श्रीमानको अौंला पोलेर खाए पछि

२०७४ पुष १३ गते, बिहीबार

काठमाडौं, १३ पुस । दाङ तुलसीपुर उपमहानगरपालिका वडानम्बर १ भम्के छोटे बस्ने ६४ वर्षीया रिसमी महतराले श्रीमानको हातका अौला पोलेर खाएकी छन् । उनले राति श्रीमान रक्सी खाएर घरमा अाएर कुट्‍न थालेपछि अाफू अावेगमा अाएर अौंला काटेर पोलेर खाएको तुलसीपुर प्रहरीलाई बयन दिएकी छन् ।
श्रीमानको अौंला काटेकी हुन् । बुधबार राति आठ बजेतिर श्रीमान चन्द्रबहादुरको दायाँ हातका चार वटा औंला काटेर पोलेर खाएको उजुरी परेपछि प्रहरीलीले रिसमीलाई पक्राउ गरेको छ । चन्द्रबहादुरलाई बिहीबार बिहान उपचारका लागि तुलसीपुर ल्याइए पनि राप्ती अञ्चल अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारको लागि उनलाई नेपालगञ्ज पठाइएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बुढेसकालमा पनि मदिरा खाएर दिनहुँ यातना दिन थालेपछि रिसको झोकमा अाफूले उक्त कदम चालेको रिसमीले प्रहरीसँग वयन दिएकी छन् । रिसमी चन्द्रबहादुरकी जेठी श्रीमती हुन् । चन्द्रबहादुरले ६ वटी श्रीमती बिहे गरेको तर जेठी श्रीमतीसँग बस्दै आएको स्थानीय बताउँछन् ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु