सपनिको कुरा – प्रशान्त लामा दोङ

२०७५ कार्तिक १८ गते, आईतवार

“सुनको घुम्टो ओढेको मेरो देश, प्रकृतिको बगैँचाले भरिएको मेरो देश अनि हेर्दै कति रमाइलो छ, तै पनि भित्रभित्र भन्ने गर्छु किन म गरीब छु जस्तो लाग्छ । किन जताततै अन्धकारको सुरूङ छ जस्तो लाग्छ ? कहिले कहिले आँखा बन्द गरेर सपना देख्छु त जताततै ब्वाँसैव्वाँसो भन्दा देख्दिन, दुई खुट्टे जनावर पनि चारखुट्टे जस्तै देख्छु अनि भन्छु मनलार्ई कठै मेरो देश सतिले सरापेको देश लोभि र पापी भन्दा बाहेक कोही छैन । जता हेरे नि देख्छु म त सपनिमा दुई खुट्टे ब्वाँसाहरू आफ्नो दुनो सोजाएको अनि झल्याँस बिउँझन्छु जताततै खालि भन्दा देख्निन, संभावना र संबृद्धको चित्र भन्दा देख्दिन अनि सोध्छु भरिया दाईलार्ई कसलार्ई कुरेको ? उत्तर खोजी गर्दागर्दै साँझ पर्छ अनि खाईवरी गरेर फेरी सपनाको दुनिँयामा पुग्छु, फेरी त्यही रंग चित्र देख्छु, दुई खुट्टे पोथीहरू आधुनिकताको दुईभित्ते बस्त्र लगाएर आपूmलार्ई मै हुँ भन्दै घमण्डको चंगुलमा फसेको देख्छु अनि भालेहरू बास्दैबास्दै देशलार्ई कंगाल बनाएको देख्छु । फेरी बिझँन्छु उदाउँदो घामले रंगीन दुनियाँ छरपष्ट भन्दा केही छैन । अनि सुनौली बिहानी संगै उदाएको रंगीन संसार सफलताको खोजिमा निस्कन्छु । यात्रामा दौडिदा आकाश छुने संभावना देख्छु, लोलीमा बोलि मिलाउने जमात प्रशस्त देख्छु अनि त्यतिखेर आपूmले संसार जिते जस्तो लाग्छ । जब खुसीका सौखिन यात्राहरू प्रशस्त देख्छु अनि देश निर्माणको दौडहमा निस्कन्छु । यात्रामा गाइने दाईलार्ई भेट्छु, दाजु तपार्इंको दुःखको दिन गए, बाटामा डेनलाईटमा सहरमा जमात देख्छु अनि भन्छु बाबु तिम्रो सडकमा सुत्ने दिन गए, नौ तले घरको छानोमा बसेर इट्टा र ढुङ्गा बोक्दै गरेका मजदुर दाईलार्ई भेट्छु अनि उहाँलार्ई नि भन्छु दाजु काम अनुसारको दाम हुने दिन आउँदैछ, दाजु एक छाक खाना लागि अब तपार्इंले यसरी जोखिम मोल्नुपर्दैन सहज प्रविधिको विकास हुँदैछ । यसो भन्दा भन्दै मेरो माइकलाल बनेर फुक्ने समय सकिन्छ, घाम अस्ताउँछ त्यही झुपडीमा जान्छु, दिनभरको थकानले जीउ गल्छ, स्वर सुकेर घोक्रो बन्छ । थकाइले प्यास बढ्छ, दुई घुट्को पानी पिउँछु अनि एकछिन सोचेर बिच्छ्याउनामा आराम गर्न पुग्छु तर टाउको शिरानीमा राख्दा राख्दै भुसुक्क निदाउँछु अनि भोक हराउँछ फेरी सपना देख्छु, कपि र कलम च्याप्दै स्कूले भाई स्कूल गएको देख्छु अनि भाईलार्ई पच्छ्याएर स्कूल पुग्छु, स्कूलमा पुग्दा त अचम्मा पर्छु “सर र मिसले त्यही काँलिदासको कथा भट्याएको देख्छु, त्यही बिपिको सुम्नीमा, त्यही युरोपमा यस्तो भयो अरे उसो भयो अरे, फलानोले यस्तो बनायो अरे उस्तो बनायो अरे भन्दै भट्याएको देख्छु तर लौ है बाबु यो चीज बनाउ है आज भन्ने चाहीँ देखिन, उ चीज बनाएर लिएर आउ भन्ने चाही देखिन । थट मन खिन्न भएर आफ्नो बाटो लाग्छु, बाटोमा त्यही दृश्य देख्छु एउटा लक्का जवान भाई चार ठाउँमा प्वाल भएका पाइन्ट लगाएका अनि नाशामा झ्याप भएर हिँडेको देख्छु अनि सोध्छु मनलार्ई कहिले होला मेरो यी भाईले चार ठाउँमा काम गरी आपूmलार्ई ब्यस्त भएको दिन, अनि कहिले नविन चिजको आविस्कारमा ब्यस्त हुँदा हुँदा आइनस्टान बनेर पगाल बनेको दिन । सोध्छु मनलार्ई म किन कसैको माइकलाल बनिन ? भन्छु मनलार्ई भोलि देखि म कसैको माइकलाल बन्दिन, भोलि देखि म कसैको दासी बन्दिन, भोलि देखि न्यायको ढ्वाङ फुक्छु । यसरी सपना देखिदा देख्दै झल्याँस्स बिउँझन्छु, बिँझदा खाली पेटलार्ई भोकले रन्थनिएको हुन्छु । अनि हतारो हतारोमा खाना पकाइओरी फेरी यात्रामा निस्कन्छु । यात्रामा एउटा पार्टीको आमसभामा पुग्छु, कडा शैलीमा भाषाण गरेको देख्छु, फलानो पार्टीले देश यसरी बेचे अनि उसरी बेचे, हामीलार्ई दिनुहोस्, हामी बनाउछौँ देश यसरी र उसरी, फेरी अर्कोतिर आमसभामा पुग्छु, फलानो यस्तो फटाह उस्तो फटाह भन्दै कुर्लेको देख्छु स बिचर कलम भिरेका युवाहरू पालैपालो ताली परर बजाएर समर्थन गरेको देख्छु, भाषाण सुन्दासुन्दा रात पर्छ, आफ्नै झुपडीमा फेरी फर्कन्छु । रातको भोजनसंगै सुत्छु, झन बिकराल सपना देख्छु उफ्रदै भाषाण गर्ने नेताजीहरू चारखुट्टे भएको देख्छु । बिचर ! परर ताली बजाउने भाईहरू जागिरको खोजिमा लार्ईनको बसेको देख्छु, बिचरी ती नानी दुई दिन पछाडि बलत्कारको सिकार बनेको देख्छु, बिचर ! मेरो पार्टी यस्तो अनि तेरो पार्टी यस्तो भन्दै कुर्लने युवाहरू खाडीको लाईनमा देख्छु, जपान र कोरियामा जाने भीडको लार्ईन देख्छु, एयरपोर्टमा सुर्केश गुडाएर आँखाभरी आँसु पार्दै परिवारबाट टाढीएको देख्छु, छोराको लाशको बाक्स समाउँदै बियोगको पिडाले बाउ आमा भक्कानिएको देख्छु अनि विचर कलकलाउँदैको उमेरमा सेतो साडीमा सजाएकी देख्छु, त्यतिखेर मनले भन्छ बिद्रोह गर तिमी माइकलाल बन्ने होइन, देशद्रोहीलार्ई सिध्याउनु उसको चाकडी होइन अनि दासी बन्ने होइन । यो मनले निर्णयक मोडमा पुग्छु जयदेश ! जयदेश भन्दै मेरो देश देख्छु बिँझन्छु सपनाबाट अनि हाय ! सपनिको कुरा संझदै जयदेश ! मेरो देश !! मेरो देश !!! यात्रा बदल्छु ।

प्रतिक्रियाहरु