संसद बैठक अबरुद्ध

२०७३ असार १२ गते, आईतवार

काठमाडौ, १२ असार । व्यवस्थापिका–संसदको बैठक नेपलाी कांगे्रसले अवरुद्ध गरेको छ । सरकार गम्भिर नभएको भन्दै कांगे्रसले बैठक अवरुद्ध गरेको हो । बैठकमा कांग्रेसका नेता एवं सांसद अर्जुननरसिंह केसीले भूकम्प पीडितलाई राहतदिने विययमा आफुहरुले उठाएका विषयमा सरकार गम्भिर नभएको बताए । उनले भुकम्प पिडितहरुलाई एकमुष्ट २ लाख रुपियाँ दिनु पर्ने लगायतका माग राखेर तीन दिन संसद अबरोध हुदाँ त्यसलाई सम्बोधन गर्न सरकार तयार नभएर लोकतान्त्रिक अभ्यासको उपहास गरेको आरोप लगाए ।
नेपाली कांग्रेसका प्रमुख सचेतक चिनकाजि श्रेष्ठ र संसद महेश आचार्यले भुकम्प पिडितहरुलाई एकमुष्ट २ लाख रुपियाँ दिने, जोखिममा रहेका बस्तीलाई छिटोभन्दा छिटो स्थानान्तरण गर्ने विषयमा सरकारले प्रतिवद्धता नगरेसम्म संसद चल्न नदिने बताए ।
सभामुख ओनसरी घर्तीले प्रधानमन्त्री केपी शर्मा ओलीलेले संसदमा सम्बेधन गर्ने भएकाले कांग्रेस सांसदहरुलाई पटक–पटक बस्न आग्रह गर्दा पनि नमाने पछी आजै एक घण्टाका लागि बैठक स्थगित गरिएको जानकारी दिइन । यता सरकारले भने समय अभाव भएकोभन्दै सम्बोधनको तयारी नपुगेको बताएको छ । कांग्रेसले छ दिनदेखि सरकारसँग जवाफ मागेपनि सरकार संसद प्रति गम्भीर नभएको हो । सरकारलाई जवाफ दिन सभामुखले रुलिङ गरेको समेत एक हप्ता भएकोछ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु