सत्ताधारीका कारण नेपाल बन्द : प्रकाण्ड

२०७२ श्रावण ७ गते, बिहीबार

काठमाडौँ, ७ साउन । नेकपा माओवादीका प्रवक्ता प्रकाण्डले चार दलका नेताहरुले विदेशी दलालको भूमिका खेल्दा देश खतरामा परेको बताएका छन् । रफत सञ्चार क्लवले आयोजना गरेको साक्षतकार कार्यक्रममा बोल्दै “हरेक परिवर्तनपश्चात जनताले अधिकार पाउन लाग्दा सत्तासिन दलहरुले दलालको भूमिका खेलेर देशलाई प्रतिगमन तर्फ धकेल्ने काम गर्दै आएका छन्” प्रबक्ता प्रकाण्डले भने ।
राष्ट्रिय स्वतन्त्रताको लागि लिपुलेकलाई प्रमुख एजेन्डा बनाउँदै र कामदार वर्गका लागि नभएर नयाँ सामन्तहरुकालागि बन्दै गरेको संविधानकाविरुद शुक्रबार नेपाल बन्दको अयोजना गरेका उनले बताए ।
उनले मस्यौदामाथि सुझाव संकलनको काम नौङ्की भएको बताउदै खाली कागजको खोस्टा जारी गर्ने नियतले संविधान तयार भइरहेको बताए ।
काँग्रेस–एमाले र एमाओवादीका केही नेताका कारण देशले अग्रगनभन्दा पश्चगामी बाटो समातेको दाबी प्रकाण्डले गरे । राष्ट्रिय स्वाधिनता, जनविरोधी संविधान निर्माण र भ्रष्टाचार विरुद्ध नेपाल बन्द आयोजना गरेको भन्दै सबैपक्षलाई बन्द सफल पार्न आग्रह समेत उनले गरे ।

प्रतिक्रियाहरु