सन्दर्भ- दक्षिण एसियाली र्सार्क सम्मेलनको- युवराज सफल

२०७१ कार्तिक २८ गते, शुक्रबार


दक्षिण एसियाली मूलुकहरुको साझा संगठन र्सार्कको १८ औँ शिखर सम्मेलन मंसिर १० गतेदेखि काठमाडौँमा सुरु हुँदैछ । नेपाल ,भारत ,भुटान ,श्रीलंका ,माल्दिभस ,पाकिस्तान ,अफगाननिस्तान र बगंलादेश सदस्य राष्ट्र रहेका र्सार्कको यो शिखर सम्मेलनलाई महत्वपूण रुपमा हेरिएको छ । सो शिखर सम्मेलनको आयोजना गर्न पाएकोमा आयोजक राष्ट्र नेपाल पनि मख्ख परेको छ । शिखर सम्मेलनलाई सफल पार्न नेपाल सरकार भएभरको तयारी गरिरहेको छ । सो सम्मेलनमा आउने विभिन्न देशका राष्ट्र प्रमूखहरुलाई दिइने सुरक्षा तथा उनीहरुको बसोवास र खानपान आदि विषयमा गर्न पर्ने आवश्यक कामको चटारोमा सरकार छ । यतिखेर काठमाडौँ र जनकपुरलाई बेहुली झैँ सिँगारिदैँ छ । र्सार्क सम्मेलनको अवसरमा जनकपुरमा विशेष सम्वोधन गर्ने तयारी गरेका भारतीय प्रधानमन्त्री नरेन्द्र्र मोदीको सम्मान र सुरक्षामा आज नेपाल सरकार जोडतोडका साथ लागेको छ । साथै उनको सुरक्षा देखि अन्य विषयमा समेत सरकार संवेदनशील भएको छ । नेपाल सरकार र्सार्क सम्मेलनमा आफूले सम्मेलनमा प्रस्तुत गर्ने कार्यपत्र तयार गर्न भन्दा पनि सम्मेलनको तयारीको तामझाममा लागेको छ । आज सम्म र्सार्क सम्मेलनमा नेपाल सरकारले उठाउने विषय वस्तु एजेण्डा वारे कुनै छलफल भएको कुरा बाहिर आएको छैन । सरकारका कुनै पनि मन्त्रीले औपचारिक रुपमा शिखर सम्मेलनमा प्रस्तुत गर्ने विषयमा छलफल गरेको पत्तो छैन । यसवाट हाम्रा सरकार प्रमूख तथा सरकारका मन्त्रीहरु राष्ट्रप्रति कति संवेदनशील रहेछन् र यिनीहरुले कसरी र्सार्क सम्मेलनलाई मूल्यांकन गरिरहेका छन् भन्ने कुरा प्रष्ट भएको छ । र्सार्क सम्मेलनलाई जति सकिन्छ नेपालको हितमा उपयोग गर्न पर्छ भन्दा पनि र्सार्क शिखर सम्मेलनमा उपस्थित भएका पाहुनालाई कसरी स्वागत गर्ने र उनीहरुको चाकडी गर्ने र कसरी आफू चर्चित हुने भन्ने कुराले हाम्रा सरकार प्रमूख र सरकारका वरिष्ठ मन्त्रीहरुलाई छोएको छ ।
र्सार्क सम्मेलनलाई कसरी महत्वपूण र र्सार्थक बनाउने भन्ने विषयमा हामी गम्भीर हुन नसकेको हो कि बढी गम्भीर भएको हो बुझन मुस्किल परेको छ । त्यसकारण अब र्सार्क सम्मेलनमा नेपालले आफ्नो राष्ट्रको तर्फाट के कस्तो विषयवस्तु उठान गर्ने ,र्सार्कलाई अगाडि बढाउन कस्तो भूमिका खेल्ने ,र्सार्कलाई अझ विस्तार बनाउन कस्तो योजना बनाउने ,र्सार्क क्षेत्रलाई समृद्व बनाउन के कस्ता नीति तथा कार्यक्रम तय गर्ने ,नेपालको विकासमा र्सार्क सम्मेलनमा सहभागी भएका देशहरुलाई कसरी विश्वस्त पार्ने ,नेपालले भोगिरहेका विभिन्न समस्यालाई कसरी समाधान गर्ने आदि विषयमा नेपालले स्पष्ट विचार व्यक्त गर्न सक्नु पर्छ । जस्तो नेपालले विगत देखि भूपरिवेष्ठित मूलुकको