संविधानसभा औचित्यहिन, संबिधान नबन्ने निश्चित

२०७१ आश्विन २५ गते, शनिबार


काठमाडौँ । आगामी माघ आठ गते संविधान जारी गर्ने उद्घोष सहित संविधानसभामा उपस्थित भएका दलहरू अन्तत असफल सावित हुने पक्का भएको छ । संविधानसभा यतिबेला दलहरूको आ-आफ्नो माग र स्वार्थ पूरा गर्ने थलो बन्न पुगेको छ । सहमतिमा संविधान बनाउनु भन्दा संविधानमा कसरी आफ्नो दल हावी हुने भन्ने विषयले गर्दा संविधानसभा औचित्यहिन बन्दै गइरहेको छ । काँग्रेस एमालेको मिचाहा प्रवृत्ति र एनेकपा माओवादीको किचलोले संविधानसभा षड्यन्त्रकारीहरूको अखडा बन्न पुगेको छ । हुन त नेकपा-माओवादी सहितको ३३ दलले यो संविधानसभाले जनताको संविधान बनाउन सक्दैन भनेर वहिष्कार नै गरिरहेका छन् । संविधानसभाको अहिलेसम्मको कार्य प्रगति हेर्ने हो भने यसले माघ ८ मा त के कुनै पनि समयमा जनताको संविधान बनाउन नसक्ने ठोकुवा राजनीतिक विश्लेषकहरूले गर्न थालेका छन् । नेकपा-माओवादीले भने जस्तो संविधानसभा भित्र रहेका दलहरूले संविधानसभाको रटान छोडेर राष्ट्रिय गोलमेच सम्मेलन गरी त्यहीबाट तमाम समस्याको समाधान खोजिनु पर्छ । अनि मात्र देशले निकास र जनताले आफ्नो संविधान पाउँछन् भन्ने उनीहरूले विश्लेषण रहेको छ । यसैबीच, संविधानसभाले संविधानका विवादित विषयमा सहमति जुटाउन पुनः एक साताको समय थपिएको छ । संवैधानिक-राजनीतिक संवाद तथा सहमति समितिलाई विवादहरूमा सहमति जुटाउन तेस्रो पटक असोज-३० गतेसम्मको समय थपिएको हो ।यसअघि दोस्रो पटकसम्म थपिएको समयसीमा भित्र पनि राज्य पुनः संरचना तथा राज्यशक्तिको बाँडफाँड, शासकीय स्वरूप र न्याय प्रणाली जस्ता महत्वपूण् विषयमा दलहरूबीच सहमति हुन सकेन । समिति सभापति बाबुराम भट्टर्राईले सहमति हुन नसकेको विषय र सहमति भएका ३० बुँदासहितको प्रतिवेदन संविधानसभालाई बुझाएका छन् । शुक्रबार बसेको संविधानसभाको पूण बैठकले समितिको प्रतिवेदनमाथिको छलफलपछि सहमतिका लागि समय थपेको हो । सभासदहरूले बोलिसकेपछि सभाअध्यक्ष सुवास नेम्वाङले एक साता समय थपिएको घोषणा गरे ।सहमति जुटाउन र नजुटे प्रश्नावली पेस गर्न समितिलाई संविधानसभाले निर्देश गरेको छ । यसअघि असोज २१ भित्र प्रतिवेदन बुझाउने गरी दोस्रो पटक सहमतिका लागि समय थपिएको थियो ।कांग्रेस, एमालेका नेताहरूले सहमतिको नाममा मुलुकलाई बन्धक बनाउन नुहने भन्दै प्रक्रियामा जानुपर्ने माग गरेका थिए ।

प्रतिक्रियाहरु