श्री एयरलाइन्सको हवाई जहाजमा ‘गम्भीर समस्या’

२०७६ फाल्गुन १० गते, शनिबार

काठमाडौं, १० फागुन । काठमाडौंबाट नेपालगञ्ज जाने तयारीमा रहेको श्री एयरलाइन्सको हवाई जहाजमा ‘गम्भीर समस्या’ आएको भन्दै अन्तिम समयमा उडान रोकिएको छ । आज बिहान साढे आठ बजे नेपालगञ्ज उड्ने तयारीमा रहेको श्री एयरलाइन्सको जहाजमा बसिसकेका यात्रुहरुलाई एयर होस्टेसहरुले हतार–हतार ओरालेका थिए । ‘इन्जिन स्टार्ट गरेर पाइलटले विमानस्थल टावरबाट उड्ने अनुमतिसमेत लिइसकेका थिए । तर, एक्कासी एयर होस्टेजहरुले सिरियस प्रोबलम आयो छिटोछिटो ओर्लिनुस् भनेर हामीलाई ओराले,’ यात्रुले भने । कस्तो खालको प्राविधिक समस्या हो भन्नेबारेमा श्री एयरलाइन्सले जानकारी भने दिइएको छैन । श्री एयरलाइन्सका महाप्रवन्धक अनिल मानन्धरले प्राविधिक समस्या आएर उडान रोकिएको र मर्मतको काम भइरहेको जानकारी दिए । उनले पनि केमा समस्या आएको हो भनेर खुलाउन चाहेनन् ।

प्रतिक्रियाहरु