संसदवादी दलको तमासा

२०७४ कार्तिक १९ गते, आईतवार

देशको राजनीति दिनप्रतिदिन संकटग्रस्त बन्दै गइरहेको छ । राष्ट्रिय स्वाधीनता खतरामा परेको छ । जनता महँगी, भ्रष्टाचार र अत्याचारमा दिनप्रतिदिन थप पिल्सिँदै गइरहेका छन् । यस्तो अवस्थामा संसदवादी दलहरु आफ्नो लुटको स्वर्ग कायम राख्न निर्वाचनको नाटक गर्दैछन् । उनीहरुलाई थाहा छ कि वर्तमान संकटको निकास निर्वाचन हुनै सक्दैन । यसले त देशमा अझै संकट निम्त्याउँछ र जनता थप प्रताडित हुन्छन् । तर, विदेशी प्रभुको इशारामा चल्ने यी संसद्वादी कठ्पुतलीहरुलाई यस विषयमा रत्तिभर चिन्ता छैन । उनीहरु कसरी आपूm र आफ्नो पार्टीलाई सरकारमा पु¥याउने, देशको ढुकुटी रित्याउने र जनतालाई हरिकङ्गाल बनाउने भन्ने ध्याउन्नमै व्यस्त देखिन्छन् । होइन भने वर्तमान समयमा रचिएको यो निर्वाचनको नाटकको कुनै तुक छैन । आफ्नो स्वार्थको लागि गठबन्धनका नाममा विभिन्न गुट खडा गरेर जनताको स्वतन्त्रत मतदानमा समेत यी नालायक संसद्वादीहरु खेलाबाड गर्दैछन् । अनि यस्तो स्थितिमा देशमा कसरी गणतन्त्र सुनिश्चित हुन सक्छ । के यी दुई–तीन संसद्वादी दलको गुलाम हुन त नेपाली जनता ? यो प्रश्नको जवाफ खोज्ने बेला आएको छ । तसर्थ, अब यी संसद्वादी दलहरुको निर्वाचनको नौटंकीमा नअल्झिई आमनेपाली जनता क्रान्तिको निम्ति तयार रहनुपर्छ । वर्तमान संकटबाट देशलाई पार लगाउन र जनतालाई सार्वभौमिक बनाउन एकीकृत जनक्रान्तिको नारासहित संघर्षमा उत्रिएको नेपाल कम्युनिस्ट पार्टीलाई साथ र सहयोग गर्नुपर्छ । अन्यथा स्थिति भयावह हुन सक्छ । यी संसद्वादी दलले देशलाई नै धराशयी बनाउने दिशातिर मोड्दैछन्, देशै नरहे हाम्रो अस्तित्व कहाँ रहला ? बेलैमा सोचौँ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु