सत्ता टिकाउन प्रचण्डले गाइदिए गीत – हस्त केसी

२०७३ फाल्गुन ८ गते, आईतवार

प्रचण्डलाई सत्ता टिकाउन हम्मे हम्मे परेको छ । उता मधेशवादी दलहरूले सरकारलाई दिएको समर्थन फिर्ता लिन्छौं भन्छन् , एता राप्रपाले फिर्ता लिन्छु भन्छ ,अर्कोतिर केपी अोलीहरु सत्ता पाइन्छ कि भनेर ” बिरालोले मुसा ढुके ” झै ढुकेर बसिरहेका छन् ।
अाजकल प्रचण्डले एता फर्कदा पनि सत्ताको संकट, उता फर्कदा पनि सत्ताकै संकट, दायाँ फर्कदा पनि सत्ताकै संकट ,बायाँ फर्कदा पनि सत्ताकै संकट ,चारैतिर प्रचण्डले सत्ताको संकटै संकट देख्ने ठाउँमा पुगेका छन् ।
सत्ता संकटको भूतले तर्साइरहेको बेला प्रचण्ड ,राप्रपा को महाधिवेशनमा भृकुटीमण्डपमा पुगेछन् र कमल थापा , पशुपतिशमशेर राणा ,प्रकाशचन्द्र लोहनी हरुलाई खुसी पारेपछि सत्ता टिक्थ्य‍ो कि भन्ने लागे छर उनी गीतकार र कलाकार नभए पनि एउटा मिठो गीत गाइदिई हाले : –
” यतै अाइजाऊँ अाइजाऊँ लाग्यो
यतै बसौ बसौ लाग्यो
यतै मिलौ मिलौ लाग्यो ”
प्रचण्डले यो गीत गाइरहँदा राप्रपा का नेताहरु कमल थापा , पशुपतिशमशेर राणा ,प्रकाशचन्द्र ल‍ोहनीहरु मुस्कुराँदै टाउको हल्लइरहेका थिए भने अर्का नेता लोकेन्द्रबहादुर चन्द त नाँच्नै तम्से जस्तो देखिन्थे ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु