सडकमा पैसा फालेर भागेपछि …

२०७७ बैशाख २२ गते, सोमबार

काठमाडौं , २२ बैशाख । पूर्वी चितवनको रत्ननगर नगरपालिका वडा नम्बर २ टाँडी चोक नजिक हाइस्कुल रोडमा एक व्यक्तिले रकम सडकमा फालेर मोटरसाइकलमा भागेको स्थानीयले बताएका छन् । सडकमा पाँच, दश, बीस, पाँच सय रुपैयाँको नोट फालिएको छ ।
प्रहरीले पाँच सयको एउटा, पचासको तीनवटा, बीसको एउटा र दश रुपैयाँको एउटा नोट फेला पारेको छ । अज्ञात व्यक्तिले पैसा फालेर भागेपछि स्थानीय त्रसित भएका छन् । उनीहरुले कोरोना संक्रमण बढिरहेको बेला अज्ञात व्यक्तिले पैसा फालेर भागेपछि कोरोना संक्रमण फैलाउन यस्तो गरेको हुनसक्ने आशंका गरेका छन् ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु