरी र प्रदर्शनकारीबीच झडप हुँदा एक दर्जनभन्दा बढी घाईते भएका छन् ।
स्थानीय प्रशासनले स्थिति नियन्त्रणमा लिन सदरमुकाम राजविराजका साथै भारदह र रुपनी क्षेत्रमा अनिश्चितकालिन कर्फ्यु आदेश जारी गरेको छ । यद्यपी प्रदर्शनकारीले कर्फ्फ्युको बेवास्ता गर्दै आएका छन् ।
प्रदर्शनकारीले राजविराजमा रहेको राष्ट्रिय वाणिज्य बैंकको शाखा कार्यालयमा समेत ढुङ्गामुढा गरी तोडफोड गरेका छन् । यस्तै घुमुवा प्रहरी चढेको को३प ३१३६ नम्वरको मोटरसाईकल तथा कोईलाडी वरसाईनस्थित प्रहरी चौकीमा समेत प्रदर्शनकारीले आगजनी गरेका थिए ।
उता, प्रहरीले गत आईतवार स्वास्थ्यकर्मीलाई दुर्ब्यवहार गरेको भन्दै राजविराजस्थित सगरमाथा अञ्चल अस्पतालको आकस्मिक सेवा हिजोबाट टेण्टमा सञ्चालन गरिएको छ । अस्पतालका अन्य सम्पूर्ण सेवा ठप्प छन् ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

पेस्तोलसहित एकजना पक्राउ

२०८० चैत्र १६ गते, शुक्रबार

मुग्लिनमा सडक दुर्घटना : आठ जना घाइते

२०८० चैत्र १५ गते, बिहीबार

१५ किलो चरेस बरामद

२०८० चैत्र १४ गते, बुधबार