संगीत समारोहमा गोली प्रहार, पाँच जनाको मृत्यु

२०७३ माघ ४ गते, मंगलवार

काठमाडौं, ४ माघ । मेक्सिकोको एक संगीत समारोहमा बन्दुकधारीको आक्रमण वाट पाँच जना मारिएका छन् । मेक्सिकोको किटाना राज्यको प्लाया देलमा संगीत समारोह भइरहँदा अज्ञात बन्दुकधारीले अन्धाधुन्ध गोली प्रहार गरेको बताइएको छ । आक्रमणमा मारिनेमा दुई क्यानेडियन, एक इटली र एक जना कोलोम्बियन नागरिक परेका छन् भने एक महिलाको भागदौडमा क्रममा मृत्यु भएको हो । बन्दुकधारी भने फरार भएका छन् । घटनामा १५ जना घाइते भएका छन् । घटनाको जिम्मेवारी कसैले लिएको छैन । – एजेन्सी

प्रतिक्रियाहरु