सन्तान – वैरागी जेठा

२०७४ बैशाख ७ गते, बिहीबार

यतिबेला
मन दुःखै दुःखको
पहाडका टाकुराहरू उक्लिरहेछ
मिठो सपनाले
बाटो अँगाल्न नजानेर
हाम्री सिर्जना
सुदूर यात्रा हिँडीन्
हाम्रा मनहरू धर्मराइरहेछन्
हामीलाई अझै
सिर्जना पढिरहेकीछिन्
भान भइरहेछ
आफ्ना सुन्दर कोठामा
उनका बारेमा
कहिल्यै चिन्ता गरेनौँ
हामी कुरा गरिरहेछौँ
एउटा बागमा
एकाएक खोसिन्छ उज्यालो
आकाश–दीप झ्याप्प निभ्दा
म झस्किएको छु
मन उत्सुक छैन
वैशाख चार
असलमा असल विद्यार्थीहरूमा
उनी एक गुलाफ
सुनेको थिएँ मैले
नागार्जुनको घना बागमा
नाचीरहेकी कोइली जस्तै
गिनीज हाउसमा
उनलाई कविता सुनाएँ थिएँ
सिर्जना जस्तै सिर्जनाहरू
उनको वियोगमा
कलम समाईरहेछु
हातका औँलाहरू ,फिटिक्कै समाउँन मान्दैन
थरर काँपीरहेछन्
उनी बलिरहीन् आगोका लप्काहरूसँगै
हिमाल जस्तो अनुहार
म देख्छु
हुनै सक्तैन ,कसरी हुन्छ
किन त्यहाँ सुताइएको हँ
हाम्री सिर्जनालाई
मन बहँदै छ सुस्त सुस्त
हाम्रो निम्ति
हाम्रो जिन्दगीलाई प्रश्न गर्दै
बलिरहेकी सिर्जनालाई
एकटक हेरिरहेछु
सन्तानको बिदाइलाई ।

प्रतिक्रियाहरु