संविधानसभाको जग हसाइ

२०७० चैत्र २२ गते, शनिबार


काठमाडौँ । लँगडो संविधानसभाले आगामी माघमा संविधान जारी गर्ने कार्यतालिका घोषणा गरेर जग हसाएको छ । प्रत्यक्षतर्फो निर्वाचन भएको पाँचौँ महिना पुग्न लाग्दासमेत संविधानसभाले पूण्ाता पाउन सकेको छैन । नेकपा-माओवादीलगायतले बहिष्कार गरेर निर्वाचन पहिले नै अवैध गरिदिएको यो लँगडो संविधानसभाले जनतासमक्ष भने दिनप्रतिदिन नौटंकी प्रदर्शन गर्ने काम गरिरहेको छ । संविधानसभा जसमा सबै राजनीतिक दल र शक्तिको सहमति र सहभागिता हुनुपथ्र्यो, त्यो हुन सकेन केवल तीन दलका तीन टाउकेको गठजोडले बनेको संविधानसभा आफैँमा र्सवसम्मत र र्सवस्वीकार्य बन्न नसक्ने प्रस्टै छ । देश र जनतालाई झुक्याउन विदेशी शक्तिको इशारामा गरिएको संविधानसभा पाँच महिना पुग्दासमेत पूण् बन्न सकेको छैन । यस्तो अपूण्ा र लँगडो संविधानसभाले बृहत् शान्तिसम्झौता र नेपालको अन्तरिम संविधान उल्लंघन गर्दै जग हसाउने काम गरेको छ । पहिलो त यो संविधानसभालाई आमनेपालीले स्वीकारेका छैनन्, त्यसैले यसको कुनै औचित्य छैन । दोस्रो, यो संविधानसभाले हालसम्म पूण्ाता प्राप्त गर्न सकेको छैन । संविधानसभाले पूण्ाता पाउन तीन चरणका प्रक्रिया पूरा गर्नुपर्छ । तर, यो संविधानसभाले प्रत्यक्षतर्फो निर्वाचन र समानुपातिकतर्फो प्रक्रिया मात्र पूरा गरेको छ । मनोनिततर्फो प्रक्रिया हालसम्म थाती नै छ । त्यसकारण यस्तो लँगडो संविधानसभाले हालसम्म गरेका निर्ण्र्ारू नेपालको अन्तरिम संविधानबमोजिम स्वीकार्य हुन सक्दैन ।
यसैबीचमा संविधानसभाले आगामी माघमा संविधान जारी गर्ने मिति घोषणा गरेको छ । यो संविधानसभाको अर्को जग हसाउने कार्य हो । जुन, संविधानसभालाई आमनेपाली जनताले स्वीकारेका छैनन्, जसले प्रत्यक्षतर्फो निर्वाचन भएको पाँच महिना पुग्दासमेत पूण्ाता पाउन सकेको छैन । त्यस्तो संविधानसभाले गरेको प्रतिबद्धता आजका २१ औँ शताब्दीका सचेत नेपाली नागरिकले पत्याउने कुरै छैन । तीन दल मिलेर राजनीतिक एकाधिकार कायम गरी सरकार र संविधानसभाबाट जनतालाई झुक्याउने र लुट्ने जुन शृंखला विकसित भएको छ । यो ज्यादै निकृष्ट र निर्लज्ज छ । त्यसैले सरकार र संविधानसभाले यस्तो निकृष्ट कार्यहरू गर्न बन्द गर्नुपर्छ । बृहत् शान्तिसम्झौता र अन्तरिम संविधानअनुसार अघि बढ्नुपर्छ । नेपाली जनतालाई थाहा छ कि अहिले सरकार र संविधानसभा के गर्दैछ भनेर । त्यसैले देश र जनतालाई झुक्याउने र दिनप्रतिदिन नौटंकी गरेर जग हसाउने कार्य तुरुन्त बन्द गर्नुपर्छ भन्ने राजनीतिक विश्लेषकहरूको ठम्याई छ । सरकार र संविधानसभाले यदि देश र जनताको लागि कार्य गर्ने र दिगो शान्ति स्थापना गर्ने हो भने एक वर्षभत्र संविधान जारी कार्यतालिका होइन, एक वर्षभत्र बृहत् र्सवपक्षीय एउटा राष्ट्रिय सम्मेलन गरी तमाम समस्याको समाधान खोज्ने कार्यतालिका प्रस्तुत गर्नुपर्छ, जसको अब कुनै विकल्प छैन भन्ने राजनीतिक विश्लेषकहरूको तर्क छ ।

प्रतिक्रियाहरु