परिचय बनाएको छ । अरु विभिन्न समस्याहरु उत्पन्न भएका छन् तर्सथ अब नेपालले आसन्न र्सार्क शिखर सम्मेलनमा यस्ता विषयहरुमा स्पष्ट आफ्ना विचारहरु राख्न सक्नु पर्दछ । नेपालमा भएका त्यस्ता समस्यालाई समाधान गर्न कतिपय बेला छिमेकी देशको सहयोगको अपेक्षा रहेको हुन्छ त्यस्तो कुरा नेपालले यही बेला प्रत्यक्ष राख्न पर्छ र समस्याको समाधान गर्ने दिशामा अगाडि बढ्न पर्छ ।
र्सार्क सम्मेलनको मौकामा सबै सदस्य राष्ट्र प्रमूखहरुको भेटघाट हुने हँुदा उपस्थित सरकार प्रमूखहरुले आफ्ना राष्ट्रका विभिन्न विकास र समृद्विका अनुभवहरु ानि साटासाट गर्न पाउछन् । कतिपय अबस्थामा त्यस्ता अनुभवहरु उदाहारणीय पनि बन्न सक्दछ । तर्सथ आसन्न र्सार्क सम्मेलन ,सम्मेलनले लिन पर्ने नीति तथा कार्यक्रम ,सो सम्मेलनमा नेपालले राख्नपर्ने विषयवस्तु र समग्र र्सार्क सम्मेलन वारे संक्षेपमा चर्चा गर्दा सान्दर्भिक होला । आउनुस काठमाडौँमा आयोजित १८ औँ र्सार्क शिखर सम्मेलनवारे केही चर्चा गरौँ ।
र्सार्क क्षेत्रको वृहत्तर विकासको गुरुयोजना निर्माण
विशेषत र्सार्क राष्ट्रहरुको उन्नति प्रगति ,विकास र समृद्विलाई मूख्य लक्ष्य राखेर स्थापित भएको र्सार्कले अब आफ्नो क्षेत्रको बृहत्तर विकासको गुरुयोजना निर्माण गर्न पर्छ । यो क्षेत्रमा धेरै समस्याहरु देखिएका छन् । बेरोजगार ,भ्रष्टाचार ,गरिवी लगायतका साझा समस्याहरु समान रुपमा देखिएका छन् । अत यस्ता समस्याहरुको दीघकालीन समाधानको लागि अब र्सार्क शिखर सम्मेलनले समाधानको साझा दस्तावेज निर्माण गरी त्यो घोषणा गर्न सक्नु पर्छ । त्यस्तै गरी र्सार्क क्षेत्रमा विद्युत ,खानेपानी ,यातायात र स्वास्थ्य लगायत क्षेत्रमा देखिएका समस्याहरुको समाधान गर्न पनि बृहत्तर विकासको गुरुयोजना आवश्यक पर्छ । अझ र्सार्क क्षेत्रमा देखिएका विभिन्न अपराधिक गतिविधिहरु समेत यस क्षेत्रको लागि टाउको दुखाईको विषय बनेको छ ,यस्ता समस्याहरुलाई पनि समाधान गर्न १८औँ र्सार्क शिखर सम्मेलनले विशेष चासो देखाउन पर्छ ।
आर्थिक समानता र विकासमा जोड
विश्व मानचित्रमा अत्यन्तै स्थान राख्ने दक्षिण एसियाली राष्ट्र र्सार्कमा अबको प्रमूख चुनौति भनेकेा आर्थिक समानता र विकास नै हो । अत अब र्सार्क राष्ट्रभरि नै चल्ने समान आर्थिक नीतिको अवधारणा माथि र्सार्क शिखर सम्मेलनले निर्ण्र्ा गर्नुपर्छ । र्सार्क क्षेत्र विकास कोषको स्थापना गरी र्सार्क क्षेत्रको चौतर्फी विकासमा लाग्नु पनि आजको ऐतिहासिक आवश्यकता हो । र्सार्क क्षेत्रभरि चल्ने साझा मुद्राको चलन सुरु गर्न निर्ण्र् ागर्नु अर्को सफलता हो त्यो गर्न सकियो भने अवैध तथा जाली नोटको कारोवारमा समेत नियन्त्रण आउछ । तर्सथ अब १८ औँ र्सार्क शिखर सम्मेलनले र्सार्क राष्ट्रभरि नै चल्ने साझा मौद्रिक नीतिको अवधारणा ल्याई चाडैँ र्सार्क क्षेत्र विकास कोषको स्थापना गर्नु पर्छ ।
र्सार्क संगठनको विस्तारमा जोड
अहिले जे जति राष्ट्रहरुलाई र्सार्कमा समेटिएको छ यसलाई अव अझ विस्तार गर्न पर्छ ,विश्वमै र्सवशक्तिमान राष्ट्र चीनलाई पनि दक्षिण एसियाली सहयोग संगठन र्सार्कमा आवद्व गराउनु पर्छ र अरु समेट्न वाकी रहेका राष्ट्रहरुलाई पनि समेट्दै र्सार्कको दायरा फराकिलो बनाउन पर्छ । त्यस्तो गरियो भने र्सार्क क्षेत्रको विकास र समृद्विमा झन् झन् सहजता हुन्छ ।
र्सार्क क्षेत्रको विज्ञान तथा प्रविधिको विकासमा जोड
र्सार्क क्षेत्रमा समान रुपले विज्ञान तथा प्रविधिको विकास हुन सकिरहेको छैन । कोही राष्ट्रले अन्तरिक्षमा बसोवास गर्न सक्ने नसक्ने अनुसन्धान गरिसके भने कोही राष्ट्रले केही सिन्को समेत भाँच्न सकेका छैनन् । अत एक राष्ट्रले अर्को राष्ट्रको विज्ञान तथा प्रविधिको क्षेत्रमा सहयोग आदान प्रदान तथा अनुभव साटासाट गर्न सक्नु पर्छ । जसले गर्दा दक्षिण एसियाली राष्ट्रहरु विज्ञान तथा प्रविधिको क्षेत्रमा पनि अगाडि बढ्न सक्दछन् ।
र्सार्क क्षेत्रको लागि साझा सुरक्षा नीतिको अवधारणा निर्माण र्
वर्तमान अवस्थामा दक्षिण एसियाली राष्ट्रहरुमा सुरक्षा चुनौति बढेर गएको छ । यहाँ हरेक प्रकारका असुरक्षा ,भय ,डर ,त्रास उत्पन्न भएको छ । सो अवस्थालाई समाधान गर्न अब र्सार्क राष्ट्रले एकीकृत सुरक्षा योजनाको निर्माण गरी दक्षिण एसियाली मूलुकभरिनै लागु हुने एकै प्रकारको सुरक्षा संयन्त्र निर्माण गर्ने बाटोमा अगाडि बढ्न पर्छ । त्यसो गर्न सकिएको खण्डमा एसियाली राष्ट्रहरु सुरक्षाको हिसावले पनि मजवुत हुन्छन् । विभिन्न सुरक्षा संकटहरुवाट मूक्ति मिल्ने हुदा यसको लागि पनि आसन्न र्सार्क शिखर सम्मेलनले महत्वपूण निर्ण्र्ालिन पर्छ ।
र्सार्क विपत्ति उद्वार समितिको गठन
अहिले सम्म र्सार्क राष्ट्रमा हुने विभिन्न प्राकृतिक तथा अन्य विपत्तिहरुको एकीकृत सामना गर्नको लागि संयुक्त टिमको निर्माण हुन सकेको छैन । जस्तो र्सार्क राष्ट्र मध्येका कुनै राष्ट्रमा भूकम्प ,बाढी पहिरो लगायत अन्य विपत्ति परेको खण्डमा तत्काल त्यहाँ राहत तथा उद्वारको काम गर्न पर्ने हुन्छ । तर्सथ प्रत्येक राष्ट्रमा निश्चित संख्यामा र्सार्क विपत्ति उद्वार समितिको शाखा खोल्न पर्छ र त्यसले विपत्ति परेको बेलामा तत्काल उद्वार गर्न सक्नु पर्छ । त्यस्तो गरेको खण्डमा प्राकृतिक प्रकोपको विरुद्व साझा ढंगले लड्न सहयोग पुग्छ । यर्सथ पनि यही शिखर सम्मेलनवाट र्सार्क विपत्ति उद्वार समितिको गठनलाई पनि गम्भीरताको साथ लिन पर्छ ।
र्सार्क सम्मेलनमा नेपालको ऐजेण्डा
आगामी र्सार्क शिखर सम्मेलनमा नेपालजस्तो विकासोन्मूख राष्ट्रले राख्ने एजेण्डाले समग्र अन्य राष्ट्रको आवाज समेत बुलन्द पारेको हुन्छ । तर्सथ नेपालले आफूले भोगेका समस्याहरुलाई पनि र्सार्क शिखर सम्मेलनमा राख्न पर्दछ । आज नेपालले बेरोजगार ,भ्रष्टाचार ,गरिवी र महंगी जस्ता समस्याको सामना गरि रहेको छ । यी समस्यावाट मूक्ति पाउन पनि नेपालले सशक्त रुपमा शिखर सम्मेलनमा आवाज उठाउन पर्छ । त्यस्तै नेपाल भूपरिवेष्ठित मूलुक भएको कारण पारवाहन सुविधा पाउन उसले पहल गर्न पर्छ , त्यस्तै सीमा विवाद वारे पनि नेपालले भारतीय सरकार प्रमूखसँग स्पष्ट ढंगले कुटनीतिक पहल थाल्न पर्छ । नेपालमाथि भारतीय पक्षले गरेका ज्यादति विरुद्व भारतीय प्रधानमन्त्रीलाई यस्तो गतिविधि रोक्न आग्रह गर्नु पर्छ ।
यदि नेपाल सरकारले स्पष्ट रुपमा आफ्नो कुरा राख्न सकेन भने बाहिर चुप लाग्ने भित्र भित्र कराउनुको अर्थ छैन । शिखर सम्मेलन भनिएपनि यो सम्मेलन खासमा मोदी सम्मेलन जस्तो भएको छ । मानौँ मोदी विश्व विजेता हुन र हामी उनका अनुयायी ,र मोदीलाई अरुलाई भन्दा विशेष सम्मान गर्ने ठेक्का हामीले लिएका छौँ ,अझ भारतलाई मात्र खुसी पार्ने ठेक्का हाम्रो सरकारले लिएको छ । हैन भने किन भारतीय प्रधानमन्त्री मोदीमय बनाइन्छ नेपाललाई – के अरु राष्ट्र प्रमूखलाई चाँहि हामीले सम्मान गर्न पर्दैन – के अरु राष्ट्र प्रमूखचाँहि हामीलाई चाँहिदैँन – के मोदी चाँहि हाम्रो आफ्ना अनि अरु चाँहि पर्राई हुन् – सरकारको व्यवहार हेदा यहाँ र्सार्क राष्ट्रका सबै सरकार प्रमूखलाई एउटै सम्मान र स्थान दिएको पाइँदैन । यसवाट अरु राष्ट्र र राष्ट्र प्रमूख चिढिने निश्चित छ त्यसमा नेपाल सरकारका प्रधानमन्त्री मन्त्री भनाउदा भारत भक्त चम्चे र दलालीहरुले सोच्न पर्छ ।
के मोदी आएको बेलामा नेपालमा भएका नदीनाला जति मोदीको पोल्टामा सुम्पेर मात्र नेपालको जलविद्युतको सही रुपमा विकास हुन सक्छ – नेपालको उर्जा क्षेत्रमा के सबै राष्ट्रलाई लगानी गर्न दिने नीति नियम हामी सँग छैन – के सबै नदी नाला भारतलाई सुम्पेर कथित भारतवादीहरुले नेपालको नदीनाला मोदीको पोल्टामा सुम्पिएर राष्ट्रवादी र विकासवादी बन्न खोजेका हुन् –
नेपालमा विकास र समृद्वि भएको हेर्ने धोको सबै र्सार्क राष्ट्रहरुलाई छ । तर्सथ नेपालमा सबै विदेशी राष्ट्रलाई लगानी गर्न पाउने अधिकार छ ,तर भारत भक्त हुक्के चिलिमे र बैठकेहरु किन भारतका एकाधिकार कायम गराउदैँ छन् – तिनले आफ्नो प्रभूवाट कति पैसा पाएका छन् – यदि त्यस्तो हैन भने भटाभट किन हाम्रा नदिनाला भारतीय पक्षलाई विभिन्न उपहारको रुपमा दिदैँछन् – के काँग्रेस एमाले जस्ता भारतवादीहरुले गलप|mेण्डलाई दिने उपहार /गिफ्ट जस्तो सोचेका छन् नेपाली नदिनाला – यी जन गद्वारहरुलाई फाँसीमा लड्काउने दिन कहिले आउछ – जन जन प्रश्न गरिरहेका छन् ।
-अध्यक्ष ,नेपाल गणतान्त्रिक जनता पार्टी

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु