सन्धर्भ तीजको – युवराज सफल

२०७१ भाद्र ६ गते, शुक्रबार


विशेषत हिन्दु महिलाहरुले महान् पर्वका साथ मनाउने भनिएको तीज पर्व संघारमा भित्रिन लागेको छ । परापूव कालमा जसले यो तीज पर्वको प्रचलन आरम्भ गरेको भए पनि अहिले तीज पर्वलाई धेरै वर्गले मागि खाने अनि ठगि खाने भाँडो बनाएका छन् । विशेषत आफ्नो पतिको लामो आयूको कामना गर्दै ब्रत बसिने यो पर्वमा जसले विवाह गरेका छैनन् उनीहरुले राम्रा वर पाउँ भनेर पनि ब्रत बस्ने गरेको यदाकदा पाइन्छ । तीज पर्वलाई विशेष त महिलाहरले महिलाहरुको महादशैँको रुपमा लिने गरेको पाइन्छ । परापूव कालमा जसरी तीज पर्व मनाइएपनि आज भोलि तीज पर्व मनाउने शैली पनि परिवर्तन भएको छ । र तीजलाई हेर्ने सवालमा पनि फरक फरक मत दर्ज भएको छ । कतिले तीजलाई खाली एउटा परम्पराको रुपमा हेरेको पाइन्छ भने कतिपयले यसलाई एउटा आस्था विस्वासको धरोहरको रुपमा पनि लिएका छन् भने कतिपयले तीज पर्वलाई फेशन वा नक्कलको रुपमा लिएका छन् । नेपाल जस्तो गाउँ डाँडा पाखाले भरिएको देशमा तीज मनाउने शैलीमा पनि ठाँउ अनुसार फरक फरक शैली पाइन्छ । गाँउ र शहरका महिलाहरुले फरक फरक शैलीमा तीज मनाउने गरेका छन् । कतिपय सर्न्दर्भमा तीज संस्कृति होकि विकृति भन्ने बहश समेत हुने गरेका छन् । तर्सथ तीज पर्वमा के के हुन्छन् ,तीज पर्वको महत्व के छ ,तीज पर्व कसले मनाउने ,तीजका नाममा के कस्ता विकृति विसंगति भित्रिएका छन् र तीजलाई कसरी वैज्ञानिक ढंगवाट मनाउन सकिन्छ भन्ने विषयमा केही चर्चा गर्दा उपर्यूक्त देखिएला । तीजमा हुने क्रियाकलाप सामान्यतया आफूलाई हिन्दु महिलाको रुपमा चिनाउन चाहँने वर्गले तीज पर्वलाई मनाउने गरिएको पाइन्छ । तीज पर्वमा ब्रत बसी विभिन्न पुजा पाठ गरी उनीहरु तीज मनाउने गरेका छन् । साथै ब्रत बस्नुअघि उनीहरुले दर खाने गर्दछन् । निश्चित समय व्रत बसेपछि नजिकैको खोलामा गई स्नान गरी पुजापाठ गर्दछन् र मन्दिरमा गइ नाँचगान गर्दछन् । यसरी नै उनीहरुले तीज पर्व मनाउने गरेका छन् । तीजको महत्व नेपाली महिलाहरुले मनाउने तीजको पर्वको ठूलो महत्व रहेको छ । बर्षरि दुखकष्ट गर्ने महिलाहरुको पीर व्यथालाई बाहिर प्रकट गर्ने दिनको रुपमा तीज पर्व मनाउने गरेको पाइन्छ । त्यस्तै बर्षरि माइती जान नपाएर बञ्चित भएका चेलीबेटीहरुलाई तीजको अबसरमा आफ्नो माइती जाने अबसरको रुपमा पनि तीज पर्वलाई लिइएको पाइन्छ । तीज पर्वले माइतीसँग भेटघाट गर्राई चेलीको सम्पूण दुख कष्ट अनि पीडाहरु ओकेल्ने अबसर दिएको छ । अझ तीज पर्वको बेला महिलाहरुले आफ्ना पीडाहरु गीत संगीत मार्फ र्सार्वजनिक गर्ने गरेका छन् । जसवाट अलिकति भए पनि महिलाहरु आफ्ना पीर व्यथाहरुलाई पोख्न सफल भएका छन् । यी समग्र कुरा हेदा पनि तीजको महत्व बढेको पाइन्छ । तीज पर्वले आम महिलाहरुलाई जगाउने गरेको छ ,आफ्ना दुख पीडा सुनाउन अबसर प्रदान गरेको छ । निर्धक्कसँग आफूसँग भएका दुख पीडालाई व्यक्त गर्न सक्ने भएका छन् । कम्तिमा आफ्ना अधिकार प्राप्त गर्न सक्ने भएका छन् तीज पर्व मार्फ उनीहरुले विभिन्न कुरालाई अभिव्यक्त गर्न पाएका छन् । विचार एवम् अभिव्यक्तिको स्वतन्त्रता पाएका छन् । तीज पर्वलाई सक्दो आफ्नो पक्षमा प्रयोग गर्न महिलाहरु लागि परेका छन् । यसवाट पनि तीज पर्वको महत्व र गरिमा कति छ भन्ने कुरा प्रष्ट हुन्छ , त्यसकारण तीज पर्वलाई निकै महत्वका साथ मनाइने गरिन्छ । तीज पर्व कसले मनाउने महिलाहरुले महत्वपूण चाडको रुपमा मनाउदैँ आएका तीज अब कस कसले मनाउने भन्ने बहश सिर्जना भएको छ । अहिले समय फेरिएको छ । महिलाहरुको चाड तीजलाई आम पुरुषहरुले पनि मनाउन थालेका छन् । तीजमा ब्रत बस्ने पुरुषहरुको संख्या बढ्दै गएको छ । महिलाको चाड पुरुषले पनि मनाउनुलाई राम्रो भन्ने कि नराम्रो भन्ने संकट उत्पन्न भएको छ । हँुदा हुँदा अब महिलाको लागि चाहिने विभिन्न अश्लिल गीत संगीतहरु समेत पूरुषले नै लेखिदिने गरेका छन् । अझ अर्को रमाइलो कुरा त यो छ कि त्यस्तो अश्लिल गीतमा महिलासँग नारिएर नाँच्न पनि तिनै पूरुषहरु अघि र्सछन् । महिलाको पर्वलाई कव्जा गर्ने अनि त्यही महिलालाई आफ्नो यौन कुण्ठाको आवेग शान्त पार्न प्रयोग गर्ने अचम्मको परम्परा बसेको छ । हुन त एकथरी मान्छेहरु पूरुषहरुले ब्रत बस्नुलाई राम्रो मान्दछन् तर खासमा अर्कै इच्छा पूरा गर्न उनीहरु ब्रत बसेको कुरामा कसैको ध्यान जान सकेको छैन । अत यो तीज पर्व महिलाको मात्र होकी पूरुषको पनि हो भन्ने प्रसंग उठेको छ । अर्को कुरा हिन्दु महिलाहरुले मनाउने भनिएको यो चाड गैर हिन्दुले मनाउन हुने या नहुने ,मनाई हालेमा के हुने भन्ने कुरा समेत वैज्ञानिक छैन । पछिल्लो चरणमा गैर हिन्दुहरुले पनि लहडमा या बुझेर तीज पर्व मनाउने गरेका छन् । तीजको व्रत बस्ने गरेका छन् र अन्य कर्म पूरा गर्ने गरेका छन् । यसवाट के बुझिन्छ भने गैर हिन्दुहरु पनि एक हिसावले तीज पर्व मनाउन लागि परेका छन् । पहिला महिलालेमात्र मनाउने गरेको तीज पर्व अहिले आज पूरुषले पनि मनाउन थालेका छन् ।तीज पर्वमान्नेहरुको संख्या बढेर नै गइरहेको देखिन्छ । तर्सथ यो तीज पर्व कसको पर्व हो भन्ने जिज्ञासा आम रुपमा उत्पन्न भएको छ ।साथै यो पर्व कसले मनाउने र कसले नमनाउने भन्ने बहश समेत चुलिएको छ । तीजका विकृति र विसंगति एक्काइसौँ शताव्दीमा आइ पुग्दा तीज पर्व निकै महंगो भड्किलो र अश्लिल हँुदै गएको छ । तीजको नाममा विभिन्न विकृति विसंगतिका घटनाहरु घट्न थालेका छन् । तीज पर्व मनाउने नाममा अहिले एक थरि सहरिया मेमसाहेवहरु विकृति र विसंगतिलाई बढवा दिइ रहेका छन् । तीज आउन एक डेढ महिना बाँकी नै छदाँ फाइभ स्टार होटलमा दरको नाममा दारु पिउन लागेका हुन्छन् । त्यस्तै निकै भड्किलो फेशन शो गरेका हुन्छन् विभिन्न सून ,हिरा र मोतिका गर गहना शो गरेर सामाजिक रुपमा भड्किलो देखासिखि गरी रहेका हुन्छन् । त्यसो गर्दा जसले त्यसरी गरगहना र महंगो भड्किलो फेशन शो गर्न पाएको हँुदैन त्यस्ताले आफूपनि त्यस्तै लाउन र खान खोज्छन् फलस्वरुप नराम्रो घटनाहरु घट्न पुग्छन् । अर्काको देखासिखि गर्दा विभिन्न सामाजिक अपराधका घटना घटिरहेका हुन्छन् । म्ानको पीर व्यथालाई भुलेर तीजलाई पवित्र चाडको रुपमा मनाउन पर्ने ठाँउमा अहिले विभिन्न विकृति एवम् विसंगतिहरु भित्रिरहेका छन् ।एकथरि मान्छेहरु ब्रतको नाममा मिठो खान पाइन्छ भनेर ब्रत बस्ने गरेका छन् घरमा केही नखाएको नाटक गर्ने उनीहरु होटलमा छिरेर दारु तान्न समेत पछि पर्दैन यस्ता आडम्वरीहरुको कमी छैन हाम्रो देशमा । त्यसै गरी तीजको मान,सम्मान र प्रतिष्ठालाई धुलो चटाउदैँ अश्लिलता भित्र्याउने जमात पनि कम्वर कसेर लागेको छ । विभिन्न भड्किलो पहिरन लगाई संस्कृतिको नाममा वेसंस्कृति भित्र्याउन यो तप्काले पहलकदमी लिइरहेको छ ।त्यो जमात धमिलो पानीमा माछा मार्न थालेको छ । तीजको माहौलमा कसरी रमाइलो गर्न सकिन्छ भन्नेमा उनीहरुको ध्यान केन्द्रीत भएको छ । तीजको नाममा जस्तो सुकै गीत लेख्ने गाउने प्रचलन बढेर गएको छ । त्यस्ता गीतहरुले वास्तविक तीजका गीतहरुलाई असर गरिरहेको छ । जताततै त्यस्ता गीतहरुले समस्यामात्र निम्त्याएको छ । तर्सथ तीज पर्वले थुप्रै विकृति विसंगति ल्याएको छ भन्ने कुरा प्रमाणित गर्न खासै गारो नपर्ला कि – तीज पर्वलाई कसरी वैज्ञानिक बनाउने कुनै पनि कुरा आफैँमा नराम्रो कदापी हुँदैन । त्यो सही र गलत हुने कुरा कसले कसरी ग्रहण गर्दछ भन्ने कुरामा निर्भर हुन्छ । तीज पर्व नराम्रो होइन । तर तीज पर्वलाई मनाउने हरुले यसको गरिमा र महत्वलाई पटक्कै ख्याल गरेको पाइदैन । उनीहरुकै कारण वाट आज तीज झन झन विकृत हुँदै गएको छ तीज पर्वप्रति आम मानिसको नकारात्मक धारणा बनी रहेको छ अत यस पर्वलाई व्यवहारिक रुपमा सहि र वैज्ञानिक ढंगवाट मनाउनु आवश्यक छ । यस विषयमा तीज पर्वका पारखी हरुले पक्कै पनि सोच्नु पर्नेछ देखिन्छ । हुन त कुनै पनि चार्डपर्व रमाइलो को लागि मनाइने गरिन्छ । सन्तुष्टिको लागि मनाइने गरिन्छ तर अब चाड पर्वलाई मनाउने क्रममा सानो सोचलेमात्र सोचेर हुँदैन । जस्तो कि लाखौँ महिलाहरुले तीज मनाउछन् केवल पुजा पाठ र नाचगानमात्र गरेर उनीहरुले समय विताउछन् । राम्रो लगाउने अनि मिठो खाएर मात्र तीज पर्व वैज्ञानिक बैज्ञानिक बन्न सक्दैन । अब हरेक कुरालाई उत्पादनसँग जोड्न पर्छ । एउटा उदाहारणकै लागि नाच गान गरेर रमाइलो गर्ने नारीहरु जम्मा ५ मिनेटको समयमा एक