सनामा आक्रमण, ३६ जना मारिए

२०७२ जेष्ठ १४ गते, बिहीबार

काठमाडौं, १४ जेठ । साउदी अरेबियासमर्थित गठबन्धन सेनाको लडाकू विमानले यमनको राजधानी सनामा आक्रमण गरेको छ । यस आक्रमणमा ३६ जना मारिएका छन् भने एक सय व्यक्ति घाइते भएका छन् ।यो आक्रमण गोलाबारुद रहेको गोदाममा गरिएको बताइएको छ । साउदी सीमाको नजिक उत्तरी प्रान्त हज्जाकमा पनि हवाई कार्वाही गरिएको खबर छ ।
जहाँ कम्तिमा ४० सर्वसाधारण मारिएको बताइन्छ ।हुथी विद्रोहीले सीमा क्षेत्रमा गोली हानेकै समयमा गठबन्धन सेनाले जवाफी आक्रमण गरेको तर त्यो निशानामा आफूहरु परेको एक स्थानीयले बताएका छन् । त्यहाँ विशेष सुरक्षा बलको मूख्यालय पनि निशानामा परेको छ ।विश्व स्वास्थ्य संगठनका अनुसार पछिल्लो दुई महिनामा त्यहाँ दुई हजार व्यक्ति मारिसकेका छन् भने हजारौं घाइते छन् ।७५ लाख मानिसलाई तत्काल चिकित्सा सेवा पु¥याउनु जरुरी रहेको पनि जनाइएको छ ।

प्रतिक्रियाहरु