संसारकै सबैभन्दा बढी तलब खाने महिला

२०७१ आश्विन ११ गते, शनिबार


काठमाडौँ । संसारमा सबैभन्दा बढी तलव खाने महिलाका बारेमा तपार्इंलाई थाहा छ – इजरायलमा जन्मेकी अमेरिकी बिजनेश एक्जीक्युटिभ सैफरा कैट्स संसारको सबैभन्दा बढी तलव लिने महिला बनेकी छन् । उनलाई ओरेकल कर्पोरेशनको संयुक्त र्सीइओ बनाइएको छ । गत वर्षउनले ४४.३ मिलियन डलर तलब पाएकी थिइन् । ओरेकल कम्पनीका संस्थापक तथा र्सीइओ लैरी एलिसनले कार्यकारी अध्यक्षको पद अस्वीकार गरेका थिए । यसपछि कम्पनीको प्रमुख आर्थिक अधिकृत कैट्सलाई पदोन्नति गर्दै र्सीइओको पद दिइएको हो । कैट्ससँगै मार्कहर्डलाई पनि यही पदमा नियुक्त गरिएको छ । अर्थात कैट्स र हर्डमिलेर कम्पनीको बागडोर सम्हाल्ने छन् ।
मैन्युफ्याक्चरिङ, फाइनान्स र लिगल मामिलामा कैट्सलाई जिम्मेवारी दिइएको छ । हर्डलाई भने सेल्स, र्सर्भिस र ग्लोबल बिजनेश युनिको जिम्मा दिइएको छ । एलिसन सफ्टवेयर र हार्डवेयर इन्जिनियरिङको काम हेने छिन् । कैट्स सन् १९९९ मा ओरेकलमा आवद्ध भइकी थिइन् । उपाध्यक्ष पदमा नियुक्त कैट्सले सात महिनामै पदोन्नति पाएर कम्पनीको कार्यकारी उपाध्यक्षको जिम्मेवारी पाएकी हुन् । सन् २००४ मा उनी ओरेकल कर्पोरेशनको अध्यक्ष बनिन् । यो पदमा उनी एक दशकभन्दा बढी समयसम्म रहिन् । कैट्सले ओरेकलको व्यवस्थापन तथा प्रशासन विभागमा महत्वपूण भूमिका निभाइन । सन् माइक्रोसिस्टमका लागि ७.४ बिलियन डलर र पीपल सफ्टको १०.३ बिलियन डलरको अध्रि्रहणको पछाडि सैफराकै श्रम पसिना थियो । सैफरा कैट्सले वार्ट स्कुलबाट स्नातक र युपेनबाट ल को डिग्रि लिएकी हुन् ।- एजेन्सी

प्रतिक्रियाहरु