सत्यमोहन जोशीको तस्वीर अंकित सिक्का निस्कासन

२०७६ भाद्र २५ गते, बुधबार

काठमाडौं, २५ भदौ । नेपाल राष्ट्र बैंक, टक्सार विभागले वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको तस्वीर अंकित चाँदीको सिक्का निस्कासन गरेको छ । जोशी सय वर्ष पुगेको अवसरमा जोशीको चित्र अंकित तीनवटा सिक्का निष्कासन गरेको हो। दुई हजार पाँच सय, एक हजार र एक सय रुपियाँ दरको सिक्कामा एकातिर जोशीको तस्वीर अंकित छ भने अर्कोतिर सगरमाथाको तस्वीर रहेको छ ।
विसं १९७७ वैशाख ३० गते कृष्ण नवमीका दिन ललितपुरको बखुम्बहालमा पिता शंकरदास र माता राजकुमारीका ज्येष्ठ सुपुत्रका रूपमा उनको जन्म भएको हो। राजा, राजपरिवारका सदस्यबाहेक जीवित हुँदा नै आफ्नो चित्र अंकित सिक्का निष्कासन गर्न पाउने वाङ्मय शताब्दी पुरुष जोशी पहिलो व्यक्ति हुन।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु