संघिय गठबन्धनको बैठक बस्दै

२०७३ फाल्गुन १३ गते, शुक्रबार

काठमाडौ, १३ फागुन । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चासहितको संघिय गठबन्धनको बैठक आज बस्दैछ । सरकारले संविधान संशोधन नगरी निर्वाचनको मिति घोषणा गरेको भन्दै विरोधमा उत्रिएको समय गठबन्धको बैठक बस्न लागेको हो । विभिन्न जातिय दलहरुसमेत आवद्ध गठबन्धनको आज बस्ने बैठकले समेत निर्वाचन अस्वीकार गर्दै आन्दोलनका विषयमा थप निर्णय गर्ने गठबन्धन आवद्ध दल सद्भावना पार्टीका महासचिव मनिषकुमार सुमनले जानकारी दिए । बैठकमा मधेशी मोर्चाले मधेशमा आन्दोलन गरिरहेको र गठबन्धनमार्फत पहाडी जिल्लामा समेत आन्दोलन चर्काउने विषयमा छलफल हुने जनाइएको छ ।
सरकारले संविधान संशोधन विधेयक पारित नगरीकनै आगामी वैशाख ३१ गते स्थानीय तहको निर्वाचन मिति घोषणा गरेपछि विरोधमा उत्रिएको मधेशी मोर्चाले विभिन्न चरणको आनदोलनका कार्यक्रम घोषणा गरिसकेको छ ।

प्रतिक्रियाहरु