संविधानसभा त्यागरे जनतामा आउँ :माओवादी

२०७१ माघ ८ गते, बिहीबार

काठमाडौं । नेकपा माओवादीले जनताको संविधानको लागि एमाओवादी लगायतका राजनीतिक पार्टीलाई तत्काल संविधानसभा त्यागेर संघर्षमा उत्रन आग्रह गरेको छ । पछिल्लो राजनीतिक घटनाबारे पार्टीको धारणा सार्वजनिक गर्न पत्रकार सम्मेलनमा गरेर सो धारणा सार्वजनिक गरेको हो । ‘एमाओवादी र अन्य राजनैतिक दलहरु यदि जनताको संविधानकै लागि संघर्षमा उत्रिएका हुनभने तत्कालन संविधानसभा त्यागेर जनतामा फर्किउन भन्ने हाम्रो आग्रह छ’ महासचिव चन्दद्वारा हस्ताक्षतिर विज्ञाप्तीमा भनिएको छ ।
माओवादी र संसदवादी पार्टीहरुको सहमतिमा नयाँ संविधान लेखिनुपर्ने भन्दैअहिलेको संविधानसभालाई भङ्ग गरिनुपर्ने बताएको छ । पार्टी प्रवक्ता
खड्कबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ ले वाचन गरेको प्रेस विज्ञाप्तीमा ‘जनताको संविधान लेख्नका लागि नयाँ सहमति सहितको अधिकार सम्पन्न राष्ट्रिय राजनैतिक सभा गठन गरिनुपर्दछ’ भनिएको छ । पार्टी प्रवक्ता प्रकाण्डले सत्तापक्ष सहमति भत्काउँदै एकलौटी सत्ता कब्जा गर्नेतिर गएर देशलाई द्वन्द्वतिर धकेल्न खोजेको दाबी गर्दै देशलाई बचाउन, सहमतिलाई कार्यान्वयन गराउन र देशलाई निकास दिन सबै नागरिकहरुलाई आन्दोलनमा उत्रन आग्रह समेत गरे । उनले आफूहरुले संविधानसभालाई बहिस्कार गरेको कुरा माघ ८ मा आएर पुष्टि भएको बताए ।

प्रतिक्रियाहरु