सन् २०१५ मा साइबर आक्रममण अझै बढ्ने

२०७१ मंसिर २८ गते, आईतवार

काठमाडौं । यस वर्षशृंखलावद्ध रूपमा साइबर आक्रमण प्रमुख समाचारको विषय बनेको थियो भने सन् २०१५ मा यस्तो आक्रमण अझै नराम्रो हुने नेर्टवर्क सुरक्षा अनुसन्धानकर्ताहरूले मङ्गलबार बताएका छन् । उनीहरूले आउँदो वर्षहृयाकरहरूले अरुको नेर्टवर्कमा प्रवेश गर्न अझै उन्नत प्रविधि प्रयोग गर्ने बताएका छन् । म्याक्याफी ल्याबको २०१५ को चुनौती प्रक्षेपण प्रतिवेदनमा साइबरयुद्ध तथा गुप्तचरी बढ्ने र हृयाकरहरूले आफ्नो गतिविधि लुकाउन तथा संवेदनशील तथ्याङ्क चोर्न नयाँ रणनीति लिने दाबी गरिएको छ । प्रतिवेदनमा साइबर गुप्तचरी अझै निरन्तर रहने र त्यसको संख्यामा पनि वृद्धि हुने उल्लेख गरिएको छ । प्रतिवेदनमा दीघकालमा चोरी गरिएका सूचना जम्मा गर्ने व्यक्तिहरूले प्रमुख भूमिका खेले पनि नयाँ व्यक्तिहरूले पैसा चोर्न र आफूलाई पक्राउ गर्न व्यक्तिको प्रयासलाई असफल पार्न खोज्ने उल्लेख गरेको छ । म्याक्याफीले साना मुलुक तथा आतङ्कवादी समूह आक्रमणमा बढी सक्रिय हुने बताएको छ । अनुसन्धानकर्ताहरूले साइबर अपराधीहरूले पीडित व्यक्तिको सञ्जालबाट दीघकालसम्म तथ्याङ्क चोर्न आफूलाई पत्ता लगाउन नसक्ने बनाउने बताइएको छ । ठूला मुलुकका साइबर गुप्तचरले कुरेर सूचना सङ्कलन गरे जस्तै साइबर अपराधीले पनि यस्तै प्रकारको जटिल विधि अपनाउने अनुसन्धानकर्ताहरूले बताएका छन् । प्रतिवेदनमा हृयाकरहरूले कृषि, उत्पादन तथा स्वास्थ्य क्षेत्रका सञ्जालमा जोडिएका उपकरण तथा कम्प्युटरलाई लक्ष्य बनाइरहेको जानकारी दिइएको छ । हाल उनीहरूले उपभोक्ताका उपकरण, गाडी, घरस्वचालन उपकरण, बती जस्ता उपकरणमा पनि ध्यान दिन थालेको बताइएको छ । म्याक्याफीले हृयाकरहरूले वेबक्यामराका साथमा औद्योगिक नियन्त्रण प्रणालीमा ध्यान दिइरहेको जानकारी दिएको छ । उनीहरूले स्वास्थ्य क्षेत्रमा अझै नराम्रो प्रभाव पार्नसक्ने बताइएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु