‘श्रीमान् मृतक उज्वलकुमार श्रेष्ठको पोस्टमार्टम रिपोर्ट हेर्न पाऊँ’

२०७४ कार्तिक १६ गते, बिहीबार

काठमाडौँ, १६ कात्तिक । नेकपा माओवादी केन्द्रका नेता गोपाल किराँतीले पूर्वसभासद् बालकृष्ण ढुंगलेले हत्या गरेको भनिएका उज्वनकुमार श्रेष्ठको पोस्टमार्टम रिपोर्ट माग गरेका छन् । जनयुद्धकालमा भएको घटनामा माओवादी नेता ढुंगेललाई दोषी ठहर गर्दै सर्वोच्च अदालते सर्वस्वसहित कैदको फैसला गरेको थियो ।
नेता किराँतीले ढुंगेलले हत्या गरिएका भनिएका श्रेष्ठको पोस्र्टमार्टम रिपोर्ट खोजी गर्न माग समेत गरेका छन् ।
किराँतीले जेलमा ढुंगेललाई भेटेपछि सामाजिक संजालमा लेखेका छन्ः सम्मानित सर्वोच्च अदालतका न्यायधीशद्वय तपबहादुर मगर राजेन्द्रप्रसाद कोइरालाले कमरेड बालकृष्ण ढुंगेलविरुद्ध गर्नुभएको फैसलाको प्रतिलिपिउतार पृष्ठ १५ लेखिएको छ, ‘पोस्टमार्टम रिपोर्टबाट मृतक भुवनकुमार भन्ने उज्वलकुमारको मृत्यु कर्तव्यबाट भएको भन्नेमा विवाद भएन ।’
आश्चर्यको कुरा, मृतक भनिएको उज्वलकुमार श्रेष्ठको लास नै फेला परेको छैन । त्यसैले एक जना नागरिकको हैसियतले सम्मानित अदालतबाट उक्त पोस्मार्टम रिपोर्ट हेर्न पाउने अधिकार हुँदा सामाजिक सञ्जालमार्फत श्रीमानसमक्ष यो निवेदन छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु