श्रीमतीमाथि एसिड प्रहार गर्ने पक्राउ

२०७६ जेष्ठ २ गते, बिहीबार

काठमाडौं, २ जेठ । काठमाडौंको कालोपुलमा बस्दै आएकि एक महिलामाथि उनको आफ्नै श्रीमानले एसिड प्रहार गरेर घाइते बनाएका छन । श्रीमतीको शरीरमा एसिड हालेर फरार भएका काभ्रे धुलेखेलका विष्णु भुजेललाई प्रहरीले हिजो साँझ नै काँडाघारीबाट भाग्दे गरेको अवस्थामा पक्राउ गरी महानगरीय प्रहरी परिसरमा राखेर अनुसन्धान गरिरहेको छ । एसिड प्रहारबाट महिलाको शरीरको अधिकाशं भाग जेलेको छ । उनलाई घटना लगत्तै चाबहिलस्थित ओम अस्पतालमा उपचार गरिएपनि पछि थप उपचारका लागि कीर्तिपुरस्थित् फेक्ट अस्पतालमा सारिएको बताइएको छ ।
महानगरीय प्रहरी परिसरका डिएसपी राजेन्द्र पोखरेलले आफ्नै श्रीमतीमाथि एसिड हाल्न पुगेका भुजेलले घटना स्विकार गरेको बताएका छन । त्यो विषयमा जेनीको भनाई भने अझै आएको छैन । प्रहरीले भने घटना पारिवारी विवादको कारणले भएको भएपनि त्यसका अन्य पक्षहरुलाई अझै सुक्ष्म अनुसन्धान पछि मात्र यथार्थ कारण खुल्ने बताएको छ । प्रहरीले भुजेलमाथी अनुसन्धान गरिरहेको बताएको छ । उनलाई कानुनी प्रकृया अुनसार कारबाही हुने भन्दै डिएसपि पोखरेलले सामाजिक सञ्जालको गलत प्रयोगले सामाजिक विकृतिजन्य घटनाहरु दोहिरीदै गएको भन्दै त्यसमाध्यान दिन आग्रह समेत गरेका छन ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

पेस्तोलसहित एकजना पक्राउ

२०८० चैत्र १६ गते, शुक्रबार

मुग्लिनमा सडक दुर्घटना : आठ जना घाइते

२०८० चैत्र १५ गते, बिहीबार

१५ किलो चरेस बरामद

२०८० चैत्र १४ गते, बुधबार