संसारकै इतिहासमा भ्रष्टाचारीहरुको कम्युनिस्ट सरकार – हस्तबहादुर केसी

२०७६ माघ २६ गते, आईतवार

केपी शर्मा ओलीले नेतृत्व गरेको वर्तमान कम्युनिस्ट भनिएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सरकार संसार इतिहासमा भ्रष्टचारीहरुको सरकार हो । नेपाली जनताले प्रतिपक्षी राजनीतिक पार्टीहरुले, नागरिक समाजले, लेखकर साहित्यकार, पत्रकारले, बुद्धिजीविहरुले, राजनीतिक विश्लेषकहरुले त पहिलेदेखि नै केपी ओलीले नेतृत्व गरेको डब्बल नेकपाको सरकारलाई कम्युनिस्ट संज्ञा दिइएका महाभ्रष्टहरुको सरकार भन्दै आएका थिए । तर, यस सत्यतालाई सत्ता पक्षीयहरुले राजनीतिक पूर्वाग्रही भएर भनिएको हो भन्दै ढाकछोप गर्दै आएका थिए । तर, आज यो कुरा सत्य सावित हुन पुगेको छ । कसरी भने पार्टी एकता भएको २१ महिना पछि बसेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को पहिलो बैठकमा सहभागी भएका बहुमत केन्द्रीय सदस्यहरुले “पार्टी नेतृत्व भित्र भ्रष्टाचार मौलाएर दुबो झै झाङ्गिदै गएर पार्टीलाई बदनाम तुल्याएर जनताका बीचमा अलोकप्रिय बनाइएको भनेर नेताहरुको खुलेर आलोचना मात्रा गरेनन् कि नेताहरुको सम्पत्ति छानबिन गर्न शक्तिशाली आयोग गठन गर्नुपर्ने माग गरे । १४ ग्रुपमा छलफल गराइएकोमा सबै समूहका टोली नेताहरुले नेताहरुको सम्पत्ति छानबिन गर्न एक शक्तिशाली आयोग गठन गर्न माग गरेर । नेताहरु महाभष्ट भएर गन्ध आइसकेको वारेमा सबै जसो केन्द्रीय सदस्यहरुले एउटै स्वरमा आवाज उठाए पछि नेताहरूले केन्द्रीय सदस्यहरुको विरोधको आवाजलाई कुल्चिन नसक्ने ठहरमा पुगेर त्यस बैठकले नेताहरुको सम्पत्ति छानबिन गर्नका लागि पार्टीले पहिले नै गठन गरेकोे अनुशासन आयोगलाई जिम्मा दिने निर्णय गर्न बाध्ये भएको छ । अब भ्रष्ट नेताहरुको ब्यक्तिगत सम्पत्ति कति छ ? घरपरिवारका सदस्यहरुकाा कुन–कुन सदस्यहरुको नाममा नगत र जिन्सी, सुना–चाँदी, घर, महल, जग्गा जमिन र के कति सम्पत्ति थुपारिएको छ ? भन्ने कुरा साँच्चिकै नेताहरुको सम्पत्ति छानबिन गर्न खोजकै रहेछ भने सबै पत्ता लाग्नेछ । कुन कुन नेताहरूको कुन बैंकमा कति पैसा छ ? लकरहरुमा कति सुन–चाँदी छ ? सबै पत्ता लाग्ने छ ।
नेपाली जनताहरुले त कम्युनिस्ट भनाउँदाहरुले जनतालाई ढाँटेर, छलेर, बदमासी गरेर, गद्दारी गरेर देशको सम्पत्ति कुम्ल्याएर जुन अरबपति, खरबपति बनेका छन् । तिनीहरुको सम्पत्ति साँच्चिकै हेर्न चाहेका छन् र कम्युनिस्टका नामका ती कलंकहरुलाई जनताका बीचमा ल्याएर उभ्याएको, उछितो काडेको देख्न भाहन्छन् । किनकि चप्पल लगाएर सामान्य झोला बोगेर राजधानी काठमाडौँलगायत मुलुकका ठूला शहरमा पसेका कम्युनिस्ट भनिएका नेताहरु रातारात लखपति, करोडपति, अरबपति भएको, राजधानी र ठूला शहरहरुमा आलिशान महलहरु ठड्याएको, अथाहमा नाममा घरजग्गा खरिद गरेको जनताले खुलेआम देख्दै आएका छन् ।
