संसदीय व्यवस्था राजनीति फोहोरी खेल , संसदवादी दल र नेता फोहोरी खेलाडी हुन भन्ने प्रष्टिएको छ : प्रकाण्ड

२०७३ श्रावण ९ गते, आईतवार

काठमाडौं, ९ साउन । नेकपा माअाेवादीका प्रवक्ता प्रकाण्डले संसदीय व्यवस्थाको राजनीति फोहोरी खेल हो र संसदवादी दल एवं त्यसका नेता फोहोरी खेलाडी हुन भन्ने कुराको वास्तविकता फेरी एकपल्ट नेपाली राजनीतिमा प्रष्टिएको ठोकुवा गरेका छन । प्रवक्ता प्रकाण्डले आज एक प्रेस विज्ञाप्ति जारी गर्दै सो ठोकुवा गरेका हुन् । उनले नेपाली जनताको जनयुद्ध, जनआन्दोलन र जनमतको तागत एवं वास्तविकतामा बनेको पहिलो संविधान सभाको हत्या गरी कथित दोश्रो संविधान सभाको नाटकबाट बनाएको संविधानलाई दुनियाँको श्रेष्ठ संविधान, यसले देशमा राजनैतिक स्थायीत्व ल्याउने र देशको समृद्धि एवं विकाश “जादुको छडी”झै हुने भनी कोकोहोलो मच्याउने ठुला संसदवादी दलका नेताहरु संविधान जारी भएको ८-१० महिना पुग्दा नपुग्दै सत्ता, कुर्ची र राज्यको कोषमा व्यक्तिगत एवं पार्टीगत प्रभुत्व जमाउनका निम्ति अहिले संसदमा चलाएको फोहोरी खेलले राष्ट्र र नेपाली जनताको शिर एकचोटी फेरी निहुरिएको र लज्जाबोध भएको बताएका छन ।
यसैगरी प्रवक्ता प्रकाण्डले प्रेस विज्ञाप्ति मार्फत देशको चिकित्सा र शैक्षिक क्षेत्र एकाधिकार एवं दलाल पूँजीपतिको निजी र व्यापारिक विषय बन्न गएको र यसले नेपाली श्रमजीवी जनताको मौलिक एवं आधारभूत अधिकारलाई ठाडै चुनांैति दिइराखेको बताएका छन । त्यतिमात्र होइन नेपाली जनताको स्वास्थ्य र शैक्षिक अधिकारलाई खोस्दै गइराखेको छ । यसको अन्त्य पहिलो आवश्यकता हो । स्वास्थ्य र शिक्षा क्षेत्रलाई नेपाली जनताको मौलिक एवं आधारभूत आवश्यकताको रुपमा राज्यले दायीत्व लिनु यस क्षेत्रका समस्याको पूर्ण सामाधान हो । अहिलेको राज्य र यसका संचालक त यति पाखण्डी भएकी न स्वास्थ्य र शिक्षा सम्बन्धि जननीति बनाउन सक्छन, न त उनको विधमान नीतिलाई एकरुपतामा लागु नै गराउन सक्छन । यो अवस्थाको पनि अन्त्य हुनु पर्छ । चिकित्सा र शैक्षिक क्षेत्रका समस्याको यही थुप्रो कै उपज डा.गोविन्द के.सी.को पटक–पटक र अहिलेको आन्दोलन हो । संघर्षको आमरण अनसन स्वरुपमा उहाँले उठाएका जनपक्षीय मुद्दाको सम्बोधन दतारुकताका साथ गरिनु पर्छ भन्ने हाम्रो पार्टीको धारणा रहेको उनले जारी गरेको बिज्ञाप्तिमा उल्लेख गरिएको छ ।
नेकपा माअाेवादीका प्रवक्ता प्रकाण्डले जारी गरेको प्रेश विज्ञप्तिको पूर्ण बिबरण यस प्रकार रहेको छ – ” देश यति बेला इतिहासकै सर्वाधिक संकटको भूमरीमा फस्दै गइरहेको छ । १० वर्षको महान जनयुद्ध र १९ दिनको ऐतिहासिक जन आन्दोलनबाट राष्ट्र र नेपाली जनताले राखेको मुक्तिको अपेक्षा कथित १२वुँदे सहमति र शान्ति सम्झौंताको आवरणमा देशी विदेशी प्रतिकृयावादीहरुले ध्वंस्त पारे । नेपाली जनताको जनयुद्ध, जनआन्दोलन र जनमतको तागत एवं वास्तविकतामा बनेको पहिलो संविधान सभाको हत्या गरी कथित दोश्रो संविधान सभाको नाटकबाट बनाएको संविधानलाई दुनियाँको श्रेष्ठ संविधान, यसले देशमा राजनैतिक स्थायीत्व ल्याउने र देशको समृद्धि एवं विकाश “जादुको छडी”झै हुने भनी कोकोहोलो मच्याउने ठुला संसदवादी दलका नेताहरु संविधान जारी भएको ८-१० महिना पुग्दा नपुग्दै सत्ता, कुर्ची र राज्यको कोषमा व्यक्तिगत एवं पार्टीगत प्रभुत्व जमाउनका निम्ति अहिले संसदमा चलाएको फोहोरी खेलले राष्ट्र र नेपाली जनताको शिर एकचोटी फेरी निहुरिएको छ । लज्जाबोध भएको छ । यसले “संसदीय व्यवस्थाको राजनीति फोहोरी खेल हो र संसदवादी दल एवं त्यसका नेता फोहोरी खेलाडी हुन” भन्ने कुराको वास्तविकता फेरी एकपल्ट नेपाली राजनीतिमा प्रष्टिएको छ । राष्ट्र माथि भैराखेको घात, जनताको राजनैतिक अधिकार विरुद्धको षड्यन्त्र, अर्थ व्यवस्थामा दलाल, भ्रष्टाचारी, कमिशन खोर, कालोबजारीया, तस्कर, राजश्व छली गर्नेहरुको विगविगी, सामाजिक अराजकता एवं असुरक्षा, दैनिक उपभोग्य वस्तुमा आतंक सृजना गर्ने मूल्यवृद्धि लगायतका यावत समस्याहरु दलाल पूँजीपति वर्ग, त्यसको संसदीय राजनैतिक व्यवस्था र संसदवादी नेताहरुको उपज हो भन्ने कुरा आम नेपाली जनतामा फेरी एकपल्ट पुष्टि भएको छ । देशको वर्तमान चित्रबाट हाम्रो पार्टीले कथित दोश्रो संविधान सभा र त्यसबाट बनेको संविधानले देशमा क्रान्ति होइन प्रतिक्रान्ति, स्वाधिनता होइन डरलाग्दो पराधिनता, स्वाभिमान होइन लज्जास्पद दलाली, विकाश एवं संवृद्धि होइन डरलाग्दो संकट निम्त्याउने छ भन्ने निकालेको निष्कर्ष आज फेरी सत्य सावित भएको छ ।
देशको चिकित्सा र शैक्षिक क्षेत्र एकाधिकार एवं दलाल पूँजीपतिको निजी र व्यापारिक विषय बन्न गएको छ । यसले नेपाली श्रमजीवी जनताको मौलिक एवं आधारभूत अधिकारलाई ठाडै चुनांैति दिइराखेको छ । त्यतिमात्र होइन नेपाली जनताको स्वास्थ्य र शैक्षिक अधिकारलाई खोस्दै गइराखेको छ । यसको अन्त्य पहिलो आवश्यकता हो । स्वास्थ्य र शिक्षा क्षेत्रलाई नेपाली जनताको मौलिक एवं आधारभूत आवश्यकताको रुपमा राज्यले दायीत्व लिनु यस क्षेत्रका समस्याको पूर्ण सामाधान हो । अहिलेको राज्य र यसका संचालक त यति पाखण्डी भएकी न स्वास्थ्य र शिक्षा सम्बन्धि जननीति बनाउन सक्छन, न त उनको विधमान नीतिलाई एकरुपतामा लागु नै गराउन सक्छन । यो अवस्थाको पनि अन्त्य हुनु पर्छ । चिकित्सा र शैक्षिक क्षेत्रका समस्याको यही थुप्रो कै उपज डा.गोविन्द के.सी.को पटक–पटक र अहिलेको आन्दोलन हो । संघर्षको आमरण अनसन स्वरुपमा उहाँले उठाएका जनपक्षीय मुद्दाको सम्बोधन दतारुकताका साथ गरिनु पर्छ भन्ने हाम्रो पार्टीको धारणा रहेको छ ।
क्रान्ति र आन्दोलनको आवरणमा सामन्त तथा दलाल पूँजीवादी तत्वहरुले नयाँ–नयाँ रुपधारण गरी दलाल पूँजीवादी राज्यका कथित राजनैतिक, आर्थिक, संवैधानिक, कुटनैतिक, न्यायीक र प्रशासनीक लगायत निकायका मुठ्ठीभर तत्वहरुको दादागिरी, बलमिचाई र मनपरी महान नेपाली जनता र हाम्रो पार्टीलाई कुनैपनि हालतमा सैह्य हुने छैन । यदि यसलाई राज्यका संचालकहरुले नियन्त्रण गरेन भने हाम्रो पार्टी र नेपाली जनताले संघर्षबाट जन्मेको जनसत्ताद्वारा नियन्त्रण गर्न पहल कदमी लिने कुराको उद्घोष समेत गर्दछौं । ”

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु