सन्दर्भ माअाेवादी केन्द्रकाे : हात्ती बिग्रियाे कि मुसाे सप्रियाे ? – कालीबहादुर मल्ल

२०७४ पुष ५ गते, बुधबार

सुँगुर कहिल्यै नदेखेको मानिस ले पहिलाे पटक सुँगुर देख्दा अचम्मित भएछ । टाउकाे र पुच्छरसम्म दाेह्रयाई तेह्र्याई हेर्दा मुसाे जस्ताे पनि छ ,नाक हात्तीको सुंड र पुच्छर पनि हात्ती कै जस्ताे देखेपछि अनाैठाे मान्दै भन्याे “हैन याे हात्ती बिग्रिएर यस्ताे भयाे हाेला कि मुसाे सप्रेर यस्ताे भयाे हाेला ?”
सन्दर्भ हाे माअाेवादी केन्द्रकाे । भर्खरै निर्वाचन सम्पन्न भएर परिणाम पनि अाई सकेकाे छ । संविधान कृयान्वयनकाे दाेस्राे चरणकाे निर्वाचनमा मत परिणाम हेर्दा माअाेवादी केन्द्र काे पक्षमा बिराेदाभास मत देखा परेकाे छ ।
प्रत्यक्ष तर्फकाे परिणाम हेर्दा माअाेवादी उकालाे लागेकाे संकेत देखिन्छ भने समानुपातिक तर्फ हेर्याे भने अाेह्रालाे लागेकाे । नेपाली राजनितीमा कायम रहेको अस्थिरता र अन्याैलता तथा त्यसमा टेकेर अाफ्नाे प्रभाव जमाई राख्न उद्दत बिदेशी शक्तिबाट मुक्ति पाउन माअाेवादी र ए मा ले पार्टी नेतृत्वले पार्टी एकताकाे प्रस्तावसहित बाम गठबन्धन बनाएर चुनाव लडे । याे विगतदेखिका नेपाली जनताले माग गर्दै अाए तर पूरा हुन नसकेकाे बिषय थियाे जाे यसपालि पूरा भाे । याे ऐतिहासिक कदमले मार्क्सवाद विज्ञान र मार्क्सवादी विज्ञानका विद्यार्थी हुन भन्ने पुनर पुष्टि भयाे ।
तर एकता लागि प्रत्यक्ष तर्फ भारि समर्थन गर्दै पार्टी एकताकाे प्रस्ताव जनताले अनुमाेदन गरिसके । तर समानुपातिक तर्फ अलग चिन्ह लिएर लडेका पार्टी मध्य माअाेवादी केन्द्रकाे ह्रास उन्मुख किन भयाे ? जब कि ०६४ मा ३२ लाख ,०७०मा साढे १५ लाख थियाे भने यति बेला १३ लाख किन ?
सामान्य हिसाबले पार्टी फुटकाे प्रभाव कायमै रह्याे र अझ माअाेवादी कै एउटा हिस्साले बहिष्कार गर्याे तर त्याे मत कंग्रेसमा गयाे । उता हेराैं भने ०७० मा एक्लै लड्दा १६ थियाे यतिबेला माअाेवादी दुई समूह बिच एकता सहित चुनाव लडिएकाे छ फेरि पनि कमि अायाे !
यसकाे मुख्य कारण मध्य मतदाता शिक्षाकाे अपर्याप्तता हाे । निर्वाचन अायाेगकाे अमुर्त शिक्षा यसकाे कारण हाे । अर्काे कुरा प्रत्यक्ष तर्फका उमेदवारहरु अाफ्नै चटाराेमा लागेर पार्टीको मत माग्न भ्याएनन् अझ त कतिपय ठाउमा त “प्रदेशमा उता गरे पनि केन्द्रमा मलाई दिनुहाेला “वा प्रदेशकाेले “केन्द्रमा अाफ्नाे लाई दिनु प्रदेशमा मलाई। “भन्दै जादा समानुपातिक मत माग्ने ध्यान कम भाे । तेस्राेमा एकथरि चतुर साथिहरुले “पार्टी एकता भई सक्याे दुई ठाउँ किन गर्ने सबै यतै गराैं”भ्रम पारेकाे पनि पाईयाे । चाैथाे र मुख्य रुपले बिगतमा समानुपातिक सभासद चयन गर्दा भएका स्वैच्छाचारिताले काम गर्याे ।बिगतमा बरिस्ठहरुका परिवार,नातागाेतामा बढि केन्द्रित हुदा र पुरानैलाई दाेहर्याई,तेह्रयाई राख्दा अनि यति बेलाकाे बन्द सुचिका अग्रभागमा उनैका नाम देखेपछि एकथरि उमेदवारमा उदासिनता देखा पर्नु मत कम अाउनु काे कारण हाे ।
यसलाई सच्याएर अगाडि बढ्न सकेमात्र विश्वास जाग्ने छ । यतिबेला फेरि पनि सिजन अाएकाे छ । फेरि पुराना कम्जाेरि दाेह्रयाउनु हुदैन । पुरानालाई नदाेह्रयाउने,एकाघरका पर्ने गर्नु हुदैन,पार्टी कामकाे बेला पलेटि कसेर सुत्ने र यति बेला जुरुक्क उठेर सक्रिय देखिनेलाई पनि राख्नु हुदैन,जनताले चिन्दै नचिनेका देख्दै नदेखेकालाई राखीएन र अवसर नपाएका ,लगनशील ,कृयाशिल,ईमानदारलाई चयन गरियाे भने कार्यकर्तामा विश्वास जाग्ने छ अागामि दिनमा पार्टी उकालाे लाग्ने छ । अन्यथा हात्तीबाट सुँगुर ,सुँगुरबाट मुसाे हुन बेर लाग्ने छैन भन्दा अन्यथा हुदैनकि ?

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु