श्रीमतीले हिंसा गरेको भन्दै प्रहरीमा उजुरी

२०७१ फाल्गुन १८ गते, सोमबार

काठमाडौ, १८ फागुन । श्रीमतीले आफूमाथि हिंसा गरेको भन्दै ताप्लेजुङका रन्तकुमार लिम्बुले जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता गराएका छन् ।जिल्लामै पहिलो पटक पुरुषले घरेलु हिंसाको उजुरी दर्ता गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । केही दिनअघि उजुरी दर्ता भएकाले त्यसबारेमा अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।ताप्लेजुङ नगरपालिकाको वडा नं ६ का ३० बर्षिया हेमकला लिम्बूविरुद्ध श्रीमान् रन्तकुमारले शारीरिक तथा आर्थिक यातना दिएको भन्दै न्यायका लागि प्रहरी गुहारेका छन् । प्रहरीका अनुसार हेमकलाले यसअघि पनि श्रीमानलाई कुटपिट गरेपछि सम्झाई बुझाई घर फर्काएकोमा घटना दोहोरिन थालेपछि उजुरी दर्ता गरिएको हो ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

मुग्लिनमा सडक दुर्घटना : आठ जना घाइते

२०८० चैत्र १५ गते, बिहीबार

१५ किलो चरेस बरामद

२०८० चैत्र १४ गते, बुधबार