सडकको ठेक्कामा एडीबीको दबाब

२०७४ मंसिर २९ गते, शुक्रबार

काठमाडौं, २९ मंसिर । बहुपक्षीय दातृ निकायको ऋणमा बन्ने आयोजना कति महँगा पर्छन् भन्ने पछिल्लो उदाहरण एसियाली विकास बैंक (एडीबी) को सहयोगमा निर्माण हुन लागेको नारायणघाट–बर्दघाट र बर्दघाट–बुटवल सडक चौडा पार्ने ठेक्का प्रकरणले उजागर गरेको छ । एडीबीले सबैभन्दा कम रकम कबोल गर्ने चिनियाँ कम्पनीलाई प्रतिश्पर्धाबाट हटाएर उसको भन्दा दुई अर्ब २१ करोड रुपैयाँ बढी कबोल गर्ने भारतीय कम्पनीलाई ठेक्का दिलाउन लागेको छ ।
सडक विभागले ठेक्काका लागि सिफारिस गर्नुअघि चिनियाँ कम्पनी चाइना ओभरसिज इन्जिनियरिङ्ग ग्रुप कम्पनी लिमिटेड (कोभेक) लाई प्राविधिक प्रस्तावमा उत्तीर्ण गराई वित्तीय प्रस्ताव माग गरेको थियो । उसले दुवै सडक फराकिलो पार्ने उक्त ठेक्काका लागि संउुक्त रुपमा १३ अर्ब १४ करोड रुपैयाँ कबोल गरेको थियो । ‘आर्थिक र प्राविधिक रुपमा सफल देखिएपछि हामीले त्यहीअनुसारको सिफारिस गरी दुई–दुई पटक मनिला पठाएका थियौं,’ सडक विभागका महानिर्देशक गोपालप्रसाद सिग्देलले भने, ‘एडीबीको ऋण सहयोग भएकाले उसका सर्तअनुसार ठेक्काको मुल्यांकन भइरहेको छ ।’ – अन्नपूर्ण पोस्ट दैनिकबाट

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु