सडकमै रोपाइँ !

२०७७ असार २५ गते, बिहीबार

काठमाडौं , २५ असार । रुपन्देहीको तिलोत्तमा नगरपालिका १३ र १४ का स्थानिय बासिन्दाहरुले पत्थरडाँडा तिनाउ सडक खण्ड अन्र्तगत तीनधुरेमा रोपाइँ गरेका छन् । रोपाइँको समयमा गाईने मौलिक गित (वाली) गाएर गरिएको रोपाइँलाई सडकमा यात्रा गर्ने यात्रीहरुले निकै कौतुहल्ताका साथ हेरेका थिए । बिहान ८ बजेबाट सुरु भएको रोपाइँ सडकको तीन स्थानमा भएको थियो ।क्रेसर र सिमेण्ट उद्योगमा चल्ने टिप्परहरुका कारण धुँवा–धुलो र ध्वनी प्रदुषणमा बाह्रै महिना बाच्न बाध्य भएका स्थानियहरुले बर्षायामको हिलोको कारण आवजावतमा समस्या परेपछि सडकमा रोपाइँ गरेर स्थानिय सरकारलाई सडक मर्मतका लागि दबाव दिएको स्थानिय अभिषेक न्यौपानेले बताए । न्यौपानेले पटक पटक आग्रह गर्दा पनि जनप्रतिनिधीहरुबाट गुनासो सुनुवाई तथा समस्या समाधानको लागि कुनै कदम नचालिएपछि रोपाइँ गर्न बाध्य भएको बताए ।
सडकबाट नगरपालिकाले बर्षेनी सडक करको नाममा लाखौं रुपैयाँ संकलन गरेपनि सडक मर्मतमा खासै चासो नदिंदा सरकार प्रति स्थानियहरु आक्रोसित बनेका छन् । अन्य वार्डहरुबाट भन्दा तिलोत्तमा–१३ र १४ बाट नगरपालिकाको नदिजन्य पदार्थ उत्खनन्बाट बार्षिक करोडौं आन्तरिक आम्दानी हुने गरेता पनि भोट बैंक विकासे नीतिले समस्यामा पार्ने गरेको अर्का स्थानिय निम बहादुर क्षेत्रीले जानकारी गराए । क्षेत्रीले यस क्षेत्रबाट नदिजन्य पदार्थ उत्खनन् गरे वापत केही प्रतिशत स्थानिय क्षेत्रको विकासको लागि लगाउने भन्ने नीति भएको सुनेको छु । उक्त नीति कता कसलाई लागेको छ थाहा छैन । शब्दकै विकास हो, या व्यावहारिकतामा पनि आएको छ भन्ने कुरा थाहा नभएको बताए । दिन रात उक्त सडकखण्डबाट कयौं सञ्चारकर्मीहरु हिड्ने गरेता पनि कसैले सडकको विषयमा कुरा नउठाएकोमा दुःख व्यक्त गर्दै क्षेत्रीले सञ्चार क्षेत्रले आँखा चिम्लिएको बताए ।
तिलोत्तमाका भित्री सडकहरुमा सबैभन्दा बढी व्यस्त सडकको रुपमा चिनिने उक्त सडक तीनधुरे चोक देखि तिनाउ खोला सम्म समस्याग्रस्त छ । प्रदेश नं. ५ का पूर्व प्रदेश सभा सदस्य तथा नेपाली काँग्रेस संसदीय दलका नेता स्वर्गीय बलदेब शर्मा पोखरेल, प्रदेश सभा सदस्य रमा अर्याल, तिलोत्तमा १३ का वडा अध्यक्ष गणेश न्यौपानेको घर पनि सोही सडकखण्ड अन्र्तगत पर्दछ । वडा अध्यक्ष न्यौपानेको घर सम्मको सडक ठिक भएको र सडकका कारण १४ का वडा अध्यक्ष सोहन थारुलाई समेत समस्या नपर्ने हुँदा सडक मर्मतमा उदासिनता देखाएको स्थानियको आरोप छ । सडकमा पटक पटक दुर्घटना हुने गरेको स्मरण गर्दै स्थानियले सडककै कारण सोही क्षेत्रमा बस्ने नापी कार्यालय बुटवलका सर्भेक्षक हेमन्त पौडेल गम्भिर घाईते भएर उचारको लागि काठमाडौं लगेको सुनाए । यस विषयमा सम्पर्क गर्न खोज्दा वडा अध्यक्ष सँग सम्पर्क हुन सकेन ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

मुग्लिनमा सडक दुर्घटना : आठ जना घाइते

२०८० चैत्र १५ गते, बिहीबार

१५ किलो चरेस बरामद

२०८० चैत्र १४ गते, बुधबार