जनताले भन्दै आएका छन् । यी नेताहरूले यति छिट्टै रातारात सम्पत्ति कहाँबाट कुम्ल्याएका हुन भेनेर प्रश्न गर्दै, विरोध गर्दै आएका छन् । तर, यी भ्रष्ट नेताहरूले जनताका ती गुनास र विरोधहरुलाई कहिल्यै सुनेनन् । कार्यकर्ताहरुको आवाजलाई कहिल्यै सुनेन् उल्टै विरोध गर्ने, आलोचना गर्ने कार्यकर्ताहरुलाई कार्वाही गर्दै आए, पार्टीबाटै निकाली दिनेसम्मका घृणित र नालायक कार्य गर्दै आए । आपूm सच्चिने रुपान्तरण हुनु त कहाँ हो कहाँ उल्टै पार्टी फुटाउने र पार्टी भित्रका असल, इमानदार कार्यकर्ताहरुलाई लाखा–पाखा लगाउने र आपूm जस्तै भ्रष्टहरुको झुन्डलाई लिएर मोजमस्ती गर्दै आए । तर, आज ऐतिहासिक झापा विद्रोहलाई टेकेर आएका र झापा विद्रोहको ब्याज खाँदै आएका एमालेका भ्रष्ट नेताहरु र महान् दश वर्षे जनयुद्धमाथि चढेर जनयुद्धको ब्याज खाँदै आएका माओवादीका भ्रष्ट नेताहरु आज एउटै कित्तामा सामेल भ्रष्टाचारले कुहिएर डुङडुङती गन्ध आइरहेकाहरुलाई आज आफ्नै पार्टीका कार्यकर्ताहरुले सम्पत्ति छानबिन गरिएको हेर्न पाउँछन् । जस्तो वातावरण बन्न लागेजस्तो छ । राजधानी र ठूला शहरहरुमा आलिशान महल नभएका एमालेका नेताहरु शायदै छैनन् । निजी बोर्डिङ स्कुलहरु, निजी कलेजहरु, निजी अस्पतालहरु सबै एमालेकै नेताहरुले चलाउँदै आएका जनताले घाम जत्तिकै छर्लङ्ग देख्दै र हेर्दै आएका छन् । देश भरमा खोलिएका निजी बाणिज्य बैंकहरु एमालेका नेताहरूले खोल्दै र चलाउँदै आएका छन् । हाइड्रो पावरहरुमा सारा लगानी पनि एमाले र अहिले नयाँ एमाले बनेका पुराना माओवादीका नेताहरुकै शेर लगानी रहेको छ । यति गरेर पनि नपुगेर मरिसकेका आफ्ना नेताहरुका नाममा प्रतिष्ठान, फाउन्डेसन, स्कुल, कलेज र अस्पतालहरु समेत खोलेर पुराना एमाले र नयाँ एमालेका नेताहरुले जनताका छोराछोरीहरुबाट हाकाहाकी दिनदाहाडै करोडौं रकम असुल्ने गरेको कुरा पनि कतैबाट छिपेको छैन ।
पार्टी भित्र पद प्रतिष्ठाको खोजी गर्ने, त्यसका लागि नेता र नेतृत्वको चाकडी, च्याप्लुसी र दलाली गर्ने, नाजायज ढंगले नेतृत्वमा पुग्ने, नेता, मन्त्री, माननीय, सभासद् बन्ने, राजनीतिक नियुक्ति लिने दिने गर्ने, त्यस वाफत लाखौं करोडौं घुस कमिशन दिने लिने र पैसा कमाउने भ¥याङ बनाउने, कार्यमा कम्युनिस्ट पार्टीहरुमा प्रतिस्पर्धा चल्दै आयो । २०४६ सालको परिवर्तन पछि माले एमाले भएपछि २०४८ सालको संसदीय आमनिर्वाचनमा भाग लिएदेखि संसदीय व्यवस्थामा प्रवेश ग¥यो र संसदीय लोभलालचमा फस्दै जाने क्रममा एमाले २०५१ को मध्यावधि चुनावबाट नौ महिने सरकार चलाउने मौका पाएको एमाले २०५२ सालपश्चात् पजेरो संस्कृति र महल संस्कृतिमा प्रवेश ग¥यो । त्यसैबीच एमाले चमाले सरकारको नेतृत्व गर्न पुगेपछि एमाले विविध प्रकारको विकृति र विसंगतिमा जानी–जानी फस्दै गयो र त्यसपछि एमालेका नेताहरूले पूर्वपञ्चेहरु र काँग्रेसका भ्रष्ट नेताहरूलाई पनि उछिन्दै भ्रष्टिकरण फस्दै गयो ।
त्यही सिलसिलामा २०५३ साल असोज ४ गते एमालेले महाकाली सन्धि अनुमोदन गरेर राष्ट्र घातको कलंकको टिका लगाउन पुग्यो । प्रष्टै छ भारतबाट ठूलो गाँठ प्राप्त गरेर नै राष्ट्रघाती महाकाली सन्धिमा हस्ताक्षर गर्न पुगेको घटना आजसम्म पनि ताजै छ । पैसा कै कारणले २०५४ सालमा एमाले फुटेर माले ( एमाले बनेका थिए । दश वर्षे जनयुद्ध गरेर आएका माओवादी (एमाओवादी–माके) हुँदै एमाले भित्र विलय हुने परिघटना पनि जनयुद्धको नेतृत्व गरेर आएको मुख्य नेतृत्व भ्रष्टीकरणमा चुर्लुम्म डुब्न पुगेपछि युद्धकालीन अवस्थामा लुटिएको पैसा र क्यान्टोनमेन्टमा राखिएका माओवादीका जनमुक्ति सेनाको सुविधामाथि गरिएको भ्रष्टाचार र पटक–पटक सरकारमा जाँदै गर्दा, माननीय, सभासद्, मन्त्री बन्दा, राजनीतिक नियुक्ति आदि दिँदैै लिँदै गर्दा, ठेक्का पट्टा, देश–विदेश आदि गर्दै गर्दा र पूर्वपञ्चहरु, काँग्रेस, एमालेहरुको साथ संगत गर्दै गर्दा दश वर्ष जनयुद्ध लडेर आएका, २०६० सालतिर सबै सम्पत्ति पार्टीलाई बुझाएर आएका एमाओवादी–माके हुँदै अकुत सम्पत्ति कमाएर पुस्तौँपुस्तासम्म पुग्ने गरी अकुत सम्पत्ति कमाइसके पछि माओवादी आन्दोलनबाट आएको भ्रष्ट नेताहरुको ठूलै झुन्ड कालो धन सेतो बनाउनका लागि, अवैध धन वैध बनाउनकै लागि एउटा ठूलै हुल एमाले भित्र विलय हुन पुग्यो र आज पुरानो एमाले र नयाँ एमालेको जुन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र जुन आज एउटा भीड जम्मा भएको छ, त्यो नेपाली कम्युनिस्ट आन्दोलनको ७० वर्षको इतिहासमा एउटा कलंकको रुपमा विनालाज श्रम कम्युनिस्टहरुको दुई तिहाइको बहुमतको प्रतिक्रियावादी सरकार चलाउन पुगेको छ । र, आज अति भए पछि भ्रष्टहरुको घैटो फुट्ने अवस्थामा पुगेको छ । यतिले मात्र नपुगेर आज संसदीय दुईवटा संसद, छवटा प्रदेश संसद र करिब ८०० स्थानीय निकायहरुमा बहुमतले कब्जा जमाउन सफल भएको डब्बल नेकपाका जनप्रतिनिधिहरु जनताबाट असुलेको चर्को करमाथि मोजमस्ती गरिरहेका छन् र तिनका अपराधहरुको पोल खोलि दिने गरेकोले सामाजिक सञ्जाल र आमसञ्चार माध्यमलाई लगाम लगाउन कालो कानुन बनाउँदै छन् ।
लेनिनको नेतृत्वमा सन १९१७ मा रुसमा अक्टोबर समाजवादी क्रान्ति सम्पन्न भएपश्चात रुसलगायत पूर्वी युरोपका २० आौ देशहरूमा सोभियत मोडलको समाजवाद लागू गरिएको थियो भने चीन, भियतनाम, उत्तर कोरिया, कम्वोडिया, क्युवालगायतका देशमा क्रान्ति सम्पन्न गरेर कम्युनिस्ट समाज व्यवस्था, समाजवादी व्यवस्था लागू गरिएको थियो र विश्वको आधाभन्दा बढी जनसंख्या कम्युनिस्ट शासन मुनि गोलबद्ध हुन पुगेका थिए । त्यसो भएर पनि ती समाजवादी देशहरुका कम्युनिस्ट पार्टीका नेताहरु नेपालका जस्तो कम्युनिस्ट पार्टीको नामबाट महाभष्ट भए जस्तो नांगे रुपमा भ्रष्ट भइसकेका थिएनन् । रुस, चीन लगायतका देशका नेताहरुमा अवसरवाद घुसे पछि संसारका सबै देशहरूमा प्रतिक्रान्ति भएर पुनः पुँजीवादको स्थापना भएर विश्व समाजवादी शिविर रक्षात्मक अवस्था पुग्न बाध्ये भयो । आजसम्म पनि त्यो अवस्था यथावत छ ।
पूर्वी युरोपको एउटा लामो वर्षसम्म कम्युनिस्ट सरकार चलाएको देश रुमानीयाका राष्ट्रपति चाउ चेस्की भने महा भ्रष्ट भएर देशको आधा जति सम्पत्ति आफ्नो नाममा बनाएका थिए । पछि जनताले आफ्नो नेता महाभ्रष्ट भएको थाह पाए पछि चाउ चेस्की र उनकी श्रीमतीलाई समेत जनताले सडकमा ल्याएर काटी दिएका थिए ।
आज नेपालमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को कुनै विषेश नेता मात्र नभएर पार्टीको मुख्य नेतृत्व नै महाभ्रष्ट हुन पुगेको छ । त्यसैले यसलाई नेपालको मात्र नभनेर संसारका भ्रष्ट कम्युनिस्टको सरकार भनिएको हो । अब रुपान्तरण हुनै नसक्ने र जनताले पत्याउनै नसकिने गरी भ्रष्टीकरणमा डुबिसकेको छ । अन्तिममा भन्नै पर्छ कि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सरकार विश्व कम्युनिस्ट आन्दोलनकै इतिहासमा भ्रष्टसरकार हो भनिरहँदा कोही कसैलाई पनि अन्याय हुने छैन । त्यसैले अब कोही पनि केपी ओली नेतृत्वको वर्तमान सरकार कम्युनिस्ट सरकार होइन, इतिहासमै भ्रष्टहरुको भन्ने कुरामा कतै भ्रम बाँकी नरहोस् भन्ने यो लेखको आशय रहेको छ । आजलाई यत्ति नै बस् ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु