सत्यार्थी वाग्मती सफाइ महाअभियानमा

२०७१ पुष ५ गते, शनिबार

काठमाडौं ।नोबेल शान्ति पुरस्कार विजेता भारतका प्रसिद्ध बालअधिकारकर्मी कैलाश सत्यार्थी आज वाग्मती सफाइ महाअभियानमा सहभागी हुनुभएको छ ।महाअभियानको ८४ शृङ्खलाअन्तर्गत टेकु पुल अगाडिदेखि सानेपा पुलसम्मको क्षेत्रमा भएको सरसफाइ कार्यक्रममा सहभागी सत्यार्थीले वाग्मती आमाको बाहिरी मात्र होइन भित्रमनैदेखि सफाइ गर्न आग्रह गर्नुभयो । उहाँले भन्नुभयो “तपाईँहरुले वाग्मतीको सेवा होइन, आफ्नै सेवा गर्नुभएको छ, पहिला फोहर फालेर पाप गर्नुभयो, अहिले सफा गरेर पुण्य कमाउँदै हुनुहुन्छ, म पनि बाहिरको पाहुना नभई यहाँकै हुँ ।”
मुख्यसचिव लीलामणि पौडेलले “म मेरो बासस्थान र कार्यालय वरिपरि र नदीनाला सफा राख्छु, वाग्मती नदीलाई सफा र स्वच्छ बनाउन निरन्तर लाग्नेछु” भनी सुरु गरेको सफाइ कार्यक्रममा सत्यार्थीले हातले फोहर उठाएर सहभागीलाई उत्साह प्रदान गर्नुभएको थियो ।
सफाइ अभियानमा काठमाडौँ महानगरपालिका, ललितपुर उपमहानगरपालिका, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीय क्लब, महिला समूह, विभिन्न सामाजिक सङ्घसंस्था, विद्यालयका विद्यार्थी एवम् सर्वसाधारणको उल्लेख्य सङ्ख्यामा सहभागिता थियो ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

पेस्तोलसहित एकजना पक्राउ

२०८० चैत्र १६ गते, शुक्रबार

मुग्लिनमा सडक दुर्घटना : आठ जना घाइते

२०८० चैत्र १५ गते, बिहीबार

१५ किलो चरेस बरामद

२०८० चैत्र १४ गते, बुधबार