‘संघीयता ल्याउनेहरु पछुताउदै छन ‘

२०७५ असार १ गते, शुक्रबार

काठमाडौँ, १ असार । राष्ट्रिय जनमोर्चाका केन्द्रिय अध्यक्ष चित्रबहादुर केसीले संघीयता ल्याउनेहरुलाई अहिले पछुतो लागेको बताउदै विदेशीहरूलाई खुसी पार्न ल्याइएको संघीयता नटिक्ने ठोकुवा गरेका छन । प्रगतिशिल पत्रकार संघ बागलुङले आयोजना गरेको पत्रकार सम्मलेनमा बोल्दै के.सीले सो कुरा बताएका हुन् । नेपाल जस्ताे मुलुकमा जहाँ आर्थिक, भौगोलिक तथा विदेशी चलखेल हुने ठाउँमा संघियता सफल हुन नसक्ने केसीले ठोकुवा गरे । आर्थिक बर्ष ०७५/७६ का लागि सरकारले ल्याएको बजेट समाजवाद उन्मुख नभएको भन्दै कृषि, भुमिसुधार, राष्ट्रिय उद्योग नीति लगायतका नीति नियम राम्रो नभएको बताउनुभयो । चुनावमा प्रतिपर्धा गर्दा उठाएका कुरालाई पनि सरकारले सम्बोधन नगरेको बताउदैँ केसीले गर्न नसक्ने कामको कुरा पनि गर्न नहुने बताएका थिए । अहिलेको सरकार महंगीलाई नियन्त्रण गर्न सफल नभएको भन्दै स्थानीय सरकार सञ्चालन गर्न पनि सरकार सबल नभएको दावी समेत गरेका छन् ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु