सत्तासिन पार्टी त्याग्दै नेकपामा प्रवेश

२०७५ भाद्र २४ गते, आईतवार

काठमाडौं , २४ भदौ । पूर्व माके र एमालेका २३ जना कार्यकर्ताहरु नेपाल कम्युनिस्ट पार्टीमा प्रवेश गरेका छन् । संसदीय पुँजीवादी व्यवस्थाबाट जनताको हित हुन सक्दैन भन्दै उनीहरु नेकपामा प्रवेश गरेका हुन् । नेकपाले सुर्खेतमा भदौ १ गते देखि सुरु गरेको ‘संगठन सुदृढीकरण तथा विस्तार अभियान’ मा उनीहरु प्रवेश गरेका हुन् । उक्त कार्यक्रममा १ नं कमान्डका टिम कमाण्डर महेश, टिमको इन्चार्ज यामराज र नरेश लगायतले नवप्रवेशीहरुलाई पार्टी प्रवेश गराएका थिए । उक्त कार्यक्रममा बोल्दै वक्ताहरुले दलाल सरकारले गर्ने भ्रष्टाचार, अनियमितता कर, असुली, कालाबजारी, बलात्कारी, शोषन दमनको अन्त्य गरी वैज्ञानिक समाजवादी व्यवस्था प्राप्तिका लागि जनतालाई नेकपामा गोलबन्द हुन आह्वान गरेका छन् ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु