संसारकै सबैभन्दा होचि मोडेल !

२०७४ मंसिर ९ गते, शनिबार

काठमाडौं, ९ मंसिर । संसारकै सबैभन्दा होचि मोडेलमा चिनिएकी ड्रु प्रेस्टा अहिले सामाजिक सन्जालमा चर्चित बनेकी छन् । नेवादस्थित रीनो सहरमा बस्ने २१ वर्षीया ड्रु प्रेस्टाको उचाई ३ फुट ४ इन्च छ । जन्मिदै ‘एकोन्ड्रोप्लासिए’ रोग लागेका कारण उनको शरिरको उचाई बढेन ।
‘मोडलिङ’ क्षेत्रमा एक सफल ‘मोडल’ बन्न निकै मेहनत गर्नुपर्दछ । तर, उनले आफ्ना सबै समस्यालाई बिर्सिएर ‘मोडलिङ’ गर्ने सोच बनाएर ‘फोटोसुट’ गरिन् । जब उनको फोटो सामाजिक सन्जालमा पोष्ट भए तब एकाएक उनी अन्तर्राष्ट्रिय सन्चारमाध्यममा छाइन् ।
‘मेट्रो अनलाइन’ले लेखेको छ, ‘ड्रु प्रेस्टा एक प्रतिभावान मोडल हुन्, उनी अहिले ‘सिसलिंग मोडल’ बन्न सफल भएकी छन् । उनको मोडल बन्ने सपना सामाजिक सन्जालले पुरा गरिदिएको छ ।’प्रेस्टाले आफ्नो इन्स्ट्राग्राममा पोष्ट गरेको फोटोसुटले उनलाई मोडल बन्न सहयोग गर्यो । संसारको सानो कुनाबाट सुरु गरेको मोडलिङको भविष्य अहिले ‘अमेरिकन फेशन शो’सम्म आइपुगेको छ । उनले अमेरिकामा हुने ‘फेशन शो’मा सहचागी हुन प्रस्ताव आइसकेको बताएकी छन् ।
उनले फोटोसुटपछि भनेकी छन्, ‘म मेरो फोटोहरु मार्फत जुनसुकै आकारमा पनि मानिसहरु शुन्दर र ग्ल्यामर देखिन्छन् भन्ने देखाउन चाहान्छु ।’ उनले क्यामराको अगाडी आफू ग्ल्यामर देखिने र मोडलिङ पेशालाई एकदम माया गर्ने बताइन् ।
जुनसुकै काम गरेपनि स्वतन्त्र र आतविश्वासका साथ मेहनत गरे सफल हुने उनको तर्क छ । अहिले उनी संसारकै सबैभन्दा होचि मोडलको रुपमा विश्वमाझ चिनिएकी छन् । -एजेन्सी

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु