षड्यन्त्रमूलक प्रचारको पार्टीसँग सम्बन्ध छैन : प्रकाण्ड

२०७१ मंसिर १८ गते, बिहीबार


काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी माओवादीका प्रबक्ता खड्कबाहदुर विश्वकर्मा ‘प्रकाण्ड’ ले आफ्नो पार्टीसँग जोडि जन आस्था साप्ताहिकमा प्रकाशित समाचारको खण्डन गर्दै षड्यन्त्रमूलक र पार्टीको बद्नाम गर्ने उद्देश्यले उक्त घटनालाई पार्टीसँग जोडिएको बताएका छन् ।
प्रवक्त प्रकाण्डले बुधबार एक विज्ञाप्ती जारी गर्दै उक्त आपत्ति जनाएका हुन । ‘पोखराको मेघा सहकारी र रौंतहडको बैंक लुटपाट घटनासँग हाम्रो पार्टी नेपाल कम्युनिस्ट पार्टी माओवादीको नाम जोडिएको समाचारप्रति हाम्रो गम्भिर ध्यानकर्षण भएको छ । हाम्रो पार्टीसँग सम्बन्धित उक्त
समाचार गलत, तथ्यहिन र षड्यन्त्रमूलक भएकोले पार्टी त्यसलाई खारेज गर्दछ’ प्रकाशित विज्ञाप्तीमा उल्लेख गरिएको छ ।उक्त समाचारको पार्टीसँग कुनै सम्बन्ध नरेहेको जानकारी आम जनसमुदाय र संचारमाध्यलाई जानकारी विज्ञाप्तीमा जनाइएको छ ।

प्रतिक्रियाहरु