सनकको भरमा गरेको कारबाही मान्य छैन : शर्मा

२०७१ भाद्र २४ गते, मंगलवार


काठमाडौँ । नेकपा माओवादीका केन्द्रिय सदस्य अनिल शर्मा ‘बिरही’ले महासचिव रामबहादुर थापा बादलले सनकको भरमा विज्ञप्ती निकालेर आँफुलाई कारबाही गरेको बताएका छन् । केन्द्रिय समितिको निर्णय बिना निकालिएको विज्ञप्तीमा हस्ताक्षर समेत नभएको भन्दै उनले महासचिवको विज्ञप्ती किर्ते जस्तो देखिएको बताए । आज सिनर्जी एफएमको कार्यक्रम संबादमा कुराकानी गर्दै केन्द्रिय सदस्य बिरहीले अबैध रुपमा निकालिएको विज्ञप्तीलाई नमान्ने बताए । यस्ता बिषयले पार्टी भित्र द्धन्द्ध थप बढाउने उनको जिकिर थियो ।
केहि दिन अघि केन्द्रिय सदस्य अनिल शर्मा बिरही र एकीकृत नेकपा माओवादी चितवनको समानान्तर समितिका ईन्चार्ज रमेश रेग्मी अमरले संयूक्त विज्ञप्ती जारी गर्दै जनयुद्धको प्रकृयाबाट आएका केहि भ्रष्ट, अनैतिक नेताहरुले चितवन स्थित पार्टी कार्यालय तथा त्यहाँ रहेको सहिद स्मारक बेच्ने र निजी स्वार्थ पूतीृ गर्ने अनैतिक र भ्रष्ट हर्कतको षड्यन्त्र गरिरहेको भन्दै बिरोध गरेका थिए । हिजो मात्रै महासचिव बादलले विज्ञप्ती जारी गरेर केन्द्रिय सदस्य अनिल शर्मा बिरहीले पार्टी नीति बिपरित अभिव्यक्ति दिंदै हिंडेको भन्दै जिम्मेवारीबाट निलम्बन गरेका थिए । तर हिजै पार्टी सचिव नेत्र विक्रम चन्द विप्लवले अर्को विज्ञप्ती जारी गरेर बिरहीलाई कारबाही गर्ने निर्ण केन्द्रिय समितिले नगरेको स्पष्ट पारेका थिए । केन्द्रिय सदस्य बिरहीले पार्टी कार्यालयलाई बिक्रि नगरी अन्य प्रयोजनमा लगाउन सकिने विकल्प दिंदा पनि नेकपा–माओवादीकै नेतृत्वले नमानेको उनले बताए । बिज्ञप्तीले एकीकृत नेकपा माओवादीको नेतृत्वतर्फ कंकेत गरेपनि नेकपा–माओवादीका महासचिव समेत तर्सिएको भन्दै उनले दुवै पक्ष मिलेर बेचेर खान लागेको पुष्टी भएको दाबी गरे । ‘उहाँहरु विकल्प मान्ने तिर भन्दा पनि त्यो बेचेर खाने तिर हुनुहुन्छ’, बिरहीले भने, ‘अहिले बादल कमरेडको बक्तव्य आउँदा त्यस्तो देखियो, मैले बक्तव्य जारी गर्ने बेला सम्म त्यस्तो लागेको थिएन र हामीले प्रचण्ड तिरै सोज्याएका थियौं तर घटनाक्रमले चोरलाई चोरको खुट्टा काट भन्दा आँफैले हत्त न पत्त खुट्टा तानेको जस्तो देखियो ।’
उनले पार्टी कार्यालय बिक्रि गरेर केहि नेताहरुले स्वार्थ पूर्ती गर्न खोजेको भन्दै यसको भण्डाफोर गर्ने बताए ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

उपनिर्वाचन : मौन अवधि सुरु

२०८१ बैशाख १३ गते, बिहीबार