जनाले एक ओटा विरुवा मात्र रोप्यो भने लाखौँ विरुवाहरु रोपिन्छन् । केवल एउटामात्र बाटोको ढंुगा र काँडा अनि झिक्राहरु टिपेर फालेमा लाखौँ ढुंगा र काँडाहरु बाटोवाट हट्ने छन् । तर हाम्रा महिलाहरुमा कहिले यो सोच र चिन्तन आउने हो कुनै ठेगान छैन । अर्को तिर तीजलाई देखासिखीको पर्वको रुपमा मनाउने प्रचलन पनि यदाकदा हामीमा विकास भएको पाइन्छ । समाजमा तीजको अबसर पारेर आफ्नो लुवाई खुवाई दुनियाँ सामु पर््रदर्शन गर्नेहरुको पनि हाम्रो देशमा कमि छैन । विश्वास आस्था अनि भरोसा भन्दा पनि आफ्नो रवाफ र तडक भडक देखाउनको लागि चाड पर्वको खोल ओढ्ने गरेका छन् । यतिसम्म भएका छन् आफ्नो चरित्र रत्तिभर नसुधार्ने मनमा पाप ,छलकपट गर्ने धर्म गरेको नाटक गरी तर्ीथ व्रतको खोल ओढ्ने आडम्वरी र ढोँगीहरुको हाम्रो समाजमा कमी छैन । तीजको गरिमा बढाउन भन्दा पनि घटाउन हामी नेपाली महिलाहरु लालयित भएका छौँ । तीज पर्वको गरिमालाई हामीले कहिल्ये पनि ख्याल गर्न सकेनौँ । तीज पर्वलाई संस्कुति भन्दा पनि विकृति बनाउने नेपाली महिलाहरुले भूमिका खेलेको यथार्थलाई कसैले भुल्न सक्दैनन् । तीज पर्वको सुरुवात जुन तरिकाले गरियो त्यही तरिकामा तीज पर्व मनाउन हामी नेपालीले सकि रहेका छैनौँ । आस्था ,विश्वास ,भरोसा र प्राप्त्ति भन्दा पनि तीज पर्वलाई मागि खाने अनि ठगिखाने भाँडो बनाउनेहरुको पनि लस्कर लागेको देखिन्छ । तीज पर्वकै बाहनामा अरुको बहकाउमा लागेर अरुले झै खाना लाउन र अन्य कुरा माग दावी गर्नेहरु पनि हाम्रो घर गाउमा जीवित नै छन् । केवल धर्मको खोल ओढेर सिमित स्वार्थ पुरा गर्न चाँहने ढोगीहरुको कारण सम्रग धर्म संस्कृति नै धरापमा परेको छ । यसले गर्दा सिँगो संस्कार र संस्कुति माथि आम मानिसले खुलेआम चुनौति दिन थालेका छन् र त्यस्तो धर्म र परम्पराको औचित्यमाथि गम्भीर प्रश्न उर्ठाई रहेका छन् । धर्म संस्कार र संस्कृति आफैँमा नराम्रो कुरा हैन तर जसले गलत तरिकाले यसलाई अपनाउछ उसकै कारण संकट आएको विश्लेषकहरु बताउने गरेका छन् । तीजलाई देखासिखी र तडक भडक गर्ने पर्वको रुपमा नमनाई यसलाई सन्तुष्टि ,आत्मसम्मान र आत्माविश्वासको रुपमा मनाउन पाए तीज पर्व कति सुन्दर हुन्थ्यो होला ,अझ नाचगान र पुजा पाठ गर्दाको केही मिनेटमात्र समाजको हितमा लगाएर केही पुण्यपूणा काम गरेमा तीज पर्व साँच्चै वैज्ञानिक पर्वको रुपमा स्थापित हुन्थ्यो होला ,यो कुरामा हाम्रा महिला दिदिबहिनीको ध्यान कहिले जाने र हामीले तीज पर्वको वैज्ञानिकीरण भएको कहिले देख्न ,लेख्न र पढ्न पाइने हो यो कुरा भने प्रतिक्षाको विषय बनेको छ ,हरौँ कसरी मनाउनेछन् नेपाली महिलाले तीज । धर्मलाई वैज्ञानिकीकरण र उत्पादनमुलक बनाउन सबैले ध्यान दिउन ,यस वारे सबैलाई बेलैमा चेतना भया

प्रतिक्रियाहरु