श्रीलङ्काद्वारा २०० इस्लामिक धर्मगुरुसहित ६ सय विदेशीलाई देश निकाला

२०७६ बैशाख २३ गते, सोमबार

काठमाडौं, २३ बैशाख । आफ्नो देशको शान्ति र सुरक्षामा दखल परेको भन्दै श्रीलङ्काले इस्लामिक धर्मगुरु साथै अन्य विदेशीहरुलाई देश निकाला गरेको छ । केही दिनअघि त्यहाँको गिर्जाघर र विभिन्न होटलमा चरणबद्ध आक्रमण गरी ठुलो सङ्ख्यामा मानिसको ज्यान गएपछि श्रीलङ्का सरकारले यो ‘एक्सन’ लिएको हो । त्यहाँको सरकारले २०० जना इस्लामिक धर्मगुरु र चार सयजना अन्य विदेशी नागरिकलाई देश निकाला गरेको हो ।
विस्फोटपछि गरिएको छानविनमा केही घटनामा संलग्न भएको पाइएको र केही बिदेशीको पासपोर्ट भिसा अपधि समाप्त भएको पाइएपछि उनिहरुलाइ देश निकाल्न बाध्य भएको श्रीलङ्काका गृहमन्त्री बी. अबयवर्दनाले बताएका छन् । उनका अनुसार देश निकाला गरिएकाहरु कुन कुन मुलुकका हुन भन्नेबारे स्पष्ट भने नभएको बताएका छन् । देश निकालाकाको इगो राखेर स्थानीयलाई प्रयोग गरी अझै इस्लामिकहरुले आत्माघाति बम बिस्फोट गराउन सक्ने हुनाले अन्य बिदेहीहरुलाई अझै निगरानिमा राखिएको पनि उनले जानकारी दिएका छन् । दुईसाता अघि त्यहाँका चर्च र होटलहरुमा बम विष्फोट हुँदा दुईसय जनाले ज्यान गुमाएका थिए । त्यस्तै ५ सयभन्दा बढी घाइते छन् । सो विष्फोटको जिम्मा इस्लामिक स्टेट आइएस समूहले लिइ सकेको छ ।

प्रतिक्रियाहरु