सजिवन स्वास्थ्यका लागि अत्यन्त लाभदायक

२०७६ बैशाख २५ गते, बुधबार

काठमाडौँ । सजिवन स्वास्थ्यका लागि अत्यन्त लाभदायक सब्जी हो । सजिवनले शिरदेखि पाउसम्म औषधीय गुण बोकेको हुन्छ भन्ने गरिन्छ । नेपालमा सहजै पाइने भए पनि सजिवनको औषधीय गुणका बारेमा भने कमैलाई मात्र थाहा छ । छिप्पिएको सजिवनको कोसामा छेक्रा हुने हुँदा धेरैले मन पराउँदैनन् तर कलिलोमा भने निकै मुलायम हुन्छ । भारतबाट सुरु भएको सजिवनको खेती विस्तारै एसिया हुँदै रसिया पुग्यो र संसारभर छायो । यो सब्जीको औषधीय गुण यति धेरै छन्् कि, सायदै अन्य कुनै सब्जीमा पाइएला । सजिवन दक्षिण भारतमा व्यापक प्रयोग गरिन्छ भने नेपालमा पनि यसको खेती गर्न थालिएको छ । सजिवनको पात पनि औषधीय गुण बोकेको वनस्पतीमा पर्छ, जसलाई सितलचिनी भनेर चिनिन्छ । वनस्पती वैज्ञानिकहरुका अनुसार सजिवनका सम्पूर्ण अंगमा औषधीय गुण हुन्छ । भारतमा यसलाई सहजन भनेर चिनिन्छ भने अंग्रेजीमा ड्रमस्टिक भनिन्छ । हुन पनि यो सब्जी ड्रम बजाउने स्टिक जस्तै हुन्छ । सजिवनको पात अर्थात् सितलचिनीलाई अंग्रेजीमा मरिङ्गा भनेर चिनिन्छ । नेपालमा औषधीय गुण नबुझेर होला, सजिवनको प्रयोग ज्यादै न्यून देखिन्छ । सजिवनको गेडाबाट तेल निकालिन्छ, जुन अमूल्य औषधि मानिन्छ । आयुर्वेदमा सजिवनको प्रयोगले ३ सयभन्दा बढी रोगको निदान हुन्छ भनिएको छ । सजिवनको पूmल, फल, डाँठ, कोसा र पात यति पोषक मानिन्छ कि, विश्व स्वास्थ्य संगठनको मार्गदर्शनले दक्षिण अफ्रिकाको कयौं देशमा कुपोषण पीडितहरुलाई आहारको रुपमा सौजुन प्रयोग गर्न सल्लाह दिएको छ ।
सजिवनलाई हुर्काउन सजिलो छ, किनभने यो हाँगा काटेर पनि रोप्न सकिन्छ र दानाबाट पनि बेर्ना निकाल्न सकिन्छ । तर ख्याल गर्नुपर्ने कुरा के छ भने, यसको बिरुवा हुर्काउँदा प्रशस्त मात्रामा पानी हाल्नुपर्ने हुन्छ । बिरुवा ८ देखि ९ फिट नहुँदासम्म नियमित पानीले भिजाएर राख्नु जरुरी छ । एउटा परिपक्क रुख हुँदा सौजुन ३० देखि ४० फिट अग्लो हुन्छ । यसको पात भने मसिनो खालको हुन्छ । केही छिप्पिँदै गएपछि सजिवन फुल्छ र पूmल पनि धेरै औषधीय गुण बोकेको हुनाले संकलन गरेर सुकाइन्छ र बेचिन्छ । सजिवनले रोपेको ४ देखि ६ महिनामा फल दिन थाल्छ र निरन्तर १० वर्षसम्म दिइरहन्छ । हरेक रुखले २ सय ५० देखि ३ सय ५० सम्म सौजुन स्टिक दिन्छ र यो रुखले निरन्तर दुई बाली दिनसक्छ । २५ देखि ३० सेन्टिग्रेट तामक्रम सौजुनका लागि उपयुक्त मानिन्छ । सजिवन एक त्यस्तो खेती हो, जुन थोरै लगानीमा धेरै आम्दानी दिने बहुआयामिक वनस्पति हो । सजिवन जीवन जोगाउने रुख भनेर पनि चिनिन्छ । यो वनस्पति तराई तथा मध्यपहाडमा सजिलै खेती गर्न सकिन्छ । सिजनमा ८० रुपैयाँ किलो र अफसिजनमा ३ सय देखि ४ सय रुपैयाँसम्म काठमाडौँमा सजिवन बिक्री गरिन्छ ।
सौजुनबाट भारतमा १ सय २५ भन्दा धेरैथरीका परिकार तयार गरिन्छ । दक्षिण भारतमा यो सब्जी अति नै महत्वका साथ दैनिक भोजनमा समावेश गरिएको पाइन्छ । यसका परिकार फुटपाथदेखि पाँचतारे होटलसम्ममा भिन्नभिन्न रुपमा पस्किने गरिन्छ । नेपालमा भने कलिलो सजिवनको कोसालाई आलुमा मिसाएर तरकारी बनाउने चलन छ । भारतमा सजिवनको ग्रेभी, सुप, सलाद, सम्बार, सजिवन मसला, अचार र दालमा मिसाएर खाने चलन छ । सजिवनको मुन्टा तथा पातको करी पनि निकै प्रख्यात छ । पातलाई सुकाएर हर्बल टीको रुपमा पनि प्रयोग गरिन्छ । त्यस्तै सितलचिनीलाई विभिन्न आयुर्वेदिक औषधि बनाउन व्यापक प्रयोग गरेको पाइन्छ । वास्तवमा सजिवनलाई सब्जीको राजा नै मानिन्छ । सौजुनको पातको जुस बनाएर पनि खान सकिन्छ, जुन स्वास्थ्यका लागि अति उपयोगी मानिन्छ ।
सजिवनको गुणहरु ः
१. सजिवन या सजिवनको पात सितलचिनी सेवन गर्नाले शरीरमा रहेको विकारयुक्त रगत शुद्धीकरण हुन्छ ।
२. हड्डी मजबुत बनाउन भूमिका खेल्छ ।
३. कोलेस्टेरोल लेबललाई नियन्त्रणमा राख्न मद्दत गर्छ ।
४. उच्च रक्तचाप नियन्त्रण गर्न विशेष भूमिका हुन्छ ।
५. रुघा–खोकी जस्ता संक्रमण हुनबाट जोगाउँछ ।
६. गर्भावस्थामा आउने विभिन्न समस्यालाई नियन्त्रण गर्न मद्दत गर्छ ।
७. छालासम्बन्धी संक्रमणबाट जोगाउँछ ।
८. सजिवन पोषणयुक्त सब्जी भएको हुनाले कुपोषण हुनबाट जोगाउँछ ।
९. सजिवनको पातलाई सितलचिनी अर्थात् मोरिङ्गा भनेर चिनिन्छ, जुन आयुर्वेदिक क्षेत्रमा ३ सयभन्दा बढी रोग निदान गर्छ भनिएको छ ।
१०. सजिवनले खाना पचाउन पनि ठूलो भूमिका खेलेको हुन्छ ।
११. सजिवनको कोसा, पात, डाँठ, पूmल, मुन्टा, जरा प्रयोगमा आउने हुँदा व्यावसायिक हिसाबले पनि उच्चकोटीको वनस्पति मानिन्छ, जसले मनग्य आम्दानी दिन्छ ।
१२. सजिवनको जारा कुटेर रस नियमित खानाले किड्नीमा रहेको पथ्थरी हटाउन मद्दत गर्छ ।
१३. सजिवनको पात नियमित सेवन गर्नाले मस्तिष्कसम्बन्धी समस्या समाधान गर्छ ।
१४. कलेजो खराब हुनबाट जोगाउँछ ।
१५. चोट–पटकलाई छिटोभन्दा छिटो निको बनाउन मद्दत गर्छ ।
१६. छालाका लागि सजिवनको पत्ता उपयोगी मानिन्छ ।
१७. सजिवनको तेल कपालका लागि उत्तम मानिन्छ ।
१८. मुटुसम्बन्धी विभिन्न रोग लाग्नबाट बचाउँछ ।
१९. शरीरमा आउने निराशपन हटाएर स्फुर्ती थप्ने काम गर्छ ।
२०. पेटसम्बन्धी विभिन्न रोगहरु निदान गर्नुका साथै पेट सफा गर्न मद्दत पु¥याउँछ ।
सजीवन(ड्रमस्टिवक) को प्रयोग धेरै किसिमको बिमारीको उपचार गरिने गरिन्छ । रुघा, खोकी, घाँटी चिलाउने र छातीमा कफ जम्दा पनि सजीवनको प्रयोग गर्दा फाइदा हुन्छ । तपाईंले चाहनु भयो भने तरकारी बनाएर वा उमालेर गर्न सक्नु हुनेछ । अथवा यसलाई पानीमा उमालेर त्यो पानीलाई पिउनु पनि धेरै फाइदा गर्दछ । यदि तपाईंलाई स्वास फेर्न गाह्रो हुन्छ भने पनि सजीवनको प्रयोग तपाईंहरुको लागि फाइदा गर्छ । सजीवनको सुप पिउदा सबै भन्दा धेरै फाइदा गर्दछ । यसमा भरपुर मात्रामा भिटामिन ‘सी’ पाइन्छ । भिटामिन ‘सी’ को बदलामा यसमा बीटाकैरोटीन, प्रोटीन हुन्छ । यो म्याग्निज, म्याग्नेशियम, पोटाशियम र फईबर प्रसस्त मात्रामा पाईन्छ । यो सबै तत्व शरीरको पूर्ण विकाशका लागि धेरै जरुरी छ ।

प्रतिक्रियाहरु