सदर चिडियाखाना प्रविधिमैत्री बन्ने

२०७५ श्रावण ६ गते, आईतवार

काठमाडौं, ६ साउन । ललितपुरस्थित जावलाखेलस्थित सदर चिडियाखानालाई प्रविधिमैत्री बन्ने भएको छ । चिडियाखानालाई मोबाइल एप्स, सूचना कक्ष र डिस्प्लेमार्फत आगन्तुकलाई सूचना दिने तयारी भइरहेको व्यवस्थापक चिरञ्जीवी खरेलले बताए । आगन्तुकले चिडियाखाना छिर्नासाथ मोबाइल एप्समार्फत चिडियाखानासम्बन्धी जानकारी पाउन सक्छन् । प्रवेशद्वार नजीकै सूचना कक्ष हुने छ ।
उनले भने , “कक्षमा छिर्नासाथ आगन्तुकले आफूलाई चाहिने आवश्यक सबै जानकारी पाउन सक्छन् ।” दर्शकले भित्र छिर्नासाथ कम्प्युटरमा दबाएर सबै सूचना पाउन सकिने उनले बताए । मोबाइल एप्स र डिस्प्लेमार्फत आगन्तुकले त्यहाँका पक्षी र जनावरका बारेमा जानकारी पाउन सक्नछन् । उनले भने , “कुन बाटोबाट कुन जनावरको खोर छ भन्ने जानकारीदेखि ती जनावरका बारेमा जानकारी आगन्तुकले पाउन सक्छन् ।” सूचना कक्षमा केही समय बिताउँदा अध्ययन/अनुसन्धान गर्ने व्यक्तिले पनि महत्वपूर्ण जानकारी पाउन सक्नेछन् । जनावरमा अहिले १२४ प्रजातिका ८३७ जनावर छन् । त्यहाँ भौतिक सुधारका कामसमेत अघि बढिरहेको छ ।

प्रतिक्रियाहरु