सत्ताधारी नेकपा स्थायी कमिटी बैठक साउन २ गते सम्मका लागि स्थगित

२०७७ असार २६ गते, शुक्रबार


काठमाडौं , २६ असार । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक पार्टीभित्रको आन्तरिक विवादका कारणपाँचौ पटक स्थगित भएको छ । अर्को बैठक साउन २ गते बस्ने बताइएको छ । असारको १८ गतेदेखि नेकपाको स्थायी कमिटीको बैठक बस्न सकेको छैन । नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले मुलुकमा अविरल वर्षाका कारण आएको बाढी पहिरोको विपत्तिमा ध्यान दिन भन्दै बैठक स्थगित गरिएको जानकारी दिए ।
देशभर भइरहेको वर्षा र सिन्धुपाञ्चोक लगायत केही जिल्लामा जनधनको ठूलो क्षति भएको भन्दै नेकपाले उद्धार र राहतमा जुटन पार्टी कार्यकर्ताहरुलाई निर्देशन समेत दिएको छ । नेकपामा अध्यक्ष पुष्पकमल दाहाल –नेपाल पक्षले ओलीले प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदबाट राजीनामा दिनुपर्ने माग गरेपछि विवाद बढेको छ ।
ओलीले दुबै पद नछाड्ने अडान राखेपछि अध्यक्षद्वय विच भएका पटक–पटकका बार्ता समेत निस्कर्षमा पुग्न सकेका छैनन् । पार्टी विभाजनको संघारमा पुगेपछि दोस्रो तहका नेताहरु सहमति जुटाउन सक्रिय देखिएका छन् । स्थायी कमिटिबाट संकट समाधान हुन सक्ने भन्दै केही नेताले केन्द्रीय समिति बैठकको पनि माग गरेका छन् ।

प्रतिक्रियाहरु