संविधान बनाउने नाममा नाटकः किरण

२०७१ भाद्र ४ गते, बुधबार


काठमाडौ । नेकपा-माओवादीका अध्यक्ष मोहन बैद्य किरणले संविधान बनाउने नाममा दलहरुले संविधानसभा भित्र नाटक गरिरहेको बताएका छन् । क्रान्तिकारी पत्रकार महासंघले भरतपुरमा मंगलबार गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष किरणले आफ्नो पार्टी लगायत अन्य शक्तिहरुलाई समावेश नै नगरी बनाउन लागिएको संविधान जनताको संविधान नहुने दावी गरे । उनले प्रधानमन्त्री शुशिल कोइरालाले आफूहरुको माग अनुसार सर्वपक्षीय गोलमेच सम्मेलन गर्ने बताएपनि अहिले सम्म त्यो गर्ने तर्फ कुनै संकेत नदेखाएको बताए । एक महिनाअघि बसेको पार्टीको केन्द्रीय कमिटिको बैठकले संघर्ष बिना निकास ननिस्कने भएकाले संघर्ष गर्ने मुद्दा अगाढि बढाउन पार्टी लागिपरेको उल्लेख गरे ।किरणले संविधान निर्माणको बेला राष्ट्रिय सहमति नगरी कुनै पनि सन्धी सम्झौता गर्न नहुनेमा जोड दिए ।मोदी भ्रमणको बेला सरकारले ४५ दिन भित्र गर्ने भनिएको ऊर्जा व्यापार सम्झौता र उर्जा विकास सम्झौताको आफ्नो पार्टीले विरोध गर्ने बताए । १० वर्ष सशस्त्र संघर्ष गर्नुको मुख्य कारण नै आफ्नो पार्टीले जन गणतन्त्र सहितको संविधान बनाउन चाहेको स्पष्ट पारे ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु