सडकमा सुरक्षाकर्मीको बाक्लो उपस्थिति, घर बाहिर ननिस्कन आग्रह

२०७६ चैत्र १२ गते, बुधबार

काठमाडौं , १२ चैत । आज ‘लकडाउन’को दोस्रो दिन, बिहानैदेखि काठमाडौंलगायत देशभरका सडकमा सुरक्षाकर्मीको बाक्ले उपस्थिति रहेको छ । ।सर्वसाधारणलाई अत्यावश्यक कामबाहेक घर बाहिर ननिस्कन आग्रह गर्दै सुरुक्षाकर्मीले चेकजाँचमा कडाइ गरेका छन् । लकडाउनका कारण अधिकांश शहरी क्षेत्रमा मानिसहरु घरमै बसेकाले शहर बजार पनि सुनसान बनेका छन् । सडकहरुमा एकदमै कम संख्यामा सवारी साधन चलेका छन् । तर कतिपयले भने लकडाउनलाई गम्भीर रुपमा नलिएको पाइएको छ । जसका कारण सुरक्षाकर्मीहरुले लकडाउन उल्लंघन गर्नेहरुलाई नियन्त्रणमा समेत लिनु परेको छ । सरकारी निर्देशनको अवज्ञा गरेर सवारी साधन चलाउनेहरुलाई प्रहरीले कारावाही गरेको छ ।
त्यसैगरी अनावश्यक रुपमा घर बाहिर निस्कने र भीडभाड गर्नेहरुलाई पनि प्रहरीले तितरबितर पारेर घर फर्काएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

तराईमा ‘लू’ को सम्भावना !

२०८१ बैशाख ११ गते, मंगलवार