‘स्वधिनता सुशासन र मानवअधिकार’ विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न

२०७६ मंसिर २१ गते, शनिबार

काठमाडौँ , २१ मंसिर । अन्तर्राष्ट्रिय मानवअधिकार दिवसको अवसरमा जनअधिकार अभियान नेपालले ‘स्वधिनता सुशासन र मानवअधिकार’ विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । शुक्रबार रास्ट्रिय नाचघर जमल काठमाडौमा भएको सो कार्यक्रममा बिभिन्न बुद्धिजीवी, राजनीतिक कर्मी, मानवअधिकारकर्मी, कानूनबिद्, पत्रकार आदिको बाक्लो उपस्थिति रहेको थियो ।
उक्त कार्यक्रममा बोल्दै वक्ताहरूले भारतले नेपालीभुमि कालापानी, लिम्पियाधुरा र लिपुलेकलाई आफ्नो नक्सामा समावेश गरेकोमा आपत्तिजनाउदै सरकार मौन बसेकोमा तिब्र रोष प्रकट गरे । उनीहरुले नेपालको राजनीतिलाई निकै गम्भीर रुपमा लिइएको साथै सरकार असफलता तीर गइरहेको र सरकारले नेपाल कम्युनिस्ट पार्टीलाई प्रतिबन्ध लगाउँदै अराजनीतिक ब्याबहार गरेकोमा आपत्ति प्रकट गरे । त्यस्तै सरकार र नेकपा वार्तामा आउन सरकारले सहजता अपनाउनु पर्ने साथै बार्ताकालागि अनुकूल वातावरण लागु गर्नु पर्ने वक्ताहरुको भनाई थियो ।
सो कार्यक्रममा पुर्व प्रधानमन्त्री डा बाबुराम भट्टराई , मानवअधिकार अायोगका अध्यक्ष अनुपराज शर्मा, बरिष्ठ अधिवक्ता एकराज भण्डारी, , बरिष्ठ लेखक तथा विश्लेषक नरेन्द्र जंग पीटर, सतारुढ नेकपाका नेता खिमलाल भट्टराई , नेपाली कांग्रेसका नेता रमेश लेखक, अाहुति, ऋषि कट्टेल,गाेपाल किराती र रतन भण्डारीलगायतले आफ्नो धारणा राखेका थिए ।

प्रतिक्रियाहरु